मायादेवी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मायादेवी
सिसहानिया कोट, कपिलवस्तु
सिसहानिया कोट, कपिलवस्तु
देश नेपाल
प्रदेशप्रदेश नं. ५
जिल्लाकपिलवस्तु जिल्ला
वडा संख्या
स्थापना२०७३ फल्गुण २२
सरकार
 • प्रकारस्थानीय तह
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षबजरंगी प्रसाद कुर्मी (फोरम)
 • उपाध्यक्षगिता तिवारी (नयाँ शक्ति पार्टी, नेपाल)
क्षेत्रफल
 • जम्मा८८.५३ किमी (३४.१८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४८,२१८
 • घनत्व५४०/किमी (१४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७६
केन्द्रसाविक पकडी गाविसको कार्यालय
वेबसाइटwww.mayadevimunkapilvastu.gov.np

मायादेवी नेपालको प्रदेश नं. ५ को कपिलवस्तु जिल्लाबाट पूर्व दिशाको १० कि.मी. दुरीमा पर्ने एक गाउँपालिका हो। मायादेवी गाउँपालिका सङ्घीय शासन प्रणाली अनुसार विक्रम सम्वत् २०७३ फल्गुण २२ मा गठन भएको हो। मायादेवी गाउँपालिकाको पश्चिम दिशामा यशोधरा गाउँपालिकाकपिलवस्तु नगरपालिका पर्दछन। गाउँपालिकाको पूर्वमा शुद्धोधन गाउँपालिका पर्दछ। मायादेवीको दक्षिण भागमा उत्तर प्रदेश भारतको अलिगढवा पर्दछ भने उत्तर दिशामा बाणगंगा नगरपालिका रहेको छ।[१]

मायादेवी गाउँपालिका साविकका ८ गाविसहरू क्रमश: फुलिका, अभिरावा, पकडी, डुमरा, बलुहवा, हरनामपुर पिपराविजुवा लाई समावेश गरेर घोषणा गरिएको हो। कुल ८८.५४ वर्ग कि.मी. क्षेत्रफल रहेको मायादेवी गाउँपालिकाको केन्द्र साविक पकडी गाविसको कार्यालयमा रहेको छ।[२]

रानी मायादेवीले गौतम बुद्ध भगवानलाई लुम्वीनीमा जन्म दिनुभएकोले गाउँपालिकाको मायादेवी नाम राखिएको स्थानीयहरूको मान्यता छ। मायादेवी गाउँपालिकाको वडा नं. ७ मा पुरातात्विक महत्त्वको करमहवामाकोट छ। त्यस्तै मायादेवी गाउँपालिकाको वडा नं. ५ मा ऐतिहासिक तथा धार्मिक सिसहनियाकोट रहेको छ। गाउँपालिकामा उर्दु भाषाको महिला कलेज रहेको छ। उत्पादनको हिसावले व्यवसायिक बाख्रापालन, गाईपालन, माछापालन तथा गहुँधान जस्ता उत्पादनमा गाउँपालिका पहिलो स्थानमा छ। मायादेवी गाउँपालिकाको उत्पादनले मात्र जिल्लालाई धान्न सक्ने उत्पादनहरू उब्जाउने खुबी राख्दछ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्‍त्रालय, अन्तिम पहुँच १७ अप्रिल २०२० 
  2. "मायादेवी गाउँपालिका", गाउँ कार्यपालिकाको कार्यालय, अन्तिम पहुँच १७ अप्रिल २०२० 
  3. "सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्‍त्रालय", अन्तिम पहुँच १७ अप्रिल २०२० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]