सामग्रीमा जानुहोस्

आलु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(आलु खेतीबाट अनुप्रेषित)

आलु
Potato cultivars appear in a huge variety of colors, shapes, and sizes
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
S. tuberosum
वैज्ञानिक नाम
Solanum tuberosum
L.
आलु
आलु बारी
आलुको फूल

संस्कृतको बटाटाले आलु जस्तै कन्दमुललाई जनाउने गर्दछ। यहि शव्दबाट स्पेनि भाषाको 'पटाटा' वनेको विश्वाश गरिन्छ। जव स्पेनि नाभिकहरूले दक्षिण अमेरिका(पेरु)मा आलु देखे , त्यसलाई पटाटा भन्न थाले र त्यसैबाट अङ्ग्रेजी शब्द 'पोटाटो' बनेको हो। आलुको वैज्ञानिक नाम 'सोलोनम ट्युवरोसस' हो। हल्याण्डमा 'वेल टेरो' भनिने आलु विश्वकै ठूलो उत्पादक राष्ट्र चीनमा भने 'अर्थ विन' तथा 'ग्राउन्ड नट'ले चिनिन्छ भने फ्रान्समा भने 'पम द तेरे' अर्थात जमीन मुनि फल्ने स्याउको संज्ञा दिने गरिन्छ। गुजराती र मराठी भाषामा संस्कृत कै 'बटाटा' प्रयोग हुन्छ।

समथर मैदानी भूभागदेखि चिसो पहाडसम्म एकछत्र उत्पादन हुन्छ आलु। अफ्रिकादेखि एसिया अनि युरोपदेखि अमेरिकासम्म आलु उत्पादन नहुने कुनै क्षेत्र नै बाँकी छैन। आलुको उत्पत्ति दुई हजार वर्षभन्दा पहिला सर्वप्रथम दक्षिण अमेरिकाको पेरुमा भएको कुरो वैज्ञानिक बताउँछन्। त्यसपछि सत्रौँ शताब्दीमा स्पेनका नाविकले पेरु जितेपछि आलुलाई स्पेनमा ल्याएको देखिन्छ भने सन् १५८०मा कोलम्बसले स्पेनबाट युरोप लगिएको पाइन्छ। युरोपको जर्मनी, अस्ट्रिया, फ्रान्स, पोर्चुगल आदि देशमा फैलिन करिब दुई सय वर्ष लागेको आलुलाई पोर्चुगलीले भारतीय उपमहाद्वीपमा प्रवेश गराएको जानकारी इतिहासमा पाइन्छ। तर हिन्दूको प्राचीन ग्रन्थ वेदमा एवं आयुर्वेदिक ग्रन्थ चरकसंहितामा पनि आलुकै र आलु एउटै देखिएकोले हाम्रो यहाँ आलुको उपस्थिति त्यो भन्दा निकै पहिले नै भइसकेको देखिन्छ।

आलु बहूउपयोगि कन्दमूल मानिन्छ। तरकारीको प्रमुख नै मानिने आलु विश्वभरि सबैभन्दा बढी उपयोग गरिन्छ। आलुलाई सदाबहार तरकारीमै मात्र दर्जा प्राप्त छैन। यसमा विलक्षण औषधिय गुणसमेत छ।

आलु पोषक र बलवर्द्धक खाध्य हो। मध्यम खाले एउटा आलुको डल्लामा ११२ क्यालोरी ऊर्जा हुन्छ। आलुमा २० प्रतिशत स्टार्च, २ प्रतिशत प्रोटिन, १ प्रतिशत खनिज र ८० प्रतिशत पानी हुन्छ। सय ग्राम आलुको खानयोग्य भागमा २२.९ प्रतिशत कार्वोहाइड्रेट, १.६ प्रतिशत प्रोटिन, ७४.७ प्रतिशत पानी, ०.०१ ग्राम बोसो, ०.६ ग्राम मिनरल्स, .०१ प्रतिशत क्याल्सियम, ०.०३ प्रतिशत फस्फोरस पाइन्छ। यस्तै प्रतिसय ग्राम आलुमा भिटामिन 'ए' ४० आई.यू. र फलाम ०.७ मिलिग्राम पाइन्छ।

आलुलाई भिटामिन 'सी'को महत्त्वपूर्ण श्रोत मानिन्छ र आधुनिक पोषण पद्धतिमा भिटामिन 'सी' लाई रोग निरोधक मानिएको छ|।स्पेनका अनुसन्धानकर्ताका अनुसार जो व्यक्तिले दैनिक आलु खान्छन् उनीहरूमा रोगसँग भिड्ने सामथ्र्य बढ्छ। आलुलाई अनाजमा पूरक आहारको स्थान प्राप्त छ। सबै प्रकारको आलु शीतल, मलरोधक, मल तथा मूत्रलाई उत्पन्न गराउने र रक्तपित्त हटाउने मानिन्छ।आलुको बारेमा शोधकर्ता शैला बिंघम, एडिन केसिदी तथा जोन कमिङ्गस नामक तीन पोषणविद्का अनुसार छातीको क्यान्सर रोक्नका लागि आलुको सेवनले फाइदा पुर्‍याएको कुरा आफ्नो अनुसन्धानको तथ्यलाई पुष्टि गर्दै हालैको बि्रटिस जर्नल अफ क्यान्सर नामक शोधमूलक पत्रिकामा प्रकाशित गरेका छन्। पोषणविद्का अनुसन्धान अनुसार मानिसले सेवन गर्ने आलुमा हुने स्टार्चको मात्रा र छाती, आन्द्रा तथा मलाशयमा हुने क्यान्सरको गहिरो सम्बन्ध हुन्छ। वैज्ञानिकका अनुसार आलुको छोक्रा हटाएपछि त्योसँगै केही पोषकतìवसमेत बाहिर गइहाल्छ। आलुलाई उमालेपछि बाँकी रहेको पानीमा भिटामिन रहने भएकाले त्यो पानीलाई फ्याँक्नुको सट्टा तरकारी वा दालमा मिसाएर खानुपर्ने सल्लाह दिन्छन्। 'आलु' शब्दको अर्थलाई नेपाली शब्दसागरमा 'अन्न, तिउन, तरकारी र अचारमा मिलेर वा सट्टामा भोजन बन्ने कन्द विशेष, कासकन्द, कासालु, पेचक' भनेर उल्लेख गरिएको पाइन्छ। नेपालीमा खासै राम्रो अर्थ दिँदैन 'आलु खाने' भन्ने शब्दले। 'आलु खाइस् ' भनेर कसैले भन्यो भने अपमानजनक मानिन्छ। नेपालमा हरेक वर्ष गोबर्द्धन पूजाको दिन आलु कवि महोत्सव मनाइने गरिन्छ। सहभागी कविले आलुका ५ थरिका परिकार खाएर आलुकै बखान स्वरूप कविता वाचन गरेर 'आलु कवि महोत्सव' मनाउँदै आइरहेको धेरै वर्ष भइसकेको छ।

आलु खेतीको लागि निम्नलिखित कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ:

आलु रोप्नको लागि राम्ररी खनजोतका साथै ड्यांग बनाउन अवश्यक हुन्छ।
आलु खेतीको लागि प्रशस्त सिँचाईको आवश्यकता पर्छ।
आलु खेतीको लागि प्रांगारिक मल, कुखुराको मल र रसायनिक मलको आवश्यकता पर्छ।
साधारणतया आलुखेतीमा विषादीको प्रयोग गर्ने गरिन्छ, तर त्यसो गर्नु राम्रो होइन।
आलु खेती नगदेबलीको रूपमा खेती गरिने हुँदा बजार र ढुवानीको पायक पर्ने ठाउँमा खेती गर्नु राम्रो हुन्छ।
आलुको लागि हावा पानी

आलुले आधिक वर्षा खप्न सकदैन किनभने आलु जमीनमुनि उमिर्न तरकारी बाली हो। यदि अधिक वर्षामा आलु उत्पादन गरियो भने आलु कुहिने समस्या हुन्छ। माटोको पिएच मान ५.५-६.५ सम्म भएको राम्रो हो।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

बाह्य सूत्र

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]


"https://ne.wikipedia.org/w/index.php?title=आलु&oldid=1132849" बाट अनुप्रेषित