सतिदेवी

नेपाली विकिपीडियाबाट
(सती बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
सती
Sati shiva bishnu.jpg
सतीको लाश बोकेर हिडेका शिव
देवनागरी सती
संस्कृत उच्चारण Satī
संबद्ध देवी
वासस्थान कैलाश पर्वत
पत्नी शिव

सतिदेवी भगवान शिवकी पत्नी हुन्। सत्य युगमा दक्ष प्रजापतीकी छोरी सतिदेवी हिन्दू धर्म ग्रन्थका अनुसार एक पतिव्रता नारी थिइन्। दक्ष प्रजीपतीकी पुत्री भएकोले उनलाई दक्षयणी भनेर पनि चिनिन्छ। पवित्र हिन्दू धर्म ग्रन्थ स्वस्थानी व्रत कथा लगायत सबै ग्रन्थहरूमा सतिदेवीको चरित्रको बारेमा उल्लेख गरियको छ। पौराणिक कथाहरुमा सतीलाई शिवकी पूर्व पत्नी भनिन्छ। दक्ष प्रजापतिकी कन्याको नाम (दाक्षायणी) दिइन्छ। तर सती शब्द शक्ति नामको अपभ्रंश रूप हो। शक्तिको अर्को नाम नैं सती हो।

जन्म[सम्पादन गर्ने]

सतिदेवीको जन्म सत्य युगमा ब्रह्माजीका मानस पुत्र दक्ष प्रजापतीका घरमा भएको थियो। उनि दक्ष प्रजापतीकी जेठी छोरी थिईन्। उनकी आमाको नाम विरणी थियो।

विवाह[सम्पादन गर्ने]

कुबेर तथा कुबेरकी पत्नी सतिदेवीलाई बिवाहको उपहार दिंदै

सतिदेवीको विबाह भगवान शिवसँग भएको थियो। अरु सबै छोरीहरूको विवाह गरीसकेका दक्ष प्रजापतीले सतिदेवीको विवाह आफ्नो खुसीले शिवसँग गरेका थिएनन्। सतिदेवीले सानै उमेर देखी भगवान शिवलाई आफ्नो पतिको रुपमा स्विकार गरेकी थिइन्। यता भगवान शिवको पनि दक्ष प्रजापतीकी छोरी सतीदेवीसँग विवाह गर्ने इछ्छा थियो। तर सतिदेवीका पिता दक्ष प्रजापती भने भगवान शिवलाई देखि सहन्नथे। उनी भगवान शिवलाई भाङ, चरसको अमल गर्ने भुतादीसँग श्मसानघाटमा बस्ने भएकोले घृणा गर्दथे। उनले आफ्नी छोरी सतीदेवीको विवाह भगवान विष्णुसँग गर्ने इछ्छा राखेका थिए। भगवान शिवले सतीदेवीको मनोभाव बुझेर दक्ष प्रजापतिसँग आफु सतिदेवीसँग विवाह गर्न इछ्छुक भएको कुरा भने पछी दक्ष प्रजापती भगवान शिवदेखी झन् रिसाए। भगवान शिवलाई दक्ष प्रजापतिले तँ भाङ, धतुरो, चरस खाने जोगी भेषमा रहने लामा लामा जटा पाल्ने सर्पको गहना लगाउनेलाई मेरो छोरी कसरी सुवाउछ ? भनेर गाली पनि गरे। दक्षले आफुलाई छोरी विवाह नगर्ने भनेकोले महादेव विष्णुसँग गएर जसरी पनि सतिदेवीको र आफ्नो विवाह गराउने आग्रह गर्न थाले। यो सुनेर भगवान विष्णु दक्षको घरमा गएर आफु सतिदेविसँग विवाह गर्न इछ्छुक भएको कुरा बताए। विष्णुको कुरा सुनेर दक्ष प्रजापति पनि सतिलाई विष्णुसँग विवाह गरिदिन मन्जुर भए। शुभ साइत हेरेर दक्षप्रजापतिले भगवान विष्णुलाई कन्यादान दिन लागे। यसै बेला भगवान शिव जोगी भेषमा प्रकट भएर सतिदेवीको हात आफुले समात्नुको साथै सतिको सिउँदोमा सिंदुर पनि भरे। शिवजीको यस्तो छल देखेर दक्षलाई झन रिस उठेर आयो। सति र शिवलाई दक्ष प्रजापतिलाई कहिले पनि आफ्नो घरमा नबोलाउने गरेर वीदा गरे। एक दिन देवताहरूको शभा बसेको बेलामा दक्ष प्रजापतिको आगमनमा सबै देवताहरू उठेर दक्षको सम्मान गरे तर भगवान शिव उठेर दक्षको सम्मान नगरेकाले दक्षलाई भगवान शिवदेखी पहिले देखी नै रिस उठेको थियो। [१]

मृत्यु[सम्पादन गर्ने]

एक पटक दक्ष प्रजापतिले आफ्नो महलमा महायज्ञको आयोजना गरेको थिए। उक्त महायज्ञामा दक्षले आफ्ना सबै छोरीहरू सहित नारद, बशिष्ठ, कश्यप, आदी ऋषिहरूका साथै ब्रह्मा, विष्णु, इन्द्र, वरुण आदी देवतागणलाई निमन्त्रणा गरे तर सतिदेवी र महादेवलाई निमन्त्रणा गरेनन्। सतिदेवीले दक्ष प्रजापतिको यज्ञामा सहभागी हुनकोलागी जान लागेका देवता र ऋषिहरूलाई देखेर "तपाइँहरू कहाँ र किन जाँदै हुनुहुन्छ" भनेर सोधिन्। यो कुरा सुनेर दक्ष प्रजापतिको यज्ञामा जान लागेका देवता र ऋषिहरूले दक्ष प्रजापतिले महायज्ञाको आयोजना गरेकोले हामीहरू त्यहाँ जाँदैछौं भनेर उत्तर दिए। यो सुनेर सतिदेवीलाई पनि आफ्नो पिताको महायज्ञामा जाने मन भएकोले आफ्ना पति महादेवसँग अनुमती लिन गइन्। महादेवले सतिको मनसाय बुझेर निम्ता नगरेको ठाउँमा जानु हुन्न भनेर सतिदेवीलाई सम्झाए। सतिदेवीले महादेवको कुरालाई नमानेर आफ्नो पिताको घरमा जानकोलागी पनि के निम्ता चाहियो म जान्छु तपाइँ पनि मेरो साथमा जानु पर्छ भनेर जिद्दी गर्न थालिन्। यसरी सतिले जिद्दी गरेकाले महादेवले सतिलाई तिम्रा पिताले मलाई ठिक मान्दैनन्, तिम्रा पिताको र मेरो कुरा मिल्दैन त्यसैले म त जान्न तिमी जान्छौ भने म तिमीलाई रोक्न सक्दैन तर त्यहाँ गएर तिमी पछुताउने छौ भन्ने उत्तर दिए। यो सुनेर सतिदेवी महादेवलाई छोडेर एक्लै दक्ष प्रजापतिको महायज्ञामा गइन्। त्यहाँ सतिदेवीले आफ्नै सबै बहिनीहरू लगायत सबै देवगणहरू र ऋषिगणहरू उपस्थित भएको देखिन् साथै उनीहरूले आफुलाई विना निमंत्रणाको आएकोले आफ्नो बारेमा नराम्रो कुराहरू गरेको पनि सुनिन्। सतिदेवीले यज्ञामा अरु सबै देवताहरूको भाग लगाएको तर भगवान शिवलाई भाग नलगाएको देखेर आफ्ना पिता दक्ष प्रजापतिलाई अरू सबैलाई निम्ता गरको तर आफुलाई निम्ता नगरेको यज्ञामा सबै देवताहरूको भाग लगाएको तर महादेवको भाग नलाएको कारण सोधिन्। सतिदेवीको कुरा सुनेर दक्ष प्रजापतिले यो यज्ञामा यदी तिमीलाई निम्ता दिएमा तिम्रो पति पनि तिमीसँग नै आफने भएकोला यो यज्ञामा ठुला ठुला ऋषिहरू र देवताहरू बसेको बेला महादेव जस्तो डरलाग्दो मान्छे बस्न नसुहाउने भएकोले हामीले तिमीहरूलाई निम्ता दिएनौ भने। यो यज्ञामा महादेवलाई भाग पाउने अधिकार छैन त्यो त श्मसानवासी, स्त्री लम्पट हो त्यो कुनै देवता होइन भनेर भगवान शिवलाई गाली गर्न थाले। यो सुनेर सतिदेवीलाई असह्य भयो। सतिदेवीलाई तपाइँबाट प्राप्त भएको यो मेरो शरिर तपाइँको यज्ञाशालामा भस्म गर्छु भनेर दक्ष प्रजापतिको यज्ञाकुंडमा हाम फालेर आफ्नो प्राण त्याग गरिन्। [१]

दक्ष यज्ञामा ताण्डव[सम्पादन गर्ने]

विरभद्र र दक्ष

यसरी सतिदेवीले आफ्नो प्राण त्याग गरेको समचार भगवान शिवलाई नारद ऋषिले भने। यो समचार सुनेर भगवान शिवले रिसायर आफ्नो एक जटा उखेलेर जमिनमा पट्के त्यो जटाबाट भगवान शिवको क्रोध रुप वीरभद्र उत्पन्न भए। भगवान शिवले वीरभद्रलाई दक्षको यज्ञा तहस नहस पार्न आदेश दिए। यो आज्ञा पाएर वीरभद्रले पनि दक्षको यज्ञाशालामा गएर त्यहाँ भेला भएको सबै देवता र ऋषिहरूलाई कुटेर भगाउनुको साथै दक्ष प्रजापतिको शिर काटेर यज्ञा कुंडमा जलाएर ताण्डव नाच गर्न थाले। यो देखेर सबै देवताहरू भगवान शिव कहाँ गएर यो उप्रदव रोक्ने विन्ती गर्न थाले। यो सुनेर भगवान शिव दक्ष प्रजापतिको यज्ञास्थलमा गएर वीरभद्रलाई रोके साथै वीरभद्रको कुटाइबाट घाइते भएका देवता र ऋषिहरूको उद्धार गरे। दक्ष प्रजापतिको टाउको जलि सकेकोले दक्षको शरिरमा बोकाको शिर जोडेर दक्ष प्रजापतिलाई जिवित गराएर अभय दान दिए। दक्ष प्रजापति जिवित भएर बोकाको भाषामा "बम....बम....बम...."गरेर भगवान शिवको प्रार्थना गर्न थाले। त्यै भएर आज पनि भगवान शंकरलाई भक्तहरूले "बम....बम....बम...." भन्ने गर्छन्। [१] दक्ष प्रजापतिलाई जिवित गराएर महायज्ञाको समापन गर्न लगाएर भगवान शंकर सतिदेवीको मृत शरिर पिठमा बोकेर संसारको भ्रमण गर्न थाले। यसरी भगवान शिवले बोकेको हुनाले धेरै दिन सम्म सतिदेवीको देह कुहिएन। यसरी भगवान शिव पागल भएर सतिदेवीको मृत शरिर बोक्दै हिड्न थालेमा सृष्ठीको काम रोकिने भएकाले देवताहरूले भगवान विष्णुसँग यसको उपाय निकाल्नकोलागी आग्रह गरे। देवताहरूको आग्रह सुनेर भगवान विष्णुले सतिदेवीको देहमा औंसा (किरा) उत्पन्न गराए। यसरी सतिको देहलाई किराले खान थालेपछी सतिदेवीका अंगहरू यो पृथ्वीको विभिन्न ठाउँहरूमा खस्न थाले। जहाँ-जहाँ सतिका अंग पतन भए त्यहाँ-त्यहाँ सिद्धपीठहरू उत्पन्न भएका छन्। त्यहीं त्यहीं ब्रह्माजीले एक एक सयंभु लिंग उत्पन्न गराए।[१]

सतिदेह पतन भएका विभिन्न सिद्धपीठहरू[सम्पादन गर्ने]

महाँदेवले सतिदेवीको मृत शरिर बोक्दै हिंडेको

भगवान शिवले सतिदेवीको मृत शरिर बोकेर हिंडेको बेलामा सतिदेवीका अंगहरू संसारका विभिन्न ठाउँहरूमा पतन भएको थिए अथवा खसेका थिए। जुन ठाउँमा सतिअंग पतन भए त्यस ठाउँमा एक एक वटा देवी, योगीनी र महादेव उत्पन्न भएर शिवशक्ती स्वरुपले रहेका छन्। सतिदेवीका अंगहरू पतन भएर उत्पन्न भएका सिद्धपीठ, देवी, योगीनी र महादेव निम्नानुसार रहेका छन्।[१]

क्र.सं. सिद्धपीठको नाम पतन भएको अंग शक्ती शिव योगीनी
नेपाल गुह्य गुह्यश्वरी शिद्धेश्वर चंद्रघण्टा
वाराणसी शिर विशालाक्षी विश्वेश्वर शंकटा
कामरूप छाती कामाक्षा चक्रधरेश्वर कीर्ती
पौरबन्ध दायाँ कुम अम्बिका धनेश्वर चन्द्रवेगा
कश्मिर जिब्रो शारदा श्रमधारेश्वर घोरघण्टा
कान्यकुब्ज छाला सफला दुग्धेश्वर झंकेश्वरी
पूर्णागिरी बायाँ कान पूर्णा चन्द्रेश्वर कपाल कुण्डला
अस्तातक दायाँ हात कर्तेश्वरी निद्रापतेश्वर एकाक्षी
चामुण्डाचल बाहु चामुण्डा इच्छावीरुकेश्वर पुकम्बी
१० एकावीर बायाँ हात सिद्धेश्वरी दुग्धेश्वर सिद्धा
११ कामरोष्ठ घाँटी कामिनी महाकालेश्वर
१२ त्रीश्वेत महाकालेश्वरी त्रीपुरेश्वर विकटदंता
१३ कैलाश दायाँ पाउ पार्वती विशम्भरेश्वर
१४ भृगुक्षेत्र माथिल्ला दाँत शारदा सत्यश्वर ब्रह्मदाहा
१५ चन्द्रपुर दायाँ नेत्र चन्द्रा प्रकाशेश्वर सिद्धा
१६ केदारनाथ बायाँ हात केदासेश्वरी कोटेश्वर चामुण्डा
१७ श्रीपिठ तालु कमला कमलेश्वर भद्रा
१८ एकावीर नाभी एकवीरा हाटकेश्वर गोरक्षा
१९ जालंधर तल्लो ओठ जालपा पिचाशेश्वर ज्वालामुखी
२० कुशलान्तक केश क्षिरेश्वर भूतघण्टा
२१ मल्लवी बायाँ पैतला महाकाली भुपालेश्वर कराला
२२ देवकोट बायाँ घुँडा भद्राक्षी मातेश्वर ललिता
२३ गोकर्ण बायाँ कान भैरवी योगेश्वर एकजंघा
२४ अट्टाहस तल्लो दाँत भ्रामरी शतभुतेश्वर शंखधरा
२५ मातुलेश्वर दायाँ स्तन योगेश्वरी बुधराधेश्वर पिंगला
२६ विश्वपीठ बायाँ स्तन भुवनेश्वरी कृष्णवर्णेश्वर भुवना
२७ रजगृह दायाँ कुहुना राजगृहेश्वरी हरेश्वर उल्कामुखी
२८ कोल्हापुर उदर महालक्ष्मी श्मशानेश्वर नन्दा
२९ महापन्थ बायाँ कुहुनो प्रचण्ड चण्डिका विश्वामित्रेश्वर रेणुका
३० एकापुर दायाँ घुँडा साधुक्षी उन्मत्तेश्वर संकुपा
३१ ॐकार माथिल्लो ओठ मातृका सन्तानेश्वर पूर्णोदया
३२ उज्जैन रगतको डल्लो महाकाली झंकरेश्वर ललज्जिव्हा
३३ जयन्तिपुर कलेजो जयन्ती कल्पेश्वर खेचरा
३४ चरित्रपुर दायाँ करङ सर्वेश्वरी वायव्यश्वर चित्रवर्णा
३५ क्षिरीकापुर भुँडी युगधारा सहस्त्रनेत्रेश्वर कलंका
३६ हस्तिनापुर दायाँ कुम चण्डेश्वरी मुसुखारेश्वर कोटराक्षी
३७ उड्डियन शिर चित्रकला यज्ञश्वर पिंगलाक्षी
३८ विश्वपीठ मृगौला झंकेश्वरी कुण्डलेश्वर झंकाली
३९ प्रयाग फोक्सो सुन्दरी महिदेवेश्वर सिंहजंघा
४० मायापुर फियो मायादेवी तपस्यश्वर चंचला
४१ मल्लगिरी बायाँ कुम मल्लिका उत्पन्नेश्वर कोकुरा
४२ मलयागिरी आसन वज्रेश्वरी जागेश्वर कोमला
४३ मेरुगिरी शुचिस्थान पूर्णा जिव्हापतेश्वर कपालिनी
४४ सेनापीठ मुकुट उमा कामेश्वर अष्टवक्रा
४५ महेन्द्रपिठ दायाँ तिघ्रा इन्द्राणी तारकेश्वर उर्ध्वगमीनी
४६ हिरण्यपुर सुतस्थान नवरत्नेश्वरी नारदेश्वर त्रिपुरेन्द्रा
४७ वानरपुर बायाँ तिघ्रा कामेश्वरी वेदान्तेश्वर भेरुण्डा
४८ महालक्ष्मीपुर बायाँ करङ कमलाक्षी त्रिकुटेश्वर दिगम्बरा
४९ उद्यान कमरको हाड त्रिपुरासुन्दरी भैरवेश्वर सुशंकोदरा
५० छायाक्षेत्र बाँकिरहेका सबै अंग छत्रेश्वरी पिचासेश्वर सुसुकोदरा

यी माथी उल्लेखित मुख्य सिद्वपीठ लगायत पृथ्वीमा सतिदेवीका अंगहरू पतन भएर ७,५०,००,००० (सात करोड पचास लाख) सिद्धपीठहरू उत्पन्न भएका छन्। ति शिद्धपिठ मध्य माथी उल्लेखित मुख्य सिद्धपीठहरूको निकै महत्व छ। जो हिन्दु हरेक दिन बिहान उठेर यी सिद्ध पीठहरूको नाम मात्र लिन्छ त्यसलाई सिद्धपीठको दर्शन गरेको फल प्राप्त हुनेछ। [२]

सतिको पूनर्जन्म[सम्पादन गर्ने]

महादेवकी पत्नी सतिदेवी अर्को जन्ममा पर्वत राज हिमालयको घरमा पार्वतीको रुपमा भएको थियो। उनकी आमाको नाम मेनका थियो। यो जन्ममा पनि पार्वतीले महादेवसँग नै विवाह गरेकी थिइन्। यिनै पार्वतीसँग भगवान शिवले विभिन्न लिलाहरू रचेका थिए। पार्वतीका गणेशकार्तिकेय नाम गरेका दुईवटा पुत्र थिए।

संदर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ १.३ १.४ श्री स्वस्थानी ब्रतकथा
  2. देवी भागवत पुराण

बाहिरिय लिंकहरू[सम्पादन गर्ने]