सामग्रीमा जानुहोस्

धुलिखेल नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(धुलीखेलबाट अनुप्रेषित)
धुलिखेल
/सदरमुकाम
धुलिखेलको दृश्य
धुलिखेलको दृश्य
देश नेपाल
अञ्चलबागमती
जिल्लाकाभ्रेपलाञ्चोक
सरकार
  नगरप्रमुखअशोककुमार ब्याञ्जु श्रेष्ठ (नेकपा (एमाले))
  उपप्रमुखनिराजन जङ्गम (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा५५ किमी (२१ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३३,७२६
  घनत्व६१०/किमी (१६००/वर्ग माइल)
क्षेत्रीय सङ्केत०११
वेबसाइटdhulikhelmun.gov.np

धुलिखेल नगरपालिका (नेपालभाषामा : धौख्यः) नेपालको बागमती प्रदेशको काभ्रेपलान्चोक जिल्ला जिल्लामा अवस्थित छ। धुलीखेल काभ्रेपलान्चोक जिल्लाको सदरमुकाम पनि हो। करीव १६२५ मिटर (५३३० फिट)को उचाइमा अवस्थित धुलिखेल नगरी हरियालीले ढाकिएका होचा अग्ला पहाडहरू र ती भन्दा पर सेता हिउँले सजिएका पर्वतमालाको पृष्ठभूमि पारेर पानपाते आकारमा बसेको छ । हिमाली चुचुरा र सूर्‍योदयको बिहङ्गम द्रश्य आदिले पर्यटकहरूलाई मात्र नभै नेपालीहरू समेत लोभिएको कुरा हिउँदमा स्थानीय टुँडिखेलमा हुने बनभोजहरूको घुइँचो, होटलमा रात बिताउन आउने रसिकहरूको लामो लाईन, र पर्यटकहरूको बिहान ३ बजेदेखि नै भेला हुने बातावरणले नै बताउँछ ।[] २०७३ फागुन २७ मा, साविकको धुलिखेल नगरपालिकामा साविकका पात्लेखेत, शङ्खुपाटीचौर (१-३, ५-९), शारदा बतासे (१,२,५, ६-८), रविओपी (१-५) र देवीटार (१-३, ६-९) गाविसहरू गाभ्दै यस नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार धुलिखेल नगरपालिकाको कुल जनसङ्ख्या ३३,७२६ रहेको छ भने यहाँ ८,५७० घरधुरी रहेका छन्।[]

यस नगपालिकामा २५.६३% तामाङ जाति, २४.०४%पहाडी ब्राह्मण, १८.२४% नेवार जाति र १५.४४% क्षेत्री समुदायहरु रहेका छन। साथै प्रथम भाषा (मातृभाषा) बोलिनेमा नेपाली ५८.५७%, तामाङ २४.०८% र नेपालभाषा १४.४८% रहेका छन्।

वडागत विभाजन र जनसङ्ख्या

[सम्पादन गर्नुहोस्]

नेपालको बाह्रौँ राष्ट्रिय जनगणना, २०७८ अनुसार धुलिखेल नगरपालिकाको कुल जनसङ्ख्या ३३,७२६ रहेको छ। यस नगरपालिकालाई १२ वटा वडाहरूमा विभाजन गरिएको छ। नगरपालिकाको वडागत विवरण, क्षेत्रफल र जनघनत्वको विस्तृत तथ्याङ्क तलको तालिकामा दिइएको छ:

धुलिखेल नगरपालिकाको वडागत विभाजन, जनसङ्ख्या र जनघनत्व (२०७८)
वडा नं.समावेश साविकका वडाहरू/गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
देवीटार (१-३, ६-९)१,९८२६.१३३२३.३३
रविओपी (१-५)२,३३५८.५१२७४.३८
धुलिखेल (६)२,३३६२.७४८५२.५५
धुलिखेल (७)५,८३९१.५५३,७६७.१०
धुलिखेल (८-९)२,९९७०.६७४,४७३.१३
धुलिखेल (४-५)२,१२५१.०१२,१०३.९६
धुलिखेल (२-३)२,८८९१.९८१,४५९.०९
धुलिखेल (१-१३)३,१२३८.६४३६१.४६
धुलिखेल (१०-१२)२,८९८४.९३५८७.८३
१०शारदा बतासे (१, २, ५, ६-८)१,४१९२.९८४७६.१७
११पात्लेखेत३,४०७१०.१२३३६.६६
१२शङ्खुपाटीचौर (१-३, ५-९)२,३७६५.३५४४४.११
जम्मा३३,७२६५४.६१६१८.६८

ऐतिहासिक पृष्ठभूमि

[सम्पादन गर्नुहोस्]

वि.सं. २०२२ तिर जिल्ला सदरमुकामको रूपमा चिनिन थालेको धुलिखेल, नेपालको इतिहासमा समेत स्पष्ट रूपमा उल्लेख भएको कुरा ऐतिहासिक पृष्ठभूमिमा नै उल्लेख भइसकेको छ। वि.सं. १८२० कार्तिक १० गतेका दिन पृथ्वीनारायण शाहको फौजसँग पराजित धुलीखेलमा ५० घरपरिवार मात्र बाँकी रहेका थिए।[]

प्राकृतिक सौन्दर्य, होचा-होचा हरिया पाटनहरूले (घाँसे मैदान) भरिएको, स्वस्थ्यकर जलवायु भएको धुलिखेलको नामाकरण कसरी रहन गयो भन्ने सन्दर्भमा केही किम्बदन्तीहरू छन् । धौ - नेवारी भाषामा दहि भएको हुनाले राम्रो दहि पाउने ठाउको रूपमा चिनिन्थ्यो | यहाँ बाघ लाग्ने घना जंगल थियो । त्यसै जंगलका बाघहरू खेल्ने डुल्ने ठाउँ भएकोले "धुंखेल" भनिन्थयो। यसैगरी अर्को थरीको भनाइ अनुसार अघिका यी बन्य सम्पदा मासेर मानिसहरूले बस्ती बसाल्दै लगेपछि उजाडिएका डाँडाकाडाँमा हुरी बतासले गर्दा धुलैधुलो उड्ने भएकोले यसको नाम धुलिखेल रहन गएको हो ।

पर्यटकीय महत्त्व

[सम्पादन गर्नुहोस्]

काठमाडौँ-तातोपानी (चिन सिमाना) पुग्ने अरनिको राजमार्गको ३० कि.मि. (नौ कोस) मा अवस्थित धुलिखेल यातायातको दृष्टिले सुविधायक्त, मानिन्छ । यहाँ आवागमनको निम्ति बस, ट्याक्सी आदि सुविधा सदैव प्राप्य छ ।

यहाँबाट गगनचुम्बी हिमालहरूमध्ये मनास्लू, लमजुङ्ग, गणेश हिमाल, गौरीशंकर हिमाल, लामटाङ, रोल्वालिङ, महालंगूरकुम्भकर्ण हिमालयहरू देखिन्छन् । यसका अतिरिक्त अग्ला चुचुरा चढ्ने पर्वतारोहीहरूले मात्र साधारणतया: देख्न पाउने हिमनदी धुलिखेलको देवीस्थान डाँडाबाट सजिलै देख्न पाउने भएकोले पनि यो ठाउँ आकर्षणको केन्द्रबिन्दू बन्दै गएको छ। उपत्यकाको पूर्वमा रहेको नेवार बस्ती भएता पनि काठमाडौँ र पाटनका नेवारहरूको भन्दा यहाँका नेवारहरूको संस्कृति र रीतिरिवाज धेरै अर्थमा बेग्लै र आफ्नै ढंगको छ ।

यहाँका बासिन्दाहरूको मुख्य ब्यवसाय कृषि र व्यापार हो। कूल जनसङ्ख्याको ५३१ घरधुरीले वयापार र ५२८ घरधुरीले कृषि पेशा अपनाएको तथ्य २०५२ सालमा लिइएको बस्तीस्तरीय सर्भेक्षणबाट प्राप्त भएको छ। यहाँका पुरुषहरूले ब्यवसायमा लागेको पाइन्छ । यहाँ एउटा भनाइ मान्नुपर्छ - यहाँका नेवारहरू ब्यापार गर्न पूर्व लाग्छन् पश्चिम जाँदैनन् भन्ने जनसाधारणको भनाइ छ । हुन त यथार्थमा धुलिखेल ब्यापारीहरू पूर्वमा इलाम, दार्जीलिङ्ग, सिक्किम र भुटानसम्म पुगेको पाइन्छ ।

धुलिखेल, काभ्रेपलाञ्चोक जिल्लाको जिल्ला सदरमुकाम भएकले जिल्लास्तरीय सरकारी तथा गौरसरकारी कार्यालयहरू यहीं छन्। यहाँ ३ मा.वि.मा १०‍‌‌ + २ को कक्षा सञ्चालन भैसकेको छ भने निजी क्षत्रमा अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्न सफल काठमाडौँ विश्वविद्यालय रहेको छ ।स्थानीय बासिन्दाको पहलमा स्थापित देशकै पहिलो नमूना सामुदायिक अस्पताल - धुलिखेल अस्पतालले शिक्षा र स्वास्थ्यको क्षेत्र प्रदान गर्दै आएका छन् | स्थानीय चिकित्सक डा. राम कण्ठ माकजु र उनकै सहयोगी डा. राजेन्द्र कोजु को नेतृत्व बाट धुलिखेल अस्पताल देशमै गुणस्तरीय अस्पताल को रूपमा चिनिन्छ | प्राथमिक शिक्षा तालीम केन्द्र पनि रहेको छ | यहाँ रहेको नापी तालीम केन्द्र, धुलिखेलले प्राविधिक शीप प्रवर्द्धन गर्दौ आएको छ । गणेश, सरस्वती, वाराही, गीता, मन्दिर, गोखुरेश्वर महादेव, भैखण्डा मन्दिर र भगवतीको मन्दिर प्रसिद्ध छन् । दक्षिण पूर्व स्थित मन्दिर पनि रहेको छ ।

नेपालको बि.स.२०६८ को जनगणना अनुसार धुलिखेल नगरपालिकाको जनसङ्ख्या १४,२६८ छ ।[] यस मध्ये पुरुष ५०%, र महिला ५०% छन् । २०७४ बैसाग ३१ गते सम्पन्न निर्वाचन द्वारा निर्वाचित अशोक ब्यान्जु प्रमुख धुलिखेल न्नगर पालिका बिमल सर्मा उप प्रमुख धुलिखेल नगर पालिका

चित्रदिर्घा

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. 1 2 "जिल्ला झलक", ddckavre.gov.np, अन्तिम पहुँच मे ७, २०११ अभिलेखिकरण २०११-११-२४ वेब्याक मेसिन
  4. "नेपाल जनगणना २००१", अन्तिम पहुँच सेप्टेम्बर २८, २००७ अभिलेखिकरण २००७-०७-०८ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]