कर्नाटक
कर्नाटक | |
|---|---|
| कर्नाटक राज्य | |
| आदर्श वाक्य: | |
भारतमा कर्नाटकको स्थान | |
| निर्देशाङ्क: १२°५८′N ७७°३०′E / 12.97°N 77.50°E | |
| देश | |
| क्षेत्र | दक्षिण भारत |
| पहिले | मैसुर राज्य |
| स्थापना | १ नोभेम्बर १९५६ |
| राजधानी र सबै भन्दा ठुलो सहर | बेङ्गलुरु |
| सबैभन्दा ठुलो महानगरीय क्षेत्र | बेङ्गलुरु |
| जिल्ला | ३१ (४ विभाजनहरू) |
| सरकार | |
| • अङ्ग | कर्नाटक सरकार |
| विधायिका | द्विसदनात्मक |
| • विधान परिषद् | कर्नाटक विधान परिषद् (|७५ सिट) |
| • विधान सभा | कर्नाटक विधान सभा (२२४ सिट) |
| राष्ट्रिय संसद | भारतीय संसद |
| • राज्य सभा | १२ सिट |
| • लोक सभा | २८ सिट |
| उच्च न्यायालय | कर्नाटक उच्च न्यायालय |
| क्षेत्रफल | |
| • जम्मा | १९१७९१ किमी२ (७४०५१ वर्ग माइल) |
| • क्रम | छैटौँ |
| आयामहरू | |
| • लम्बाइ | ४८९ किलोमिटर (३०४ माइल) |
| • चौडाइ | ७६७ किलोमिटर (४७७ माइल) |
| उच्चतम उचाई | १९२५ मिटर (६३१६ फिट) |
| न्यूनतम उचाई | ० मिटर (० फिट) |
| जनसङ्ख्या (२०११)[४] | |
| • जम्मा | ६११३०७०४ |
| • क्रम | आठौँ |
| • घनत्व | ३२०/किमी२ (८००/वर्ग माइल) |
| • सहरी | ३८.६७% |
| • ग्रामीण | ६१.३३% |
| भाषा | |
| • आधिकारिक | कन्नड[५][६] |
| • आधिकारिक लिपि | कन्नड लिपि [७] |
| समय क्षेत्र | युटिसी+०५:३० (भारतीय मानक समय) |
| मानव विकास सूचकाङ्क (२०२२) | |
| साक्षरता दर | ८२.७%[९] |
कर्नाटक भारतको दक्षिणपश्चिमी क्षेत्रमा अवस्थित एक राज्य हो। राज्य पुनर्गठन ऐन पारित भएपछि यो १ नोभेम्बर १९५६ मा मैसुर राज्यको रूपमा गठन भएको थियो र १९७३ मा यसको नाम कर्नाटक राखिएको थियो। यो राज्य पश्चिममा लक्षद्वीप सागर, उत्तरपश्चिममा गोवा, उत्तरमा महाराष्ट्र, उत्तरपूर्वमा तेलङ्गाना, पूर्वमा आन्ध्र प्रदेश, दक्षिणपूर्वमा तमिलनाडु र दक्षिणपश्चिममा केरलसँग जोडिएको छ। २०११ को जनगणनामा ६,११,३०,७०४ बासिन्दाहरू भएको कर्नाटक जनसङ्ख्याको गणितले आठौँ ठुलो राज्य हो, जसमा ३१ जिल्लाहरू छन्। १५,२५७,००० बासिन्दाहरू भएको, राज्यको राजधानी बेङ्गलोर कर्नाटकको सबैभन्दा ठुलो सहर हो।[१०]
कर्नाटक एक मात्र दक्षिणी राज्य हो जसको चार दक्षिणी भारतीय भगिनी राज्यहरूसँग भूमि सीमा छ। यो राज्यले १९१,७९१ वर्ग किलोमिटर (७४,०५१ वर्ग माइल) क्षेत्रफल ओगटेको छ, वा भारतको कुल भौगोलिक क्षेत्रफलको ५.८३ प्रतिशत हो। यो क्षेत्रफलको गणितले छैटौँ ठुलो भारतीय राज्य हो। भारतको शास्त्रीय भाषाहरू मध्ये एक, कन्नड, राज्यको सबैभन्दा व्यापक रूपमा बोलिने र आधिकारिक भाषा हो। बोलिने अन्य अल्पसङ्ख्यक भाषाहरूमा उर्दु, कोङ्कणी, मराठी, तुलु, तमिल, तेलगु, मलयालम, कोडावा र बेरी समावेश छन्। कर्नाटकमा भारतका केही गाउँहरू पनि छन् जहाँ संस्कृत मुख्यतया बोलिन्छ।[११]
भूगोल
[सम्पादन गर्नुहोस्]राज्यमा तीन प्रमुख भौगोलिक क्षेत्रहरू छन्:
- करावली र तुलुनाडुको तटीय क्षेत्र
- पश्चिमी घाटहरू मिलेर बनेको पहाडी मालेनाडु क्षेत्र
- दक्खिन पठारको मैदानी क्षेत्र मिलेर बनेको बयालुसीम क्षेत्र
कर्नाटकमा चार ऋतुहरू हुन्छन्। जनवरी र फेब्रुअरीमा जाडो पछि मार्च र मे बीचमा गर्मी, जुन र सेप्टेम्बर बीचमा मनसुन ऋतु र अक्टोबरदेखि डिसेम्बरसम्म मनसुनपछिको मौसम हुन्छ।[१२]
कर्नाटक विभिन्न प्रकारका वन्यजन्तुहरूको घर हो। यसमा ३८,७२० वर्ग किलोमिटर (१४,९५० वर्ग माइल) को अभिलेख गरिएको वन क्षेत्र छ जुन राज्यको कुल भौगोलिक क्षेत्रफलको १२.३% हो। यी वनहरूले भारतको २५% हात्ती र १०% बाघ जनसङ्ख्यालाई समर्थन गर्छन्। कर्नाटकका धेरै क्षेत्रहरू अझै अन्वेषण गरिएको छैन, त्यसैले वनस्पति र जीवजन्तुका नयाँ प्रजातिहरू समय समयमा भेटिन्छन्। जैविक विविधताको आकर्षण केन्द्र, पश्चिमी घाटमा कर्नाटकको पश्चिमी क्षेत्र समावेश छ।[१३]
जनसाङ्ख्यिकी
[सम्पादन गर्नुहोस्]भारतको २०११ को जनगणना अनुसार, कर्नाटकको कुल जनसङ्ख्या ६१,०९५,२९७ थियो जसमध्ये ३०,९६६,६५७ (५०.७%) पुरुष र ३०,१२८,६४० (४९.३%) महिला थिए, अर्थात् प्रत्येक ९७३ महिलाको लागि १००० पुरुष थिए। यो २००१ को जनसङ्ख्याको तुलनामा १५.६०% वृद्धि हो। जनसङ्ख्या घनत्व प्रति वर्ग किमी २ मा ३१९ थियो र ३८.६७% मानिसहरू सहरी क्षेत्रमा बसोबास गर्थे। साक्षरता दर ७५.३६% थियो जसमा ८२.४७% पुरुष र ६८.०८% महिला साक्षर थिए।[१४]
कन्नड कर्नाटक राज्यको आधिकारिक भाषा हो, २०११ सम्म यसको जनसङ्ख्याको ६६.४६% को मातृभाषाको रूपमा र यो भारतको शास्त्रीय भाषाहरू मध्ये एक हो। उर्दु दोस्रो ठुलो भाषा हो, जुन जनसङ्ख्याको १०.८३% ले बोल्छ, र तटीय क्षेत्र बाहिरका मुस्लिमहरूको भाषा हो। तेलगु (५.८४%) आन्ध्र प्रदेश र कर्नाटकको सिमानामा रहेका क्षेत्रहरू साथै बेङ्गलोरमा प्रमुख भाषा हो, जबकि तमिल (३.४५%) बेङ्गलोर र कोलार जिल्लाको प्रमुख भाषा हो। मराठी (३.२९%) महाराष्ट्रको सिमानामा रहेका उत्तर कन्नड, बेलगाम र बिदार जिल्लाका क्षेत्रहरूमा केन्द्रित छ। उत्तर कर्नाटकभरि छरिएका लम्बाडीहरूले लम्बाडी बोल्छन्, जबकि बेङ्गलोरमा हिन्दी बोलिन्छ। तुलु (२.६१%), कोङ्कणी (१.२९%), र मलयालम (१.२७%) सबै भाषिक रूपमा विविध तटीय कर्नाटकमा पाइन्छन्।[१५]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Karnataka CM swearing in ceremony live updates: 'In larger interest of party,' says DK Shivakumar on becoming deputy CM and Siddaramaiah as new CM", The Times of India, १८ मे २०२३, मूलबाट १८ मे २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ मे २०२३।
- ↑ "Protected Areas of India: State-wise break up of Wildlife Sanctuaries", Wildlife Institute of India, Government of India, मूलबाट २४ अक्टोबर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ अगस्ट २०१६।
- ↑ "Udupi-Chikmagalur: A constituency that's beset by problems", The Hindu (en-INमा), १८ मार्च २०१४, आइएसएसएन 0971-751X, मूलबाट २४ मार्च २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ मार्च २०२३।
- ↑ "Figures at a glance", 2011 Provisional census data, Ministry of Home Affairs, Government of India, मूलबाट २४ अक्टोबर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ सेप्टेम्बर २०११।
- ↑ 50th Report of the Commission for Linguistic Minorities in India, National Commissioner Linguistic Minorities, पृ: १२३, मूलबाट ८ जुलाई २०१६-मा सङ्ग्रहित।
- ↑ "THE KARNATAKA OFFICIAL LANGUAGE ACT, 1963", मूलबाट १५ जनवरी २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ सेप्टेम्बर २०२२।
- ↑ "MOSPI State Domestic Product, Ministry of Statistics and Programme Implementation, Government of India", १५ मार्च २०२१, अन्तिम पहुँच २८ मार्च २०२१।
- ↑ "India: Subnational HDI", Global Data Labs, अन्तिम पहुँच ८ जुन २०२५।
- ↑ "Appendix-A: Detailed tables, Table (7): Literacy rate (in per cent) of persons of different age groups for each State/UT (persons, age-group (years): 7 & above, rural+urban (column 6))", Annual Report, Periodic Labour Force Survey (PLFS) (July 2023 – June 2024), National Sample Survey Office, Ministry of Statistics and Programme Implementation, Government of India, २३ सेप्टेम्बर २०२४, पृ: A–10।
- ↑ "Population"।
- ↑ "Seven Indian villages where people speak in Sanskrit", २४ सेप्टेम्बर २०१७, मूलबाट ७ अप्रिल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ अप्रिल २०१९।
- ↑ "Rainfall Statistics of Karnataka 2014", Directorate of Economics and Statistics, Karnataka, मूलबाट ११ मार्च २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ फेब्रुअरी २०१९। वेब्याक मेसिन अभिलेखिकरण ११ मार्च २०१७ मिति
- ↑ "Seville 5, Internal Meeting of Expects, Proceedings, Pamplona, Spain, 23–27 October 2000", UNESCO, मूलबाट ९ जुन २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच १ नोभेम्बर २००७।
- ↑ "Karnataka Population Sex Ratio in Karnataka Literacy rate data", मूलबाट ७ अगस्ट २०१३-मा सङ्ग्रहित।
- ↑ "Declaration of Telugu and Kannada as classical languages", Press Information Bureau, Ministry of Tourism and Culture, Government of India, मूलबाट १६ डिसेम्बर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ अक्टोबर २००८।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- आधिकारिक वेबसाइट

- आधिकारिक पर्यटन स्थल वेब्याक मेसिन अभिलेखिकरण २५ जनवरी २०२२ मिति
- सामान्य जानकारी
- कर्नाटक कोलोराडो विश्वविद्यालय मार्फत गोभपब्सद्वारा प्रदान गरिएको वेब संसाधन
- कर्नाटक इन्साइक्लोपिडिया ब्रिटानिकामा
- विकिमिडिया मानचित्रावलीमा कर्नाटक
यस पृष्ठ सम्बन्धित भौगोलिक तथ्याङ्क कर्नाटक ओपन स्ट्रिट नक्सामा रहेको छ।