वसन्तबहादुर कुँवर
बसन्त बहादुर कुँवर | |
---|---|
30th प्रहरी महानिरीक्षक | |
पद बहाली 24 March 2023 | |
राष्ट्रपति | रामचन्द्र पौडेल |
प्रधानमन्त्री | पुष्पकमल दाहाल |
उपराष्ट्रपति | राम सहाय यादव |
व्यक्तिगत विवरण | |
जन्म | 28 March 1970 Arghakhanchi,Nepal |
मातृ शिक्षाप्रतिष्ठान | त्रिभुवन विश्वविद्यालय |
बसन्त बहादुर कुँवर (जन्म २८ मार्च १९७०) नेपाल प्रहरीका महानिरीक्षक ( आईजीपी ) हुन्। उनिलाई नेपाल सरकारले २०७९ चैत १० मा नेपाल प्रहरीको शीर्ष पदमा नियुक्त गरेको थियो। [१][२][३]
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर नेपाल प्रहरीको ३०औं प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ चैत १० गतेको निर्णयअनुसार उहाँ नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति हुनुभएको हो ।
प्रहरी सेवा
[सम्पादन गर्नुहोस्]प्रहरी महानिरीक्षक कुँवरले वि.सं. २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रारम्भ गर्नुभएको हो ।
- प्रहरी नायव उपरीक्षक: २०६३ भदौ ८
- प्रहरी उपरीक्षक : २०७१ फागुन १०
- प्रहरी वरिष्ठ उपरीक्षक: २०७५ फागुन ६
- प्रहरी नायब महानिरीक्षक (मधेश प्रदेश प्रहरी कार्यालय/ नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग): २०७९ असार १७
- प्रहरी अतिरिक्त महानिरीक्षक: २०७९ चैत ६
त्रिभुवन विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर शैक्षिक योग्यता हासिल गर्नुभएका प्रहरी महानिरीक्षक कुँवरले अन्तर प्रदेश प्रहरी कार्यदक्षता मुल्याङ्कन २०७३ तर्फ सर्वोत्कृष्ट हुन सफल भई पुलिस व्याटन प्राप्त गर्नुभएको थियो ।
पदक
[सम्पादन गर्नुहोस्]उहाँ प्रहरी सेवाको क्रममा
- सुप्रबल जनसेवा श्री,
- गोरखा दक्षिणबाहु चौथो,
- संयुक्त राष्ट्र संघ पदक,
- गद्दी आरोहण रजत पदक,
- वीरेन्द्र ऐश्वर्य सेवा पदक,
- दैवीप्रकोप पीडितोद्वार पदकलगायतका विभूषणबाट विभूषित हुनुहुन्छ ।
तालिम
[सम्पादन गर्नुहोस्]साथै उनले प्रहरी निरीक्षक आधारभूत तालिम,
- मानव अधिकार प्रशिक्षक प्रशिक्षण तालिम,
- विशिष्ट व्यक्तिको सुरक्षा तालिम,
- अपराध अनुसन्धान तालिम,
- प्रशिक्षक प्रशिक्षण तालिम,
- ईन्भेस्टिगेटिभ ईन्टरभ्यु ट्रेनिङ कोर्ष,
- जमीनमुनीको विष्फोटक पदार्थ र अन्य विष्फोटन सामग्रीको सामान्य जानकारी,
- कोर्ष अन ह्युमेनराइट्स एण्ड ल इन्फोर्समेन्ट,
- स्थानीय संस्थाहरूको लागि क्षमता निर्माण, अपराधिक अनुसन्धान विधि तालिम,
- ट्रेनिङ अफ ट्रेनर्स अन प्रिभेन्सन अफ जेण्डर बेस्ड भ्वायलेन्स एण्ड एचआईभि एड्स,
- प्रजातान्त्रिक प्रहरी र मानवाधिकार तालिम,
- महिला तथा बालबालिकासम्बन्धी अपराध अनुसन्धान माष्टर प्रशिक्षक प्रशिक्षण तालिम,
- करप्सन एण्ड फाईनान्सियल ईन्भेष्टिगेसन मेथोडोलोजी ट्रेनिङ वर्कसप फर सिआईएए नेपाल,
- अपराध व्यवस्थापन कोर्ष,
- द्वन्द्व व्यवस्थापन तालिम र
- रेजनल सिनियर मिसन लिडर्स कोर्सलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम गरेका छन् । ।
प्रारम्भिक र नीजि जीवन
[सम्पादन गर्नुहोस्]अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ९ तुम्कोटमा भिम बहादुर कुँवर र नम कुमारी कुँवरको कोखबाट वि.सं. २०२६ चैत १५ गते जन्मनु भएका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरका श्रीमती लक्ष्मी पाराजुली कुँवर र २ छोरा हुनुहुन्छ ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Republica, "Basanta Bahadur Kunwar is new IG of Nepal Police", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०३-२५। वेब्याक मेसिन अभिलेखिकरण २०२३-०३-२५ मिति
- ↑ "प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर दर्ज्यानी चिन्हबाट सुशोभित", नेपाल प्रहरी, २०७९-१२-१२।
- ↑ "प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर दर्ज्यानी चिन्हबाट सुशोभित", नेपाल प्रहरी, नेपाल प्रहरी, २०७९-१२-१२।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- बायोग्राफी (नेपाल प्रहरीको आधिकारिक वेबसाइट) वेब्याक मेसिन अभिलेखिकरण २०२०-०५-१३ मिति