विशाखपट्नम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विशाखपट्नम
Visakhapatnam
విశాఖపట్నం
भाइज्याग - वेलटेयर
उपनाम(हरू): 
द सिटी अफ डेस्टिनी,
पूर्वी तटको गहना
आन्ध्र प्रदेशको आर्थिक राजधानी
देशभारत
राज्यआन्ध्र प्रदेश
जिल्लाविशाखपट्नम
नामकरणविशाख
सरकार
 • अङ्गविशाखपट्नम नगर निगम परिषद
क्षेत्रफल
 • महानगर५४०.०० किमी (२०८.५० वर्ग माइल)
 • महानगर५,५७३ किमी (२१५२ वर्ग माइल)
उन्नतांश४५ मिटर (१४८ फिट)
जनसङ्ख्या
 (२०११)
 • महानगर२०३५९२२
 • क्रम१औँ
 • घनत्व३८००/किमी (९८००/वर्ग माइल)
 • महानगर५,३४०,०००
वासिन्दाभाइज्यागाइट
भाषाहरू
 • आधिकारिकतेलुगु
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
हुलाक कोड
५३० ०XX, ५३१ १XX
टेलिफोन कोड+९१-८९१-XXX XXXX
सवारी दर्ताAP–31,32,33,34
वेबसाइटनगर निगम

विशाखपट्नम (उपनाम भाइज्याग) भारतको राज्य आन्ध्र प्रदेशको सबैभन्दा ठुलो र सबैभन्दा बढी जनसङ्ख्या भएको सहर हो । यो बङ्गालको खाडीको तटमा अवस्थित छ । यो विशाखपट्नम जिल्लाको मुख्यालय सहर र आन्ध्र प्रदेशको आर्थिक राजधानी हो ।[४] सन् २०११ को भारतको जनगणना अनुसार, यस सहरको जनसङ्ख्या २०,३५,९२२ रहेको छ जसले यसलाई भारतको सबभन्दा बढी जनसङ्ख्या हुने १४औँ क्रमको सहर बनाएको छ ।[१] विशाखपट्नम महानगरीय क्षेत्र भारतको महानगरीय क्षेत्रहरूको आधारमा ९औँ क्रममा रहेको छ जसको जनसङ्ख्या ५३,४०,००० रहेको छ ।[५]

यो एक प्राकृतिक तथा सुरक्षित समुद्री बन्दरगाह हो । कृषि तथा खनिज सम्पदामा समृद्ध आन्ध्र प्रदेश, मध्य प्रदेशउडिसा राज्य यस बन्दरगाहको पृष्ठ-प्रदेश भनिने गरिन्छ । यो एक उल्लेखनीय मत्स्य-शिकारको केन्द्र पनि हो । विशाखपट्नम आन्ध्र प्रदेशको उत्तरी सरकारी तटमा गोदावरी नदीको मुखको उत्तरमा अवस्थित छ । विशाखपट्नमलाई भाइज्यागको नामले पनि चिनिने गरिन्छ । विशाखपट्नम भारतको चौथौ सबैभन्दा ठुलो बन्दरगाह हो । यो भारतीय नौसेनाको पूर्वी कमाण्डको केन्द्र हो ।

इतिहास[सम्पादन गर्नुहोस्]

महत्त्व[सम्पादन गर्नुहोस्]

विशाखपट्नमको बन्दरगाहको महत्त्व भारतभरी नै निक्कै लोकप्रिय रहेको छ किनभने यो कोरोमण्डल तटमा अवस्थित एकमात्र संरक्षित बन्दरगाह हो । यसमा हालमा गरिएको सुधारहरूले अब यहाँ १०.२ मिटर अग्लो पनडुब्बीहरूलाई आश्रय दिन सक्षम छ । यो सहर एक महत्त्वपूर्ण पोत निर्माण केन्द्र पनि हो । भारतमा बनेको पहिलो स्टीमरलाई विशाखपट्नमको बन्दरगाहमा सन् १९४८ मा उद्घाटन गरिएको थियो । विशाखपट्नम क्षेत्रको अर्थव्यवस्थाको आधार कृषि हो ।

शिक्षण संस्थान[सम्पादन गर्नुहोस्]

बङ्गालको खाडीको उत्तरी ध्रुवमा अवस्थित उपनगर वाल्टेयरमा आन्ध्र विश्वविद्यालय रहेको छ । यहाँको शैक्षिक संस्थानहरूमा आन्ध्र मेडिकल कलेज, कलेज अफ नर्सिङ्ग, कलेज अफ इन्जिनियरिङ, गान्धी इन्स्टट्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट र कयौं महाविद्यालय छन् ।

उद्योग[सम्पादन गर्नुहोस्]

विशाखपट्नममा पानी जहाज बनाउने कारख़ाना रहेको छ । यो एउटा प्राकृतिक तथा सुरक्षित समुद्री बन्दरगाह हो । कृषि तथा खनिज सम्पत्तिमा समृद्ध आन्ध्र प्रदेश, मध्य प्रदेश र उडिसा राज्य यस बन्दरगाहको पृष्ठ प्रदेश भन्ने गरिन्छ । यो एक उल्लेखनीय मत्स्य-शिकार केन्द्र पनि हो ।

पर्यटन[सम्पादन गर्नुहोस्]

विशाखपट्नम प्राचीन बौद्ध विरासत, भूवैज्ञानिक चमत्कार, प्रसिद्ध मन्दिरहरूको एक उदार मिश्रणमा संस्कृति, कला र शिल्प आदिको लागि प्रसिद्ध छ । यो सहर समयानुसार परिवर्तन हुँदै परिमार्जित हुँदै आएको छ, यहाँ सम्म की यो सहर आफ्नो समृद्ध इतिहासको संरक्षण प्रति सजग छ । यसको सुन्दर पूर्वी घाट बङ्गालको खाडीको निलो पानीमाथि एक अनौठौ स्पर्श दिने गर्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Municipalities, Municipal Corporations & UDAs" (PDF), Directorate of Town and Country Planning, Government of Andhra Pradesh, मूलबाट ७ जुन २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जनवरी २०१६  वेब्याक मेसिन अभिलेखिकरण २८ जनवरी २०१६ मिति
  2. २.० २.१ "Key Facts on VMR" (PDF), Visakhapatnam Urban Development Authority, पृ: 44–45, अन्तिम पहुँच २१ डिसेम्बर २०१५  वेब्याक मेसिन अभिलेखिकरण २०१८-१२-२५ मिति
  3. "Elevation for Visakhapatnam", Veloroutes, अन्तिम पहुँच २६ अगस्ट २०१५ 
  4. "Administration-AP-Financial Capital", Visakhapatnam, २९ अप्रिल २०१५, अन्तिम पहुँच १३ अगस्ट २०१५ 
  5. "Key Facts Of VMR www.vuda.gov.in", अन्तिम पहुँच १७ फेब्रुअरी २०१६  वेब्याक मेसिन अभिलेखिकरण २०१८-१२-२५ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]