बङ्गलादेशका भाषाहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बङ्गलादेशको भाषा
आधिकारिक भाषाहरूबङ्गाली
क्षेत्रीय भाषाहरूचाँटगाँइया, सिलेटी, चाक्मा
मातृभाषाहरूবাংলা
मुख्य आप्रवासी भाषाहरूविहारी, बर्मेली, रोहिङ्गा
समान किबोर्ड लेआउटहरू
बङ्गाली लेखन पद्धति
KB-Bengali-Jatiyo.svg

"बङ्गलादेशमा बोलिने भाषाहरू (सन् २०११)[१]

  बङ्गाली (राष्ट्रिय भाषा) (९८%)
  अन्य (२%)
सन् २०११ को जनगणना अनुसार भाषाभाषीको सङ्ख्या[१]
भाषा जनसङ्ख्या
बङ्गाली १४,६७,७६,९१६
अन्य २,९९,५४७
जम्मा १४,७०,७६,४६३

बङ्गलादेशको संविधानको धारा ३ अनुसार बङ्गाली भाषा बङ्गलादेशको एक मात्र आधिकारिक भाषा, राज्य भाषा र राष्ट्रभाषा हो। बङ्गलादेश दक्षिण एसियाको एक मात्र र विश्वको सबैभन्दा भाषिक राष्ट्रहरू मध्ये एक हो।[२] बङ्गाली भाषा सम्बन्धी ऐन, १९८७ को दफा १९८ बमोजिम विदेशी सम्बन्ध बाहेक अन्य सबै सरकारी प्रयोजनमा बङ्गाली भाषाको प्रयोग अनिवार्य गरिएको छ। दक्षिण एसियाको एक मात्र एकल भाषा भएको देश बङ्गलादेश मानिन्छ। तैपनि, चट्टोग्रामको पहाडी क्षेत्र र अन्य साना जातीय क्षेत्रमा बसोबास गर्ने बङ्गलादेशी आदिवासीहरू आ-आफ्नो भाषाहरू बोल्दछन् (जस्तै: चाक्मा, मार्मा आदि)।[३] यसबाहेक बङ्गलादेशको क्षेत्रीय विविधताका कारण बङ्गाली भाषाका पनि थुप्रै भाषिकाहरू रहेका छन्। उदाहरणका लागि चट्टोग्राम र सिलेट क्षेत्रको बङ्गाली भाषा मानक बङ्गली भन्दा निकै फरक छ। धेरै पहिले सिलेट क्षेत्रमा सिलेटी भाषाको लिखित रूप र सिलेटी नागरी नामको लिपिको प्रचलन रहेको थियो। तर वर्तमानमा यसको लिपिमा भाषाहरू लेखिएको पाइँदैन। सन् २०११ को राष्ट्रिय जनगणना अनुसार बङ्गाली मुख्यतया देशको ९८ प्रतिशत जनसङ्ख्याद्वारा बोलिन्छ र यसले राष्ट्रिय भाषाको रूपमा मान्यता पाएको छ।[४] बङ्गलादेशको उत्तरी र दक्षिणपूर्वी भेगका आदिवासीहरू विभिन्न मातृभाषा बोल्ने गर्दछन्।

बङ्गलादेश र बङ्गाली बसोबास गर्ने क्षेत्रहरूको भाषाहरू[सम्पादन गर्नुहोस्]

एथ्नोलगको २१औँ संस्करण (सन् २०१८) अनुसार बङ्गलादेशमा ४१ वटा भाषा बोलिन्छ जसलाई तलको तालिकामा वर्णन गरिएको छ।

भाषाको नाम भाषाभाषीको जनसङ्ख्या स्थान उपभाषा श्रेणीकरण
असमिया हिन्द-युरोपेली, हिन्द-इरानी, हिन्द-आर्य, पूर्वी क्षेत्र, बङ्गाली-असमिया
आराकानीय २ लाख दक्षिण-पूर्व बङ्गलादेश; पहाडी चट्टोग्राम मार्मा (पहाडी), राखाइन (उपकूलीय) चिनियाँ-तिब्बती, तिब्बती-बर्मेली, लोलो-बर्मेली, बर्मेली, दक्षिण बर्मेली
आशो चिन १४२२ (सन् १९८१ को जनगणना) पहाडी चट्टोग्राम चट्टोग्राम, लेमियो, मिनबु, साइङबाउन, सान्दोवे, खायेतमियो चिनियाँ-तिब्बती, तिब्बती-बर्मेली, কুকি-চিন-নাগা, कुकी-चिन, दक्षिणी, शो
उसुई ४ हजार पहाडी चट्टोग्राम हिन्द-युरोपेली, हिन्द-इरानी, हिन्द-आर्य, श्रेणीकरण गरिएको छैन
वार १६ हजार उत्तर-पूर्वी बङ्गलादेश भारत सिमाना अस्ट्रो-एसिया, मोन-खमेर, उत्तर मोन-खमेर, खासीय
वाँओ / कुरुख/कोङ्कणी भाषा १६५,६८३ राजशाही विभाग, मौलभीबाजार, हविगञ्ज, झिनाइदह, कुष्टिया, मागुरा बराइल सादरी, नुरपुर सादरी, उचाइ सादरी, मकान टिलन সাদরি हिन्द-युरोपेली, हिन्द-इरानी, हिन्द-आर्य, पूर्वी क्षेत्र, विहारि
कक बरक १ लाख जामातिया, नोवातिया, बियाङ, हालाम, देवबर्म चिनियाँ-तिब्बती, तिब्बती-बर्मेली, झिङ्पो-कोनियाक-बोडो, कोनियाक-बोडो-गारो, बोडो-गारो, बोडो
कुरुख द्रविड, उत्तर
कोच बानाई, हारिगाया, सातपारिया, तेन्तेकिया, वानाङ चिनियाँ-तिब्बती, तिब्बती-बर्मेली, झिङ्पो-कोनियाक-बोडो, कोनियाक-बोडो-गारो, बोडो-गारो, कोच
खुमि चिन ११८८ (सन् १९८१ को जनगणना) खिमि, यिन्दी, खामी, न्गाला चिनियाँ-तिब्बती, तिब्बती-बर्मेली, कुकी-चिन-नागा, कुकी-चिन, दक्षिणी, खुमी
खासी मौलभीबाजार, सिलेट, हविगञ्ज खासी (चेरापुञ्जी), लिङ्न्गाम अस्ट्रो-एसिया, मोन-खमेर, उत्तर मोन-खमेर, खासीया
गारो १ लाख मयमनसिंह, टाङ्गाइल, श्रीपुर, जामालपुर, नेत्रकोना, सिलेट, ढाका आबेङ, आचिक चिनियाँ-तिब्बती, तिब्बती-बर्मेली, झिङ्पो-कोनियाक-बोडो, कोनियाक-बोडो-গারো, बोडो-गारो, गारो
चाक साँढे ५ हजार आराकान नील पहाड, बान्दरबान, इत्यादि श्रेणीकरण गरिएको छैन
चाक्मा ३ लाख भन्दा बढी पहाडी चट्टोग्राम, चट्टोग्राम सहर ६ वटा उपभाषा छन् हिन्द-युरोपेली, हिन्द-इरानी, हिन्द-आर्य, पूर्वी क्षेत्र, बङ्गाली-असमिया
चाँटगाँइया १ करोड ४० लाख चट्टोग्राम क्षेत्र रोहिङ्गा हिन्द-युरोपेली, हिन्द-इरानी, हिन्द-आर्य, पूर्वी क्षेत्र, बङ्गाली-असमिया
तञ्चङ्या १७,६९५ पहाडी चट्टोग्राम हिन्द-युरोपेली, हिन्द-इरानी, हिन्द-आर्य, पूर्वी क्षेत्र, बङ्गाली-असमिया
तिप्पेरा १ लाख पहाडी चट्टोग्राम ३६টি উপभाषा हिन्द-युरोपेली, हिन्द-इरानी, हिन्द-आर्य, श्रेणीकरण गरिएको छैन
दारलङ ९००० चिनियाँ-तिब्बती, तिब्बती-बर्मेली, कुकी-चिन-नागा, कुकी-चिन, मध्य
प्नार ४ हजार उत्तर-पूर्वी भारत सिमाना; जाफलङ, तामाबिल, जैन्तापुर अस्ट्रो-एसिया, मोन-खमेर, उत्तर मोन-खमेर, खासीय
पाङ्खु २२७८ (सन् १९८१ को जनगणना) बान्दरबान, राङामाटी, खागडाछडी चिनियाँ-तिब्बती, तिब्बती-बर्मेली, कुकी-चिन-नागा, कुकी-चिन, मध्य
फालाम चिन चोरेई, जान्नियात चिनियाँ-तिब्बती, तिब्बती-बर्मेली, कुकी-चिन-नागा, कुकी-चिन, उत्तर
बर्मेली ३ लाख बर्मेली सिमानामा बोमाङ चिनियाँ-तिब्बती, तिब्बती-बर्मेली, लोलो-बर्मेली, बर्मेली, दक्षिण बर्मेली
बङ्गाली १० करोड भन्दा बढी केन्द्रीय, पश्चिमी (खारिया ठार, माल पहाडीया, साराकी), दक्षिण-पश्चिमी बङ्गाली, उत्तर बङ्गाली (कोच, श्रीपुरी), राजवंशी, बाहे, पूर्व बङ्गाली (पूर्व केन्द्रीय, सिलेट), हाइजङ, दक्षिण-पूर्वी बङ्गाली (चाक्मा), गान्डा, भाङ्गा, चाँटगाँइया हिन्द-युरोपेली, हिन्द-इरानी, हिन्द-आर्य, पूर्वी क्षेत्र, बङ्गाली-असमिया
बाओम चिन ५७३३ (सन् १९८१ को जनगणना) पहाडी चट्टोग्राम चिनियाँ-तिब्बती, तिब्बती-बर्मेली, कुकी-चिन-नागा, कुकी-चिन, मध्य
विष्णुप्रियाा मणिपुरी ४० हजार बाजार जाङ, मादई गाङ हिन्द-युरोपेली, हिन्द-इरानी, हिन्द-आर्य, पूर्वी क्षेत्र, बङ्गाली-असमिया
भारतीय साङ्केतिक भाषा बधिरदेव साङ्केतिक भाषा
मुण्डारी हासादा, लातार, नान्डुरी, केरा अस्ट्रो-एसिया, मुण्डा, उत्तर मुण्डा, खेरवाडी, मुण्डारी
स्त्रु ८० हजार पहाडी चट्टोग्रामको २०० वटा गाउँमा चिनियाँ-तिब्बती, तिब्बती-बर्मेली, स्त्रु
मिजो १ हजार मिजो पहाड, चट्टोग्राम, सिलेट रातले, दुलियेन, नगेलते, मिजो, ले चिनियाँ-तिब्बती, तिब्बती-बर्मेली, कुकी-चिन-नागा, कुकी-चिन, मध्य
मेगाम ६८७२ उत्तर-पूर्वी बङ्गलादेश चिनियाँ-तिब्बती, तिब्बती-बर्मेली, झिङ्पो-कोनियाक-बोडो, कोनियाक-बोडो-गारो, बोडो-गारो, गारो
मैतै १५ हजार सिलेट चिनियाँ-तिब्बती, तिब्बती-बर्मेली, मैतै
राजवंशी १३ हजार बाहे हिन्द-युरोपेली, हिन्द-इरानी, हिन्द-आर्य, पूर्वी क्षेत्र, बङ्गाली-असमिया
शेन्दु १ हजार चिनियाँ-तिब्बती, तिब्बती-बर्मेली, कुकी-चिन-नागा, कुकी-चिन, दक्षिणी, शो
साँओताली डेढ लाख मारमाली, कमरी-साँओताली, लोहारी-साँओताली, पाहारिया, माहाली माँझी अस्ट्रो-एसिया, मुण्डा, उत्तर मुण्डा, खेरवाडी, साँओताली
सिलेटी १ करोड सिलेट विभाग हिन्द-युरोपेली, हिन्द-इरानी, हिन्द-आर्य, पूर्वी क्षेत्र, बङ्गाली-असमिया
हाका चिन १२६४ क्लाङक्लाङ, जोखुया, सोन्से चिनियाँ-तिब्बती, तिब्बती-बर्मेली, कुकी-चिन-नागा, कुकी-चिन, मध्य
हाजङ हिन्द-युरोपेली, हिन्द-इरानी, हिन्द-आर्य, पूर्वी क्षेत्र, बङ्गाली-असमिया
हो अस्ट्रो-एसिया, मुण्डा, उत्तर मुण्डा, खेरवाडी, मुण्डारी

गैर हिन्द-आर्य भाषाहरू[सम्पादन गर्नुहोस्]

यस क्षेत्रका आदिवासी भाषाहरू आग्नेली, द्रविड र तिब्बती-बर्मेली भाषा परिवारका सदस्यहरू हुन्। यी भाषाहरूमध्ये प्रायजसो भाषाहरू पहाडी क्षेत्रमा बोलिन्छ।

आग्नेली भाषा परिवार[सम्पादन गर्नुहोस्]

भारोपेली भाषा परिवारका भाषाहरू पछि व्यापक रूपमा बोलिने भाषाहरू आग्नेली भाषा परिवारका सदस्य भाषाहरू हुन् जुन दक्षिण पूर्व एसियामा (जस्तै खमेर र भियतनामी) बोलिन्छ। यस भाषा परिवारको पूरक भाषा उत्तरी र पूर्वी बङ्गलादेशमा सानो समुदायद्वारा बोलिन्छ। बङ्गलादेशमा आग्नेली भाषा परिवारको दुई शाखाहरू रहेका छन्।

द्रविड भाषा परिवार[सम्पादन गर्नुहोस्]

पश्चिमी बङ्गलादेशको राजशाही र रङ्पुर विभागमा दुई द्रविड भाषाहरू बोलिन्छन्।

  • कुरुख - केही कुरुख मानिसहरू सिलेटको चिया बगानमा बसोबास गर्छन् तर मुख्य रूपमा सदारी भाषा बोल्दछन्।
  • सारिया पहारिया

तिब्बती-बर्मेली भाषा परिवार[सम्पादन गर्नुहोस्]

भारतीय उपमहाद्वीपको उत्तरी र पूर्वी किनाराका पहाडी क्षेत्रहरूमा मुख्यतया तिब्बती-बर्मेली वा भोट बर्मेली भाषा बोल्ने मानिसहरू बसोबास गर्दछन्। आदिवासी तिब्बती-बर्मेली भाषा बोल्ने समुदायहरू उत्तरी, पूर्वी र विशेष गरी बङ्गलादेशको दक्षिणपूर्वी भागहरू, मुख्यतया चट्टोग्राम पहाडी क्षेत्रहरूमा पाइन्छन्।

  • आराकानिज: यसलाई आराकानी, मार्मा वा राखिन भाषा पनि भनिन्छ। यो भाषा मुख्यतः चट्टोग्राम पहाडी क्षेत्र र दक्षिणी कोक्सकोबाजारमा बोलिन्छ। बर्माको राखिन राज्यमा योो एक प्रमुख भाषा पनि हो।
  • अटोङ भाषा: मयमनसिंह विभागमा बोलिन्छ।
  • चाक: चट्टोग्राम पहाडी क्षेत्रमा बोलिन्छ।
  • कुकी चिन भाषा: चट्टोग्राम पहाडी क्षेत्रमा बोलिन्छ।
    • शो
    • बोम
    • फालाम
    • हाका-चिन
    • खुमी
    • मारा
  • कोच: मयमनसिंह विभागमा बोलिन्छ।
  • गारो: मुख्यतः मयमनसिंह विभागमा बोलिन्छ र केही मात्रामा भारतको मेघालयमा पनि बोलिन्छ।
  • मेगाम: मयमनसिंह विभागमा बोलिन्छ।
  • मणिपुरी: बङ्गलादेशको सिलेट र भारतको मणिपुरमा बोलिन्छ।
  • मिजो: चट्टोग्राम पहाडी क्षेत्र र भारतको मिजोरममा बोलिन्छ।
  • म्रो: चट्टोग्राम पहाडी क्षेत्रमा बोलिन्छ।
  • पाङ्खु: चट्टोग्राम पहाडी क्षेत्रमा बोलिन्छ।
  • त्रिपुरी: बङ्गलादेशको चट्टोग्राम पहाडी क्षेत्र र भारतको त्रिपुरमा बोलिन्छ।

अन्य भाषाहरू[सम्पादन गर्नुहोस्]

अङ्ग्रेजी[सम्पादन गर्नुहोस्]

बङ्गाली भाषा कार्यान्वयन ऐन, सन् १९८७ सुरु हुनुभन्दा पहिले आधिकारिक मामिलाहरूमा अङ्ग्रेजीको उल्लेखनीय उपस्थिति थियो तर सन् १९८७ देखि सरकारमा अङ्ग्रेजीको प्रयोग उल्लेखनीय रूपमा घटेको थियो। देशमा ब्रिटिस उपनिवेशको कारण अङ्ग्रेजी अझै पनि बङ्गलादेशमा व्यापक रूपमा बोलिने र सामान्य रूपमा बुझिने भाषा हो। सबै विद्यालय, कलेज र विश्वविद्यालयहरूमा अङ्ग्रेजी अनिवार्य विषयको रूपमा पढाइन्छ।[५] यद्यपि, बङ्गलादेशमा अङ्ग्रेजी माध्यमको शिक्षा प्रणाली हालसम्म पनि व्यापक रूपमा रहेको छ। बङ्गलादेशमा ब्रिटिस परिषद्ले अङ्ग्रेजी भाषाको पाठ्यक्रमहरू प्रदान गर्ने गर्दछ।[६]

सार्कका अन्य राष्ट्रहरूको अवस्थाजस्तै अङ्ग्रेजी भाषाको ज्ञानमा पनि उल्लेखनीय असमानता छ। जनसङ्ख्याको एक महत्त्वपूर्ण भाग मूल रूपमा अङ्ग्रेजी बोल्छ (विशेष गरी शिक्षित वर्गको बीचमा), जबकि जनसङ्ख्याको ठूलो भागलाई अङ्ग्रेजीको कुनै ज्ञान छैन। मध्यम र उच्च वर्गबीच धेरैले व्यावसायिक आवश्यकताहरूको कारण बङ्गलादेशीहरू अङ्ग्रेजी पढ्न र लेख्न सक्छन् तर उनीहरूलाई अङ्ग्रेजी बोल्न कठिन हुने गरेको पाइन्छ। औपनिवेशिक कालमा कानूनहरू अङ्ग्रेजीमा लेखिएका थिए। हाल अधिकांश कानूनहरू बङ्गालीमा लेखिएका छन् तर सन् १९८७ भन्दा पहिले पारित कानूनहरूमा संसोधित भएतापनि सामान्यतया अङ्ग्रेजीमा लेखिएका छन्। सरकार र बैङ्कहरूले प्रयोग गर्ने धेरै कानूनी, प्रशासनिक र वित्तीय फारमहरू अङ्ग्रेजीमा मात्र उपलब्ध रहको पाइन्छ। यहाँको न्यायपालिकामा पनि अङ्ग्रेजी भाषाको प्रयोग गरिन्छ।[७]

अरबी[सम्पादन गर्नुहोस्]

बङ्गलादेशको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय विमानस्थल ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अरबी भाषामा साइनबोर्ड राखिएको छ।

सन् १२०३ मा इखतियारउद्दिन मुहम्मद बख्तियार खलजीद्वारा बङ्गाल माथि विजय प्राप्त गरेदेखि अरबीले (عربي) ब्रिटिस राजकालसम्म आधिकारिक भाषाको दर्जा पाएको थियो। तथापि यसको उपस्थिति ८औँ शताब्दीमा व्यापारको भाषाको रूपमा रहेको थियो। १३औँ शताब्दीमा मुस्लिम उपदेशक तकिउद्दीन अल-अरबीले बङ्गलादेशको सबैभन्दा पुरानो इस्लामी संस्था स्थापना गरेका थिए। अरबी साहित्य मध्ययुगीन बङ्गालमा पहिलो पटक कादी रुक्नुद्दिन समरकन्दीद्वारा सवा अल-अय्याह (१२औँ शताब्दी), अबू तवामाको मकामत, १४औँ शताब्दीका बङ्गाली विद्वान नुर कुतुब आलमका धेरै कृतिहरूबाट फस्टाउन थालेको थियो। इस्लामी विद्वान मुहम्मद इब्न यजदान बख्सले एकडालामा सहीह अल-बुखारीका तीन खण्डहरू लिपिबद्ध गरि सुल्तान अलाउद्दीन हुसैन शाहलाई उपहार दिएका थिए। यस कृतिको पाण्डुलिपि हाल छिमेकी गणतन्त्र भारतको खुदा बख्स पुस्तकालयमा राखिएको छ।[८] हालसम्म पनि इस्लामसँग सम्बन्धित अरबी साहित्यहरू नियमित रूपमा बङ्गलादेशीहरूद्वारा लिखित र प्रकाशित भइरहेका छन्।

औपनिवेशिक कालदेखि आधिकारिक स्थिति गुमाए तापनि अरबी भाषा धेरै मुस्लिम प्रार्थन केन्द्रहरूमा प्रयोग गरिन्छ जसमा साप्ताहिक शुक्रवारको प्रार्थनामा बङ्गाली भाषाको अतिरिक्तमा अरबीमा प्रवचन (खुतबा) दिइन्छ। बङ्गलादेशको संविधान अरबी वाक्यांशबाट सुरु हुन्छ (ماالال㸍لرلرَلرََِِّّنِِِمِ) जसलाई "अल्लाहको नाउँमा, दयालुको नाउँमा" भनेर अनुवाद गरिएको छ।[९]

अरबी मुसलमानहरूको धार्मिक भाषा हो। कुरान, सुन्नत, हदीस र मुस्लिम धर्मशास्त्र अरबी भाषा बङ्गाली अनुवादका साथ सिकाइएको छ। मध्यपूर्वमा बसोबास गर्ने बङ्गलादेशी प्रवासीहरूले बङ्गलादेशमा अरबी बोल्न सक्नेहरूको सङ्ख्यामा थप वृद्धि गरेको छ। अरबी भाषा मस्जिद, विद्यालय, कलेज, विश्वविद्यालयमदरसाहरूमा धार्मिक भाषाको रूपमा सिकाइएको छ भने यसको साथसाथै परम्परामा बङ्गाली मुस्लिम घरहरूमा पनि सिकाइएको छ। हाल बङ्गलादेशको मदरसा शिक्षामा अरबी एक अनिवार्य विषय हो। बङ्गलादेशको बहुसङ्ख्यक मुस्लिम जनसङ्ख्याले आफ्नो धार्मिक शिक्षाको भागको रूपमा अरबी भाषाको पठन, लेखन र उच्चारणमा कुनै न कुनै औपचारिक वा अनौपचारिक शिक्षा प्राप्त गरेका छन्। अरबी भाषाले पनि बङ्गाली भाषालाई धेरै प्रभावित गरेको छ त्यसैले बङ्गलादेशी भाषण र र्‍यालीहरूमा अरबी शब्दावली सुन्नु असामान्य कुरा होइन। यसको एउटा उदाहरण बङ्गबन्धुको ७ मार्चको भाषण हो, जसले अन्तमा इन्शाल्लाहको (ईश्वर-इच्छुक) उल्लेख गर्दछ, साथै धेरै अरबी-मूलको बङ्गाली शब्दहरू प्रयोग गरिएको छ।[१०]

फारसी[सम्पादन गर्नुहोस्]

बङ्गालको एक फारसी पाण्डुलिपिमा अलेक्जेन्डर महानकी रानी नुसाबासँग आफ्नो सिंहासन साझेदारी गरेको देखाइएको छ। यो दृश्य निजामी गान्जावीको इस्कन्दर नामामा (अलेक्जेन्डरको पुस्तक) आधारित छ।

परापूर्वकालदेखि नै बङ्गाल र फारस एकअर्कासँग सम्पर्कमा थिए र तटीय बङ्गालको वरिपरि धेरै व्यापारिक चौकीहरू थिए। मानिसहरूले इस्लाम धर्म ग्रहण गरेपछि तिनीहरू सूफी प्रचारकहरूको भाषा फारसीसँग परिचित हुन थालेका थिए। त्यसपछि बङ्गालमा फारसी विद्वानहरू, वकिलहरू, शिक्षकहरू र मौलवीहरूको आगमन भएको थियो। दिल्ली सल्तनत, बङ्गाल सल्तनत र बङ्गाल सुबाहअन्तर्गत ६०० वर्ष (१२०३-१८३७ ईस्वी) भन्दा बढी समय फारसी दरबारी भाषाको दर्जा प्राप्त गरेपछि भाषाको प्रभाव तीव्र रूपमा फैलिएको थियो।[११] बङ्गालमा हजारौँ फारसी पुस्तकहरू र पाण्डुलिपिहरू प्रकाशित भएका थिए। सुल्तान गियाथुद्दीन आजम शाहको शासनकाललाई "बङ्गालमा फारसी साहित्यको स्वर्ण युग"को रूपमा वर्णन गरिएको छ। यसको कद सुल्तानको आफ्नै पत्राचार र फारसी कवि हाफेजसँग सहकार्यद्वारा चित्रण गरिएको थियो।

हाल फारसी बङ्गलादेशका केही मदरसाहरूमा पढाइन्छ। प्रायःजसो बेफाकुल मदारीसिल अरबी बङ्गलादेश बोर्ड र ढाका विश्वविद्यालयसँग सम्बन्धि छ।[१२]

उर्दु[सम्पादन गर्नुहोस्]

सन् १९४७ देखि १९७१ सम्मको विभाजनपछि उर्दु एक आधिकारिक भाषा थियो। यो अझै पनि बिहारउत्तर प्रदेशका बासिन्दाहरू द्वारा बोलिन्छ। उनीहरू सैदपुर, ढाका विशेष गरी पुरानो ढाका र बङ्गलादेशका अन्य भागहरूमा बसोबास गरिरहेका छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ http://www.bbs.gov.bd › site › page Population-and-Housing-Census - বাংলাদেশ পরিসংখ্যান ব্যুরো
  2. "গণপ্রজাতন্ত্রী বাংলাদেশের সংবিধান"আইন বিচার ও সংসদ বিষয়ক মন্ত্রণালয়। বাংলাদেশ সরকার। सङ्ग्रह मिति २०१९-०४-२६ 
  3. "বাংলা ভাষা প্রচলন আইন, ১৯৮৭"আইন, বিচার ও সংসদ বিষয়ক মন্ত্রণালয়। বাংলাদেশ সরকার। सङ्ग्रह मिति २०१९-०४-२६ 
  4. ফকির, এ বি এম রেজাউল করিম (डिसेम्बर २०१०), "Language Situation in Bangladesh", The Dhaka University Studies, पृ: ६६–७७। 
  5. "'Language of Bangladesh, Culture", Bangladesh.com 
  6. "English medium education system in Bangladesh", The Daily Observer 
  7. "Bangla Rules in All Domains of National Life", Daily Sun (Bangladesh), मूलबाट २०१९-०४-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०४-२५ 
  8. Mawlana Nur Muhammad Azmi, "2.2 বঙ্গে এলমে হাদীছ", হাদীছের তত্ত্ব ও ইতিহাস (बङ्गालीमा), Emdadia Library, पृ: २४। 
  9. "The Constitution of the People's Republic of Bangladesh", Laws of Bangladesh, Ministry of Law, Justice and Parliamentary Affairs, अन्तिम पहुँच ५ जनवरी २०१६ 
  10. "Unesco recognises Bangabandhu’s 7th March speech", The Daily Star (Bangladesh), ३१ अक्टोबर २०१७। 
  11. Sarah Anjum Bari (१२ Apr २०१९), "A Tale of Two Languages: How the Persian language seeped into Bengali", The Daily Star (Bangladesh) 
  12. Sakurai, Keiko (७ मार्च २०११), The Moral Economy of the Madrasa: Islam and Education Today, Taylor & Francis, पृ: ७४। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]