नीर बिरालो
नीर बिरालो | ||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|
अफ्रिकन नीर बिरालो, Civettictis civetta
| ||||||||||
संरक्षण स्थिति | ||||||||||
वैज्ञानिक वर्गीकरण | ||||||||||
| ||||||||||
नीर बिरालो स्तनपायि वर्गमा पर्ने जनावर हो, जुन प्रायजसो अफ्रिका तथा दक्षिणएसिया क्षेत्रमा पाइन्छ । नेपालमा ठाउँ ठाउँमा यसलाई 'सिल' 'सिरु' र 'औलेकस्तुरी' पनि भन्ने गरेको पाइन्छ । नीर बिरालोको शारीरिक बनावट बिरालोको जस्तै भएतापनि यसको थुतुनो ओदको जस्तै हुन्छ। सामान्यतया यिनीहरूको लम्बाई लगभग १७ देखि २८ से मि र तौल लगभग ३ देखि १० के जि सम्म हुन्छ ।
आहार तथा वासस्थान
[सम्पादन गर्नुहोस्]नेपालमा नीर बिरालो तराईका मैदान देखि पहाडमा ७००० फिट उचाईमा पाईने गर्छ। यिनीहरू झुण्डमा आ-आफ्नो समुह बनाई बस्ने गर्छन । यिनिहरू दिनभरी झाडि, बुट्यान, पोथ्राहरू तथा रुखका टोड्का र कापमा गुँडुल्किएर आराम गर्छन र रातमा सक्रिय हुने गर्छन । नीर बिरालोले प्राय: फलफुल मात्र खान्छन, त्यसबाहेक मुसा, चरा तथा घरपालुवा पंक्षीहरूको शिकार गर्छन । कहीलेकाहीं यिनिहरूले स-साना किरा फटेङ्ग्रा, भ्यागुता र सर्प पनि खाने गर्छ ।
लोप हुने सम्भावना
[सम्पादन गर्नुहोस्]नीर बिरालोले एक कस्तूरी पैदा गर्छ (जसलाई सीविट पनि भनिन्छ) जुन अत्यधिक सुगन्धित हुन्छ र स्थिर तथा वासनायुक्त अत्तर बनाउनको लागि पनि बहुमूल्य मानिन्छ। दुवै भाले र पोथी नीर बिरालोहरू कडा गन्ध युक्त स्राव निर्माण गर्छन् , जुन सीविट Perineal ग्रन्थिहरू द्धारा उत्पादन हुन्छ। यही कस्तुरीको मद्दतबाट यिनीहरूले आफ्नो क्षेत्र छुट्याउने गर्दछन। नीर बिरालोले आफ्नो अगाडि शत्रु आएको खण्डमा शत्रुको आँखामा यो कस्तुरी पुर्याई आफू भाग्न सफल हुन्छ । यो या त पशु मारेर निकालिन्छ वा ज्युँदै पनि ग्रन्थिहरूबाट काटेर निकालिन्छ, अहिले सबैभन्दा बढी दोस्रो तरिकाको प्रयोग गरीएको पाइन्छ ।
संरक्षण
[सम्पादन गर्नुहोस्]पशुको संरक्षणको लागि विश्व सोसायटीले "कस्तूरी निकाल्ने कार्य जनावरको लागि क्रुरता हो" भन्ने कुरामा चासो ब्यक्त गरेको छ । यि चिंताहरूको नैतिक र सिंथेटिक विकल्पको उपलब्धताको बीच, बिश्वमा कस्तूरीको लागि नीर बिरालोको संख्या बढाउने अभ्यास अहिले कम भइरहेको छ ।