गल्कोट नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गल्कोट
Galkot
देश नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लाबागलुङ जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गनगर कार्यपालिका
 • प्रमुखभरत शर्मा गैरे (नेपाली कांग्रेस)
 • उपप्रमुखरेणुका काउचा (नेपाली कांग्रेस)
 • कार्यकारीप्रदिपचन्द्र सुवेदी
क्षेत्रफल
 • जम्मा१९४.३९ किमी (७५.०५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३३,०९७
 • घनत्व१७०/किमी (४४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६८
केन्द्रसाविकको हरीचौर गाविसको कार्यालय

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा बागलुङ जिल्लामा साविकका दुदिलाभाटी, नरेठाँटी, हटिया, हरीचौर, मल्म, काँडेवास, पाण्डवखानीरिघा गाउँ विकास समितिहरूलाई समेटेर गल्कोट नगरपालिका बनाइएको हो ।[१] स्थानीय तह निर्धारणको शिलशिलामा ऐतिहासिक गलकोट तिन तहमा विभाजित भएको छ । गल्कोट प्राकितिक एवम् पर्यटकिय दृष्टिकोणले महत्त्वपुर्ण क्षेत्र हो । यस नगरपालिकाको कूल जनसङ्ख्या ३३,०९७ रहेको छ । यसको क्षेत्रफल १९४.३९ वर्गकिलोमिटर रहेको छ । यस नगरपालिकाको केन्द्र साविकको हरीचौर गाविसको कार्यालयमा राखिएको छ । यस नगरपालिकालाई ११ वडामा विभाजन गरिएको छ । यस नगरपालिकाको सिमाना पूर्वमा काठेखोला गाउँपालिका, पश्चिममा वडिगाड गाउँपालिका उत्तरमा ताराखोला गाउँपालिका तथा दक्षिणमा वरेङ गाउँपालिकागुल्मी जिल्लासम्म फैलिएको छ ।[२][३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  3. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]