स्थानीय विकास मन्त्रालयले २०७२ आश्विन १ मा २६ वटा नयाँ नगरपालिका थप्दा तनहुँ जिल्लाको आँबुखैरेनीलाई नगरपालिका घोषणा गरेको थियो ।[१][२] विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा साविकको आँबुखैरेनी नगरपालिकामा छिम्केश्वरी र देउराली गाउँ विकास समितिहरूलाई समेटेर आँबुखैरेनी गाउँपालिका घोषणा गरिएको हो ।[३][४][५] आँबुखैरेनी गाउँपालिकाको केन्द्र साविक आँबुखैरेनी नगरपालिकाको कार्यालय रहको छ ।[६] राष्ट्रिय जनगणना २०६८का अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर आँबुखैरेनी गाउँपालिकाको जनसङ्ख्या २०,७६८ रहेको छ ।[७][८]
आँबुखैरेनी गाउँपालिकामा ६ वडाहरू रहेका छन । आँबुखैरेनीको कुल क्षेत्रफल १२८ वर्ग किमी छ । यो गाउँपालिकाको पूर्वमा चितवन र गोरखा जिल्ला पर्दछन् भने पश्चिममा बन्दीपुर र देवघाट गाउँपालिका छ । यसको उत्तरी भागमा बन्दीपुर गाउँपालिका र गोरखा जिल्ला छ भने दक्षिणी क्षेत्रमा देवघाट गाउँपालिका र चितवन जिल्ला पर्दछन् ।[९]
- ↑ "तनहुँमा दुई नगरपालिका थपिए भानु र आँबुखैरेनी नगरपालिका", सेतीमादी, १ असोज, २०७२, अन्तिम पहुँच १ असोज।
- ↑ "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ आस्विन १, अन्तिम पहुँच २०७२ आस्विन १।
- ↑ "तनहुँका दुई नगरपालिका गाउँपालिका निर्धारण", काराेबार, २४ पौष, २०७३, अन्तिम पहुँच २४ पौष, २०७३।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३।
- ↑ "२६ नगरपालिका थप", नागरिक दैनिक, २ असोज, २०७२, अन्तिम पहुँच २ असोज, २०७२।
- ↑ "सात प्रदेशको नयाँ नेपाल", अनलाईनखबर, अन्तिम पहुँच २०७१ माघ ५।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२।
- ↑ "हेर्नुहोस्, तपाईं कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३।
|
---|
| | | पुर्व गाविसहरू | | |
---|
| गाउँपालिका संख्या: ६ | |
---|
| पर्यटकीय स्थलहरू | |
---|
| धार्मिक स्थलहरू | |
---|
| प्रमुख व्यक्तिहरू | |
---|
| सहरहरू | |
---|
|