आँबुखैरेनी गाउँपालिका
स्वरूप
(आँबुखैरेनी नगरपालिकाबाट अनुप्रेषित)
आँबुखैरेनी गाउँपालिका | |
|---|---|
| निर्देशाङ्क: २७°५४′१३″N ८४°३२′२४″E / 27.9037°N 84.5399°E | |
| देश | |
| प्रदेश | गण्डकी प्रदेश |
| जिल्ला | तनहुँ |
| स्थापित | २७ फागुन २०७३ |
| सरकार | |
| • अध्यक्ष | शुक्र चुमान (नेकपा (माओवादी केन्द्र)) |
| • उपाध्यक्ष | दुर्गा अर्याल (नेकपा (माओवादी केन्द्र)) |
| क्षेत्रफल | |
| • जम्मा | १२८ किमी२ (४९ वर्ग माइल) |
| जनसङ्ख्या | |
| • जम्मा | २२,२५२ |
| • घनत्व | १७०/किमी२ (४५०/वर्ग माइल) |
| समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
| क्षेत्रीय सङ्केत | +९७७-६५ |
| केन्द्र | साविक आँबुखैरेनी गाविसको कार्यालय |
| वेबसाइट | आधिकारिक वेबसाइट |
आँबुखैरेनी गाउँपालिका तनहुँ जिल्लाका ६ वटा गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका आँबुखैरेनी, छिम्केश्वरी र देउराली गाविसहरू यसमा गाभिएका थिए।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार आँबुखैरेनी गाउँपालिकाको कुल जनसङ्ख्या २२,२५२ रहेको छ भने यहाँ १४,४९३ घरधुरी रहेका छन्।[२]
भौगोलिक अवस्थिति
[सम्पादन गर्नुहोस्]आँबुखैरेनी गाउँपालिकामा ६ वडाहरू रहेका छन्। आँबुखैरेनीको कुल क्षेत्रफल १२८ वर्ग किमी छ। यो गाउँपालिकाको पूर्वमा चितवन र गोरखा जिल्ला पर्दछन् भने पश्चिममा बन्दीपुर र देवघाट गाउँपालिका छ। यसको उत्तरी भागमा बन्दीपुर गाउँपालिका र गोरखा जिल्ला छ भने दक्षिणी क्षेत्रमा देवघाट गाउँपालिका र चितवन जिल्ला पर्दछन् ।[३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ ३.० ३.१ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति