सुखीपुर नगरपालिका
सुखिपुर नगरपालिका | |
---|---|
देश | ![]() |
विकास क्षेत्र | पूर्वाञ्चल |
अञ्चल | सगरमाथा अञ्चल |
जिल्ला | सिराहा जिल्ला |
स्थापना | २०७२ आस्विन १ |
सरकार | |
• मेयर | राम औतार यादव |
• उप मेयर | रेणुदेवी साह |
क्षेत्रफल | |
• जम्मा | ५४.७ किमी२ (२१.१ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३६,८८३ |
• घनत्व | ६७०/किमी२ (१७००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-३३ |
वेबसाइट | sukhipurmun.gov.np |
अन्तर्गत एक शृङ्खलाको भाग |
नेपालको प्रशासनिक विभाजन |
---|
![]() |
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल |
नेपाल पोर्टल देश अनुसार प्रशासनिक विभाजन |
सुखिपुर नगरपालिका नेपालको सगरमाथा अञ्चलको सिराहा जिल्लामा पर्दछ। स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा सिराहा जिल्लामा मोहनपुर कमलपुर, विधानगर, कुशाह लक्षिमिनीया, कविलासी, सिलोर्वा पछवारी, बेल्ही र सुखिपुर यी ७ गाउँ विकास समितिहरूलाई समेटेर सुखिपुर नगरपालिका घोषणा गरिएको हो।[१] सुखिपुर नगरपालिकाको केन्द्र सुखिपुर बजारमा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।[१]
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
मोहनपुर कमलपुर, विधानगर, कुशाह लक्षिमिनीया, कविलासी, सिलोर्वा पछवारी, बेल्ही र सुखिपुर यी ७ गाउँ विकास समितिहरूलाई मिलाएर सुखिपुर नगरपालिका बनाइएको हो ।[२] त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी ७ ठाउँहरूको जनसङ्ख्यालाई जोडेर सुखिपुर नगरपालिकाको जनसङ्ख्या २०,९१५ रहेको छ ।[२]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ १.० १.१ "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ आस्विन १, अन्तिम पहुँच २०७२ आस्विन १। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-१९ मिति
- ↑ २.० २.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |