आधुनिक पोर्टफोलियो सिद्धान्त

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आधुनिक पोर्टफोलियो सिद्धान्त जोखिम पन्छाउने लगानीकर्ताले कसरी जोखिमलाई न्यून गर्न एक आदर्श पोर्टफोलियोको छनोट गर्न सक्छ भन्ने प्रक्रियाको व्याख्या गरिएको सिद्धान्त हो। आदर्श पोर्टफोलियो भन्नाले एकभन्दा बढी सम्पत्तिहरूमा गरिने लगानीको त्यसप्रकारको छनोट हो, जसले लगानीकर्तालाई प्रतिफल समान भएमा जोखिम कम गर्न वा जोखिम समान भएमा प्रतिफलमा वृद्धि गर्न सक्षम बनाउन सक्छ। यस सिद्धान्तको प्रतिपादन ह्यारी मार्कोविजले सन् १९५२ मा गरेका थिए जसको लागि पछि उनलाई आर्थिक विज्ञानमा नोबेल पुरस्कार प्रदान गरिएको थियो।

आधार[सम्पादन गर्नुहोस्]

यो सिद्धान्त निम्न मान्यताहरूमा आधारित छ:

  • जोखिम पन्छाउने

लगानीकर्ताहरू जोखिम पन्छाउने प्रवृतिका हुन्छन्, अर्थात बढी जोखिमको तुलनामा कम जोखिमलाई प्राथमिकता दिन्छन्।

  • प्रतिफल

कुनै सम्पत्ति वा पोर्टफोलियोबाट अपेक्षा गरिने प्रतिफल भनेको भविष्यको प्रतिफलको सम्भावनाको वितरणको औसत मूल्य हो।

  • जोखिम

अपेक्षित प्रतिफलमा आउन सक्ने विचलन नै लगानीकर्ताले गर्नु पर्ने जोखिम हो।

  • उपयोगिता

जोखिम र प्रतिफलको निर्धारक भनेको उपयोगिता बक्र हो। जस अनुसार बढी जोखिम बहन गर्न चाहने लगानीकर्ताले बढी प्रतिफल र कम जोखिम बहन गर्न सक्ने लगानीकर्ताले कम जोखिनको अपेक्षा गर्दछन्।

  • प्रभुत्वताको सिद्धान्त

लगानीकर्ताहरू समान प्रतिफल भएमा कम जोखिम र समान जोखिम भएमा बढी प्रतिफल भएको बिकल्पको छनोट गर्दछन्।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]