"तारादेवी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
{{Orphan|date=मे २०१३}}
{{Orphan|date=मे २०१३}}

{{Infobox musical artist
{{Infobox musical artist
| name = तारा देवी
| name = तारा देवी
पङ्क्ति ८१: पङ्क्ति ८०:


==बाहिरी लिङ्कहरू==
==बाहिरी लिङ्कहरू==

* [http://www.madanpuraskar.org/guthi/taradevi.php मदन पुरस्कार गुठी]
* [http://www.madanpuraskar.org/guthi/taradevi.php मदन पुरस्कार गुठी]
* [http://jpana.wordpress.com/%E0%A4%9A%E0%A4%BF%E0%A4%A8%E0%A4%BE%E0%A4%B0%E0%A5%80/%E0%A4%97%E0%A4%AF%E0%A4%BF%E0%A4%95%E0%A4%BE-%E0%A4%A4%E0%A4%BE%E0%A4%B0%E0%A4%BE-%E0%A4%A6%E0%A5%87%E0%A4%B5%E0%A5%80-%E0%A4%9C%E0%A5%80%E0%A4%B5%E0%A4%A8%E0%A5%80/ गायिका तारादेवीको जीवनी]
*[http://jpana.wordpress.com/%E0%A4%9A%E0%A4%BF%E0%A4%A8%E0%A4%BE%E0%A4%B0%E0%A5%80/%E0%A4%97%E0%A4%AF%E0%A4%BF%E0%A4%95%E0%A4%BE-%E0%A4%A4%E0%A4%BE%E0%A4%B0%E0%A4%BE-%E0%A4%A6%E0%A5%87%E0%A4%B5%E0%A5%80-%E0%A4%9C%E0%A5%80%E0%A4%B5%E0%A4%A8%E0%A5%80/ गायिका तारादेवीको जीवनी]


==सन्दर्भ सामग्रीहरू==
==सन्दर्भ सामग्रीहरू==

१८:३३, १६ मे २०२१ जस्तै गरी पुनरावलोकन

तारा देवी
जन्म२००२ माघ २
इन्द्रचोक काठमाडौँ
मृत्यु२०६२ माघ ८
काठमाडौँ, नेपाल
पेशानोकरी २०१५ - २०५०
सक्रिय वर्ष२०१० देखि २०५२ सम्म

तारा देवी (वि.सं. २००२- वि.सं. २०६२) प्रसिद्ध नेपाली गायिका हुन्। यिनले आफ्नो जीवनकालमा ४ हजार भन्दा बढी नेपाली गीतहरू गाएकी छिन्।

जीवनी

तारादेवीको जन्म वि.सं. २००२ साल माघ २ गते मङ्गलबारका दिन बाबु कृष्णबहादुर कार्की तथा आमा राधादेवीका सुपुत्रीका रूपमा इन्द्रचोक, काठमाडौँमा भएको थियो। यिनको वाल्यकालको नाम डोलकुमारी कार्की थियो।[१]

तारादेवीको शिवबहादुर श्रेष्ठसँग वि.सं. २०२२ सालमा प्रेमविवाह भएको थियो। उनका पति हवाइचालक थिए। यी दुई पतिपत्नीबाट एउटी छोरी चारु तथा दुईटा छोरा शशि र रवि जन्मे। तारादेवीका जवान छोरा शशि वि.सं. २०५१ साल वैशाखमा क्यान्सर रोगका कारण दिवङ्गत भए भने उनका पति शिवबहादुर पनि २०५५ सालमा हवाई दुर्घटनामा स्वर्गीय भए। चार वर्षघि जागीर खोसिएर त्यसको पीडा बोक्ताबोक्तै चार वर्षपछि पुत्रवियोग र फेरि त्यसको चार वर्षपछि पतिको निधन हुनु तारादेवीको जीवनका अत्यन्तै मर्माहत क्षण थिए। तारादेवी त्यसपछि क्षतविक्षत अवस्थामा उज्यालो अँध्यारो बिताउने क्रममा लागिन्। त्यस्ता डरलाग्दा घटनापछि उनको स्वर पनि पीडा र वेदनाको दहमा नै थन्कन थाल्यो। उनले वि.सं. २०५६ साल फागुन १३ गते एउटा सांस्कृतिक मञ्चमा उभिएर गीत गाइन्।

पुरस्कार

चारदशकदेखिको अथक साधनाद्वारा गायनकलामा उत्कृष्टता हासिल गरी नेपाली भाषालाई स्वदेशभित्र र बाहिरसमेत सङ्गीतको मधुरिमाद्वारा लोकप्रिय बनाई नेपाली वाङ्मयको श्रीवृद्धि गर्नमा उल्लेखनीय योगदान गर्नुभएकोले वहाँको राष्ट्रिय देनको कदर स्वरूप वि.सं. २०५० सालको जगदम्बाश्री पुरस्कार प्रदान गरियो। उनले इन्द्रराज्यलक्ष्मी प्रज्ञापुरस्कार, छिन्नलता पुरस्कार, मैना पुरस्कार र नइ सुर सम्मान पाइन्। त्यति मात्र होइन तारादेवी सुप्रसिद्ध प्रबल गोरखा दक्षिण बाहु प्रथमबाट विभूषित भइन्। उनले महेन्द्ररत्न आभूषण, गद्दी आरोहण रजतपदक, वीरेन्द्र ऐर्श्वर्य सेवापदकका अतिरिक्त स्वदेश तथा विदेशबाट अन्य थुप्रै पदक, पुरस्कार, सम्मान र अभिनन्दनहरू पनि पाएकी थिइन्।

मुख्य गीतहरू

गीत शब्द सङ्गीत
शुभकामना भरी चाँदनी शाह नातिकाजी
उकाली ओरालीहरूमा
आऊ न आऊ तिम्रै खुशी
हिमालको काखमा छ सानो मेरो गाउँ
साँघुरी बारी नि हो त्यो धारा पानी
कालीपारी दाई कति राम्रो
सोचेजस्तो हुन्न जीवन दिनेश अधिकारी
फूलको थुँगा बहेर गयो गंगाको पानीमा राष्ट्रकवि माधवप्रसाद घिमिरे नातिकाजी
विदा हुने भैगयो बेला
लुकुँ लुकुँ लाग्यो मलाई बादल जस्तो त्यो कालो केशमा किरण खरेल गोपाल योञ्जन

बाहिरी लिङ्कहरू

सन्दर्भ सामग्रीहरू

  1. हाम्रा केही प्रतिभाहरू, नेपाल सरकार, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, २०७३।