रामधुनी नगरपालिका
स्वरूप
रामधुनी नगरपालिका | |
---|---|
निर्देशाङ्क: २६°४०′उ॰ ८७°११′पू॰ / २६.६६७°N ८७.१८३°Eनिर्देशाङ्कहरू: २६°४०′उ॰ ८७°११′पू॰ / २६.६६७°N ८७.१८३°E | |
देश | नेपाल |
प्रदेश | कोशी |
जिल्ला | सुनसरी |
स्थापना | २७ फागुन २०७३ |
सरकार | |
• नगर प्रमुख | शङ्करलाल चौधरी (नेकपा एमाले) |
• उपप्रमुख | तारा थापा (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | ९१.६९ किमी२ (३५.४० वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ६३,४५२ |
• घनत्व | ६९०/किमी२ (१८००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-२५ |
केन्द्र | साविकको रामधुनीको कार्यालय |
रामधुनी नगरपालिका सुनसरी जिल्लाका ४ नगरपालिकाहरू मध्ये एक हो। २०७१ मङ्सिर १६ मा, भादगाउँ सिनुवारी र सिङ्गिया गाविसहरूलाई मिलाएर रामधुनी भासी नगरपालिका बनाइएको थियो भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा डुम्राहा (१,३-६) र बकलौरी गाविसहरूलाई पनि यसमा गाभिएको थियो।[३] यस नगरपालिकालाई ९ वडामा विभाजन गरिएको छ। यसको क्षेत्रफल ९१.६९ वर्ग किलोमिटर रहेको छ। यस नगरपालिकाको केन्द्र साविकको रामधुनीको कार्यालयमा राखिएको छ।[४]
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रामधुनी नगरपालिकाको कुल जनसङ्ख्या ६३,४५२ रहेको छ भने यहाँ १५,६४४ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।