फुङ्लिङ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(फुङ्गलिङ बाट पठाईएको)
Jump to navigation Jump to search

फुङलिङ भन्नाले लिम्बु भाषामा "फूलैफूलको ठाउँ" भन्ने बुझिन्छ। यो ठाउँ ताप्लेजुङ जिल्लाको सदरमुकाम पनि हो। करिब १८२४ मिटर (५९८४ फीट)को उचाईमा अवस्थित उपयुक्त हावापानी तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण पहाडी बजार उत्तिस, सल्लागुराँसको जंगलले ढाकिएको छ। डाँडामा अवस्थित पाथीभरा देवीले सदा फुङलिङ बजारको रक्षक बनी पहरा दिई रहेकी छिन्। करिब २ किलोमिटर लामो फुङलिङ बजार हिमाली दुर्गम सदरमुकाम भए पनि यहाँ फेन्सी मालसमान पाइने गर्छ। यहाँ तिव्वती क्षेत्रबाट आयात गरिएका धुलो दुध, सावरको जुत्ता, गलैंचा जस्ता गुणस्तरीय सामानहरू पाइन्छन्। नेपाल सरकारका जिल्ला स्तरीय कार्यालयहरूको लागि विशेष स्थान नछुट्याइएकाले यस बजारको एक कुनाबाट अर्को कुना सम्म सरकारी कार्यालयहरू भेटिन्छन्।

जिल्लाको प्रमुख व्यापारिक केन्द्रको रूपमा मानिने फुङ्लिङ बजारमा बाटोका दुवै तिर घरहरू छन। दोखु गाविस र फुङ्लिङ गाविसको सिमानामा पर्ने तोक्मे डाँडामा शनिबार र मंगलबार बजार लाग्ने गर्छ। पाथीभरा देवी मन्दिरको यात्रा र दर्शनका लागि आवश्यक सामग्रीहरू यहींबाट खरीद बिक्री गरिन्छ।

हावापानी ठण्डा हुनेभएकोले यहाँको बजारमा राँगा, खसी, कुखुरा र बंगुरको मासु र जाँड, रक्सी बढी मात्रामा बिक्री हुन्छ। फुङ्लिङ बजारमा तोङवा प्रचलन धेरै लोकप्रीय छ।

सुविधाहरू : होटल, लज, रेष्‍टुरेन्ट, सञ्चार (फोन, फ्याक्स, ईमेल, ईन्टरनेट)

चिनो : छुर्पी, अलैंची, गलैंचा, ढाका कपडा, जडीबुटी आदि

मुख्य परिकार : तोङवासुकुटी


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]