डकडकगो एक वेब खोज संयन्त्र हो। जसले खोजकर्ताहरूको गोपनीयताको संरक्षण गर्दछ र निजीकृत खोज परिणामहरूको फिल्टर बबललाई टाढा राख्दछ। डकडकगोले अन्य खोज संयन्त्रहरू भन्दा बाहेक आफ्ना प्रयोगकर्ताहरुले खोज गरेका शब्दहरूको लागि एउटै खोज परिणाम देखाउँछ र धेरै भन्दा धेरै परिणामहरुक बाहेक यसले सर्वोत्तम नतिजा ल्याउनेमा जोड दिन्छ। यसले ४०० भन्दा बढि व्यक्तिगत स्रोतहरू जस्तै विकिपिडिया र अन्य खोज संयन्त्रहरू जस्तै बिङ, याहु!, र यान्दिक्स सहित यसले उत्कृष्ट खोज नतिजा ल्याउने गर्दछ। नोभेम्बर २०१८ मा, यसमा दैनिक २९,६६१,६५९ औसत खोजीहरू भएका थिए । यो कम्पनी ग्रेटर फिलाडेल्फियाको, पओली पेन्सलभेनिया अाधारित छ र यसमा ५५ जना कर्मचारीहरू कार्यरत रहेक छन्।
(पूरा पढ्नुहोस्...)
वि.सं. २०६९ (सन् २०१२) - अस्ट्रेलिया तथा दक्षिण प्रशान्त क्षेत्रमा पूर्ण सूर्य ग्रहण देखिएको थियो ।
वि.सं. २०७२ (सन् २०१५) - फ्रान्सको राजधानी पेरिसमा नियोजित आतङ्कवादी आक्रमण (शृङ्खलावद्ध वम विस्फोटन, गोलीबारी तथा बन्धक बनाउने कार्य) मा परी १३० जनाको मृत्यु हुनुका साथै ३६८ जना घाइते भएका थिए ।
वर्फी खुवाबाट बनाईने एक प्रकारको मिठाई हो । दूधलाई राम्रोसँग खियाएर बनाएको खुवामा चिनी र नरिवल मिसाएर वर्फी तयार गरिन्छ। हाम्रो देश नेपाल तथा भारतमा यसलाई राम्रो मिठाइको रुपमा लिइन्छ...
फोटोग्राफर/श्रोतः Miansari66 , मितिः २० नोभेम्बर २०१० सम्बन्धित पृष्ठः वर्फी
यो विकिपिडियामा हालसम्म भएका लेखहरू मध्ये कुनै लेख छानेर हेर्न वा कुनै एक अक्षरबाट शुरू हुने लेखहरूको सूची हेरेर लेख छानेर पढ्न, तल दिइएको बाकसमा रहेका अक्षरलाई क्लिक गर्नुहोला।