सामग्रीमा जानुहोस्

शुक्लागण्डकी नगरपालिका

शुक्लागण्डकी नगरपालिका
शुक्लागण्डकी नगरपालिका तनहुँ जिल्ला-को अवस्थिति
शुक्लागण्डकी नगरपालिका
शुक्लागण्डकी नगरपालिका गण्डकी प्रदेश-को अवस्थिति
शुक्लागण्डकी नगरपालिका
शुक्लागण्डकी नगरपालिका नेपाल-को अवस्थिति
शुक्लागण्डकी नगरपालिका
निर्देशाङ्क: २७°५४′१३″ उत्तर ८४°३२′२४″ पूर्व / २७.९०३७° उत्तर ८४.५३९९° पूर्व / 27.9037; 84.5399
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लातनहुँ
स्थापित२०७१ वैशाख २५
सरकार
 • नगरप्रमुखकृष्‍णराज पण्डित (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखखुमबहादुर विक (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा१६५ किमी२ (६४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा५५,६३०
 • घनत्व३४०/किमी२ (८७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-६५
केन्द्रसाविक दुलेगौँडा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

शुक्लागण्डकी नगरपालिका तनहुँ जिल्लाका ४ वटा नगरपालिकाहरू मध्ये एक हो।[३] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा साविकका दुलेगौँडा, खैरेनीटार र ढोरफिर्दी गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा थप्रेक, राईपुर र फिरफिरे गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार शुक्लागण्डकी नगरपालिकाको कुल जनसङ्ख्या ५५,६२० रहेको छ भने यहाँ १५,२७२ घरधुरी रहेका छन्।[२]

वडागत विभाजन र जनसङ्ख्या

[सम्पादन]

नेपालको बाह्रौँ राष्ट्रिय जनगणना, २०७८ अनुसार शुक्लागण्डकी नगरपालिकाको कुल जनसङ्ख्या ५५,६२० रहेको छ। यस नगरपालिकालाई १२ वटा वडाहरूमा विभाजन गरिएको छ। नगरपालिकाको वडागत विवरण, क्षेत्रफल र जनघनत्वको विस्तृत तथ्याङ्क तलको तालिकामा दिइएको छ:

शुक्लागण्डकी नगरपालिकाको वडागत विभाजन, जनसङ्ख्या र जनघनत्व (२०७८)
वडा नं.समावेश साविकका वडाहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
१थप्रेक२,३९४२७.४०८७.३७
२दुलेगौँडा (१-३), खैरेनीटार (१-२)५,५८२२०.१३२७७.३०
३दुलेगौँडा (४-६), खैरेनीटार (४-५)४,३५४९.५८४५४.४९
४दुलेगौँडा (७)४,८०२१.९६२,४५०.००
५दुलेगौँडा (८-९)८,६८४४.२९२,०२४.२४
६खैरेनीटार (३,६,८)४,८५६१०.१३४७९.३७
७खैरेनीटार (७,९)५,८७१५.६२१,०४४.६६
८ढोरफिर्दी (३)६,२६६१०.६१५९०.५७
९ढोरफिर्दी (१-२,७)३,११९११.२९२७६.२६
१०ढोरफिर्दी (४-६,८-९)४,२४९२१.९७१९३.४०
११राईपुर३,०३०१२.४८२४२.७९
१२फिरफिरे२,४१३२९.२९८२.३८
जम्मा / औसत५५,६२०१६४.७५३३७.६०

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।

बाह्य कडीहरू

[सम्पादन]