मध्यपहाडी राजमार्ग

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

मध्यपहाडी राजमार्गलाई पुष्पलाल लोकमार्ग पनि भनिन्छ।[१] नेपालमा हाल निर्माणाधीन राजमार्ग हो। मुलुकको पूर्व पश्चिमसम्म जोड्ने महेन्द्र राजमार्गहुलाकी राजमार्ग पछिको यो यो तेस्रो राजमार्ग हो। निर्माण भैसकेपछि यसको लम्बाई १ हजार ७ सय ७६ किलोमिटर हुनेछ। यो राजमार्ग पाँचथर जिल्लाको पूर्वी भेगमा पर्ने चियोभञ्ज्याङबाट सुरु भई बैतडी जिल्लाको झुलाघाटमा गएर टुंगिन्छ। चियाभन्ज्याङदेखि झुलाघाटसम्म पुग्दा यो राजमार्गले पहाडका ३९ जिल्लामध्ये २४ जिल्ला पार गर्छ । ती जिल्लामध्ये पनि १९ जिल्लाका सदरमुकाम छिचोलेर वा छोएर जान्छ । गाउँ मात्र नभएर यसले नेपालका धेरै सहरसँग पनि सम्पर्क राखेर नै अघि बढ्छ । नेपालमा हाल विद्यमान ५८ नगरपालिकामध्ये २७ पहाडमा पर्छन् । यो राजमार्गले यी २७ 'सहर' मध्ये १६ वटालाई चिरेर, छोएर वा छोएसरह भएर जान्छ । सहर र सदरमुकाम मात्र नभई यसको हालको रेखांकनभित्र अन्य थुप्रै साना सहर तथा बस्ती पनि पर्छन्.[२]

सन् २०११ भित्र राजमार्गको ट्रयाक खोल्ने काम सक्ने योजना रहेको यो बाटोले कावेली, तमोर, अरुण, सुनकोशी, तामाकोशी दुधकोशी, सेती, कालीगण्डकी, माथिल्लो कर्णाली, नरसिंहगाड, बुढी गंगा र पश्चिमसेतीलगायत आयोजनालाई पनि जोड्ने छ। पहिलोपटक यो राजमार्गको ट्रयाक खोल्दा विस्फोटक पदार्थ प्रयोग नगरी वातावरणमैत्री शैली अपनाइएको छ। राजमार्गले सुदूर पूर्वको चियोभन्ज्याङ - गणेशचोक, गणेशचोक -जोरसल, जोरसल- तमोर- सक्रान्ति, सक्रान्ति -म्याङलुङ, म्याङलुङ - बसन्तपुर - हिले, हिले- लेघुवाघाट - भोजपुर, भोजपुर - दिक्तेल, दिक्तेल -घुर्मी, घुर्मी - खुर्कोट, खुर्कोट - नेपालथोक, नेपालथोक - धुलिखेल, धुलिखेल - काठमाडौ, काठमाडौं - पोखरा, पोखरा -बाग्लुङ, बाग्लुङ -बुर्तिवाङ, बुर्तिवाङ -बाग्लुङ - मुसिकोट, बाग्लुङ - मुसिकोट -रुकुमकोट - मुसिकोट -चौरजहारी, चौरजहारी -दैलेख, दैलेख- दुल्लु - लैनचौर, लैनचौर -सतला -सैजुला, सैजुला - बेलखेत - मंगलसेन, मंगलसेन - सिलगडी, सिलगडी - स्याउले, स्याउले - सतबाँझ र सतबाँझ हुदै सुदूर पश्चिम बैतडीको झुलाघाटसम्म जोड्नेछ। [३]

सहर र सदरमुकामलाई छोडेर यो राजमार्गले पार गरेर जाने पूर्वाञ्चलका बस्तीमध्ये च्याङथापु, गोपेटार, संक्रान्ति बजार, वसन्तपुर, हिले, जरायोटार, हलेसी र घुर्मी बढी परिचित छन् भने मध्यमाञ्चलमा खुर्कोट, नेपालटार, -भकुन्डेबेसी), दाप्चा, नौबिसे, गजुरी, बैरेनी, कुरिनटार, मुगलिन आदि बस्तीहरू नामी छन् । यसैगरी पश्चिमाञ्चलका आबुखैरेनी, डुम्रे, दुलेगौँडा, खैरेनीटार, बुर्तिबाङ उल्लेख्य बस्ती हुन् भने मध्यपश्चिमाञ्चलका उल्लेख्य बस्तीहरूमा काँक्री, रुकुमकोट, चौरजहारी, दुल्लु, राकम, कर्णाली आदि पर्छन् । सुदूरपश्चिमाञ्चलका विनायक, साँफेबगर, खोड्पे, पाटनजस्ता बस्तीहरू यही राजमार्गमा पर्छन् । यसका साथै मध्य पहाडी राजमार्गले थुप्रै अन्य ससाना बस्तीलाई जोड्छ । त्यसमध्ये कुनै अन्य सडक वा राजमार्गका 'जक्सन'मा समेत रहेका छन् । आर्थिक वर्ष ०६४/६५मा भौतिक योजना तथा निर्माण मन्त्रालयले तयार गरेको मध्य पहाडी राजमार्गको रेखांकन प्रस्ताव विसं २०६५ फागुन २६को मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको थियो । सरसर्ती हेर्दा यो रेखाङ्कन पूर्ण रूपमा नयाँ नभई पहाडी जिल्लामा हाल सञ्चालनमा रहेका विभिन्न राजमार्ग वा सडकका थुप्रै खण्डलाई समेट्ने गरी गरिएको देखिन्छ । यसको उद्देश्य सकेसम्म चाँडो पूर्वी-पहाडदेखि पश्चिम पहाडसम्म पहाडै-पहाड पहुँच पुर्‍याउने देखिन्छ । यसो गर्दा कुनैकुनै ठाउँमा बढी नै घुमाउरो गरी रेखाङ्कन भएको जस्तो पनि देखिन्छ । -वसन्तपुर-हिले-जरायोटार-भोजपुर) । [२]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]