सिंहदरबार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सिंह दरवारबाट अनुप्रेषित)
सिंहदरबार
सिंहदरबारको मुख्य प्रवेशमार्ग
नक्सा
सामान्य विवरण
वास्तुकलाको ढाँचायुरोपेली शैली
सहरकाठमाडौँ
राष्ट्रनेपाल
ग्राहकनेपाल सरकार
प्राविधिक विवरण
बनावटईँट र गिलेवा
योजना तथा निर्माण
वास्तुकारकुमार नरसिंह राणा, किशोर नरसिंह राणा

सिंहदरबार नेपालका प्रधानमन्त्रीको कार्यालय तथा अन्य सरकारी कार्यालयहरू भएको परिसर हो। यो काठमाडौँको मध्य भागमा अवस्थित छ। यहाँ नेपालका सबैभन्दा महत्वपूर्ण सरकारी कार्यालयहरू रहेका छन्।[१]

इतिहास[सम्पादन गर्नुहोस्]

सिंहदरवार प्रमुख भवन

सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रूपमा इ.सं. १९०३ मा बनाउन लगाएका थिए। यसको निर्माण कार्य सुरू भएको एक वर्ष भित्र नै पूरा भएको थियो। निर्माण पूरा हुँदा यसमा १,७०० वटा कोठाहरू थिए जुन त्यस बेलाको एसिया भरिको सबैभन्दा ठुलो दरवार थियो। यसको निर्माणमा त्यस बेलाको पच्चीस लाख रूपैयाँ खर्च भएको थियो।

२००७ सालमा राणा शासनको अन्त्य भए पछि सिंहदरवारमा नेपाल सरकारको कार्यालय राखियो। त्यतिबेला यो दरवारमा प्रधानमन्त्रीको कार्यालय देखि लिएर सम्पूर्ण मन्त्रालयहरू अवस्थित थिए।

२०३० सालमा यहाँ ठुलो आगलागि भएको थियो। त्यसबाट यसको पछाडि पट्टिको धेरैजसो भाग नष्ट भएको थियो। त्यस आगलागि पछि थुप्रै सरकारी कार्यालयहरू अन्त सारियो। हाल सिंहदरबार परिसरमा थुप्रै नयाँ भवनहरू बनेका छन्।

वास्तुकला तथा शृङ्गार[सम्पादन गर्नुहोस्]

यो भवन युरोपेली शैलीमा बनेको छ। चन्द्र शमशेर शिकार तथा कलाका सौखिन भएकाले त्यस बेला उनले यसका भित्ताहरू शिकार गरिएका जनावरहरू तथा युरोपेली शैलीका चित्रकलाहरूले सजाएका थिए। बत्ती तथा अन्य शृङ्गारका वस्तुहरू युरोपबाट मगाईएको थियो।

सिंहदरबार विद्रोह[सम्पादन गर्नुहोस्]

आगलागि[सम्पादन गर्नुहोस्]

२५ असार २०३० मा सिंहदरबारमा आगलागि भयो र सबै ध्वस्त भयो। नेपालको केन्द्रीय सचिवालय रहेको त्यो कलात्मक भवनमा आगलागि हुँदा मानवीय क्षति नभए पनि ज्यादै ठुलो भौतिक सम्पत्तिका साथै परराष्ट्र मन्त्रालयसँग सम्बन्धित महत्त्वपूर्ण कागजपत्र र दस्तावेजहरू जलेर नष्ट भए। 'विद्युत् सर्ट' भएर आगलागि भएको बताइएको थियो। यस घटना पछि तत्कालीन प्रधानमन्त्री कीर्तिनिधी बिष्टले "आफ्नो जिम्मामा रहेको सरकारी सम्पत्तिमा क्षति भएको" भनेर राजीनामा दिए।

सरकारी कार्यालयहरू[सम्पादन गर्नुहोस्]

सिंहदरबारमा रहेका महत्वपूर्ण कार्यालयहरू यस प्रकार छन्।

मन्त्रालयहरू[सम्पादन गर्नुहोस्]

विभागहरू[सम्पादन गर्नुहोस्]

अन्य सरकारी कार्यालयहरू[सम्पादन गर्नुहोस्]

सुरक्षा व्यवस्था[सम्पादन गर्नुहोस्]

सिंहदरवारको मुख्य प्रवेशद्वार

यो नेपालको सबैभन्दा महत्वपूर्ण सरकारी कार्यालय भएकाले यसको सुक्षामा नेपाली सेनाको एक गण खटाईएको छ।

सम्बन्धित लेखहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

नेपाली टाइम्समा सिंहदरबारको एक चित्रकारको जीवन कथा

  1. दीक्षित, कमल (मङ्सिर २०, २०७१), "मजलिसको आँखा–३", हिमाल खबर, अन्तिम पहुँच जेठ २, २०७९