कञ्चनरूप नगरपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कञ्चनरूप
Kanchan Roop
—  नगरपालिका  —
कञ्चनरूप Nepal-এ অবস্থিত
कञ्चनरूप
कञ्चनरूप
कञ्चनरूप प्रदेश नं. २-এ অবস্থিত
कञ्चनरूप
कञ्चनरूप
नेपालको नक्सामा कञ्चनपुर अवस्थित क्षेत्र
निर्देशाङ्क: २६°३८′उत्तर ८६°५५′पूर्व / २६.६४° उत्तर ८६.९१° पूर्व / 26.64; 86.91निर्देशाङ्क: २६°३८′उत्तर ८६°५५′पूर्व / २६.६४° उत्तर ८६.९१° पूर्व / 26.64; 86.91
देश  नेपाल
प्रदेश प्रदेश नं. २
जिल्ला सप्तरी
नगरपालिका घोषित वि.सं. २०७१ वैशाख २५
सरकार
 - मेयर बसन्त कुमार (नेकपा एमाले)
 - उप-मेयर नीरू पोखरेल (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 - जम्मा १४३.३३ किमी (५५.३ वर्ग मी)
जनसङ्ख्या (वि.सं. २०६८)
 - जम्मा ३५८९८
 जनघनत्व २५०.५/किमी (६४८.७/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड ०३१
वेबसाइट http://www.kanchanrupmun.gov.np/

कञ्चनरूप नेपालको प्रदेश नं. २ अन्तर्गत सप्तरी जिल्लामा रहेको एक नगरपालिका हो ।[१]नेपाल सरकारले वि. सं. २०७१ वैशाख २५ गते ७२ वटा नयाँ नगरपालिका थप गर्दा कञ्चनरूपलाई पनि नगरपालिका घोषित गरेको हो । कञ्चनरूपलाई नगरपालिका घोषित गर्दा सप्तरीका बरमझीया, बदगामा, ठेलिया, जगतपुर, कञ्चनपुर, पिप्रापूर्व, रुपनगर, धरमपुरघोघनपुर गाविसलाई समेटेको छ ।[२][३][४]

नेपालमा वि.सं. २०७३ मा ७५३ स्थानीय तह लागू गर्दा कञ्चनरूप नगरपालिकालाई यथावतै राखेर यसमा वैरवाबकधुवा गाउँ विकास समितिहरूलाई समेटेको हो ।[५] यस नगरपालिकालाई १२ वडामा विभाजन गरिएको छ । यस नगरपालिकाको कूल जनसङ्ख्या ३५,२३८ रहेको छ । यसको क्षेत्रफल ११७.३५ वर्गकिलोमिटर रहेको छ । यस नगरपालिकाको केन्द्र साविकको कञ्चनरूप नगरपालिकाको कार्यालयमा राखिएको छ ।[६]

जनसङ्ख्या[सम्पादन गर्ने]

नेपालको सन् २०११ को जनगणना अनुसार कञ्चनरूप नगरपालिकाको जनसङ्ख्या ३५,२३८ रहेको छ।[७]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "सप्तरी जिल्लाका दुई नयाँ नगरपालिका", अन्तिम पहुँच बैशाख २६,२०७१ 
  2. "७२ नयां नगरपालिकाहरुको नाम, केन्द्र तथा वडा विभाजन", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, २०७२ वैशाख २५, अन्तिम पहुँच २०१७ अक्टोबर २६ 
  3. "नेपाल राजपत्रमा प्रकाशित ७२ नयां नगरपालिकाहरुको नाम, केन्द्र तथा वडा विभाजन", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, २०७२ वैशाख २५, अन्तिम पहुँच २०१७ अक्टोबर २६ 
  4. "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)" (नेपालीमा), अन्तिम पहुँच २०१७-१०-२६ 
  5. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  6. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 
  7. "नेपाल जनगणना २००१", अन्तिम पहुँच सेप्टेम्बर २९,२००७ 

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]