ढाँचा:प्रमुख चित्र/मार्च २०१४

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


नेपाली विकिपिडियाका प्रमुख चित्रहरू

This star symbolizes the featured content on Wikipedia.
This star symbolizes the featured content on Wikipedia.

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा स्वचालित रूपले मिति अनुसार प्रमुख चित्र परिवर्तन हुने व्यवस्था गरिएको छ। प्रमुख चित्रले यस विकिपिडियाको उत्कृष्ट तस्विरको प्रदर्शन गर्ने गर्दछ। प्रमुख चित्रमा हाल हरेक दिन नयाँ चित्र प्रदर्शन गर्ने व्यवस्था गरिएको छ।


नियमहरू:
१. चित्र उच्च रिजोलुसनको हुनुपर्नेछ

  • चित्रको चौडाइ र उचाइ न्यूनतम १५०० पिक्सलको हुनुपर्नेछ
  • कुनै कुनै एनिमेसन र भिडियो सानो हुन भएता पनि त्यसलाई मान्यता दिइनेछ

२. मुक्त प्रतिलिपि अधिकार मात्र मान्य हुनेछ

  • निर्वाचित हुने मिडिया फाइल सार्वजनिक डोमेन वा मुक्त प्रतिलिपि अधिकार अन्तर्गत उपलब्ध हुनुपर्नेछ

३. फाइलको बारेमा पूर्ण विवरण वर्णनात्मक र जानकारीहरू नेपाली भाषामा हुनुपर्नेछ

  • चित्र खिच्ने फोटोग्राफर वा चित्रको स्रोत
  • चित्र खिचिएको मिति
  • चित्रको वर्ग (जस्तै: प्रकृति, मन्दिर आदी)
  • चित्रको विवरण
  • चित्रसँग सम्बन्धित पृष्ठ तथा विवरण

२०१४-०३-०१

{{{texttitle}}}

गोरखाको मनोकामना पनि महत्वपूर्ण देवीस्थान शक्तिपीठ मानिन्छ । मनले चिताएको इच्छा पूरा गर्ने भगवती भन्ने अर्थमा मनकामना नाम रहन गएको हो। राम शाहकी रानी स्वयं मनकामना भगवतीको अवतार थिइन् भन्ने जनविश्वास छ...



फोटोग्राफर/श्रोतः शिव खनाल , मितिः १५ अक्टोबर २००९
सम्बन्धित पृष्ठः [[मनकामना मन्दिर]]


२०१४-०३-०२

{{{texttitle}}}

ग्याल्वो लोसार नेपालको एक प्रमुख चाड हो । यो चाड खासगरी शेर्पा जातीले मनाउने भएतापनि सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउने गर्दछन् । यस चाडमा नेपालमा सार्वजनिक विदा दिइन्छ...



फोटोग्राफर/श्रोतः ग्याक , मितिः २२ मार्च २००४
सम्बन्धित पृष्ठः [[ग्याल्बो ल्होसार]]


२०१४-०३-०३

{{{texttitle}}}

नारायणहिटी दरवार नेपालको अन्तिम राजाको राजदरवार हो। नेपालको राजा हरूको १३५ वर्ष सम्म निवासस्थानको रूपमा रहेको यो भवन लाई नेपाल गणतन्त्रात्मक राज्यघोषणा भए लगत्तै २०६५ असार १ गते राजदरवार वाट राष्ट्रिय संग्रहालय बनाउने घोषणाका साथ तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले झन्डोत्तोलनका गरि संग्रहालयको घोषणा गरेका थिए...



फोटोग्राफर/श्रोतः सोनम , मितिः ९ अक्टोबर २०११
सम्बन्धित पृष्ठः [[नारायणहिटी दरबार सङ्ग्रहालय]]


२०१४-०३-०४

{{{texttitle}}}

फोक्सुण्डो ताल नेपालको सबभन्दा गहिरो ताल हो। यो ताल नेपालको डोल्पा जिल्लामा पर्छ। यो ताल समुद्री सतहभन्दा करिब ३९०० मिटरको उचाईमा छ। यस तालको लम्वाइ ४.८ कि.मी., चौडाइ १.६ कि.मी. र गहिराई ६५० मीटर छ। कान्जिरोवा हिमालको काखमा अवस्थित यो ताल 'वाई' आकारको छ। फोक्सुण्डो तालबाट सुलिगाँड झरना निस्केको छ...



फोटोग्राफर/श्रोतः कारस्टेन नेबेल , मितिः ७ फेब्रुअरी २०१०
सम्बन्धित पृष्ठः [[फोक्सुण्डो ताल]]


२०१४-०३-०५

{{{texttitle}}}

अनुराधा कोइराला प्रसिद्ध समाजसेवी तथा माइती नेपालकी संस्थापक अध्यक्ष हुन् । उनले आफ्नो माइती नेपाल नामक गैरसरकारी संस्था मार्फत बेचिएका चेलीबेटीको उद्वार गरेकी छिन् । खासगरी भारतीय कोठीहरूमा बेचिएर नारकीय जीवन विताउन वाध्य भएका नेपाली चेलीबेटीहरूको उद्वार तथा पुनर्स्थापनामा उनको संस्था कृयाशील छ । यिनले २०१० CNN Hero को उपाधि पनि पाएकी छिन्...



फोटोग्राफर/श्रोतः निर्मल दुलाल , मितिः ४ मे २०११
सम्बन्धित पृष्ठः [[अनुराधा कोइराला]]


२०१४-०३-०६

{{{texttitle}}}

तिलिचो ताल विश्वको सबैभन्दा बढी उचाईमा रहेका तालहरूमध्येको एक हो । हिमालय पर्वत शृङ्खला अन्तर्गत नेपालको मनाङ जिल्लामा अन्नपुर्ण क्षेत्रभित्र पर्ने यो ताल समुद्र सतहदेखि ४९१९ मिटर उचाईमा छ । यस तालको लम्बाई ४ किलोमिटर, चौडाइ १.२ किलोमिटर र गहिराई सरदर २०० मिटर छ...



फोटोग्राफर/श्रोतः कोगो , मितिः अक्टोबर २००३
सम्बन्धित पृष्ठः [[तिलिचो ताल]]


२०१४-०३-०७

{{{texttitle}}}

काठमाडौं उपत्यकाका प्रसिद्ध ३ शहरहरूमध्ये पाटन सबैभन्दा पुरानो शहर मानिन्छ। प्राचीनकालमा यसलाई युपग्राम, यल, मनिङ्ल, ललितपत्तन, ललितापुरी आदि नामले पुकारिन्थ्यो। पाटन शहर बरदेवले स्थापना गराएका हुन् । प्राचीन पाटनको बीचमा रहेको पाटन दरबारक्षेत्र एक प्राचीन स्मारकको धरोहरका रूपमा छ । सत्रौँ शताब्दीदेखिका कला र सांस्कृतिक सम्पदाले यो क्षेत्र सिँगारिएको छ । यो दरबारक्षेत्र केवल राजपरिवारको बासस्थानका रूपमा मात्र नरहेर तिनताकाको प्रशासनको मूलकेन्द्र पनि थियो...



फोटोग्राफर/श्रोतः किट वार्टफोर्ट , मितिः ४ जनवरी २००७
सम्बन्धित पृष्ठः [[पाटन दरवार क्षेत्र]]


२०१४-०३-०८

{{{texttitle}}}

अन्तरराष्ट्रिय महिला दिवस(International women's day) महिला जागरूकता सम्बन्धी दिवस हो। यो ८ मार्चमा विश्वभर मनाइन्छ। राजनितिक तवर बाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन्...



फोटोग्राफर/श्रोतः पुरानो किताबबाट निकालिएको , मितिः सन् १९१४
सम्बन्धित पृष्ठः [[अन्तर्राष्ट्रिय महिला दिवस]]


२०१४-०३-०९

{{{texttitle}}}

बौद्धनाथ(bauddhanāth) काठमाडौं, याम्वु शहरको पूर्वी भागमा अवस्थित प्रसिद्ध बौद्ध स्तूप तथा तीर्थस्थल हो । ज्यारुङ् खस्योर (बौद्ध) पूर्व जन्मकी अप्सरा ज्याजिमाले धर्म सकेपछि साधारण कूलमा जन्म लिईन् । उनको ४ जना श्रीमान्बाट प्रत्येकको १–१ जना छोराहरू जन्म भए । घोडा व्यापारीबाट ताजेब, सुंगुर व्यापारीबाट फजेबु, कुकुर व्यापारीबाट खिजेबु र कुखुरा व्यापारीबाट ज्याजेबु आदि यी चारै जाना छोराहरू धर्ममा निकै मन गर्ने भएकाले एउटा विशाल छ्योर्तेन (स्तुपा) निर्माण गर्ने निश्चय गरे जसको लागि आवश्यक जमीन माज्यमिजाले उपलब्ध गराईन् । त्यसपछि हात्ती, घोडा र गधालाई माटो, ढुङगा, ईंटा बोकाएर स्तुपा निर्माण सुरु गरिन्। करिब ४ वर्षपछि ४ तल्ला सम्मको निर्माण भएपछि माज्यमिजाको देहान्त भयो । अरु ३ वर्षसम्म निरन्तर प्रयास गरेपछि ४ जना छोराहरूले ७ वर्षपछि बौद्ध स्तुपाको निर्माण पूरा गरे...



फोटोग्राफर/श्रोतः लुका गलुजि , मितिः २२ मार्च २००७
सम्बन्धित पृष्ठः [[बौद्धनाथ]]


२०१४-०३-१०

{{{texttitle}}}

चितवन राष्ट्रिय निकुञ्ज (चि.रा.नि.) नेपालको सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज हो जसको क्षेत्रफल ९३२ बर्ग कि.मी. छ । यो इ.सं. १९७३मा स्थापना गरिएको हो। यसलाई १९८४मा बिश्व सम्पदा सूचीमा सूचीकृत गरियो। चि.रा.नि. नेपालको मध्य तराईमा अवस्थित छ जुन जैविक विविधताको लागि धनी छ। यो निकुञ्ज विशेष गरेर एक सिंगे गैंडापाटे बाघको लागि प्रख्यात छ...



फोटोग्राफर/श्रोतः प्रिन्स रोय , मितिः २२ अप्रिल २००८
सम्बन्धित पृष्ठः [[चितवन राष्ट्रिय निकुञ्ज]]


२०१४-०३-११

{{{texttitle}}}

नगरकोट काठमाडौं उपत्यका नजीकको प्रसिद्ध रमणीय स्थल हो । यो स्थान काठमाडौंबाट ३२ किलोमिटर उत्तर-पूर्वमा र भक्तपुर नगरवाट २० कि.मी. पूर्वमा अवस्थित रहेको छ । यो समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको छ । गर्मी मौसममा पनि चिसो वातावरण हुने नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमालयका चुचुराहरूका साथै विश्वको सर्वोच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्य देख्न सकिन्छ । यहाँवाट देखिने अन्य हिमाल चुचुराहरूमा धौलागिरि हिमश्रृंखलादेखि कञ्चनजंघा हिमश्रृंखलासम्मको मनांस्लु, गणेश हिमाल, लामटाङ्ग हिमाल, गौरी शंखर, चावु, ल्होत्से, मकालु नेम्वुल इत्यादि छन्। नगरकोट क्षेत्र हिमालको काखबाट निस्कने सूर्योदयको दृष्यावलोकन लागि पनि प्रसिद्ध छ...



फोटोग्राफर/श्रोतः सरोज कुमार ढकाल , मितिः २७ अगस्त २००९
सम्बन्धित पृष्ठः [[नगरकोट]]


२०१४-०३-१२

{{{texttitle}}}

चाँगुनारायण मन्दिरको निर्माण लिच्छविकालिन राजा हरिदत्त बर्माले ईसापूर्व ३२३मा बनाएको भन्ने भनाई पाइन्छ । नेपालको प्रसिद्ध तीर्थ स्थल मध्येको एक र प्राचिन पुरातात्विक शिलास्तभ समेत रहेको चाँगुनारायण मन्दिर भक्तपुर जिल्लाको चाँगुनारायण गा.वि.स.मा अवस्थित छ । भक्तपुर नगरबाट ६ कि.मी. उत्तरमा रहेको चाँगुनारायण मन्दिर ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई प्रमुख पर्यटकीय क्षेत्रको रूपमा पनि महत्वपूर्ण रहेको पाइन्छ । काठमाडौं उपत्यकामा रहेको सात विश्व सम्पदा सूची मध्ये चाँगुनारायण पनि एक हो...



फोटोग्राफर/श्रोतः क्रिस दुलाल , मितिः ६ मे २०११
सम्बन्धित पृष्ठः [[चाँगुनारायण मन्दिर]]


२०१४-०३-१३

{{{texttitle}}}

बर्दिया राष्ट्रिय निकुञ्ज नेपालको मध्य तथा सुदूर पश्चिममा रहेको छ। बर्दिया राष्ट्रिय निकुञ्जले करिब ९६८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । यो निकुञ्ज नेपालको पश्चिममा कर्णाली नदीको पूर्व तिरको तराइ प्रदेशमा अवस्थित छ । सन् १९६८मा शाही शिकार आरक्षको रूपमा स्थापना गरिएपनि सन् १९६७मा करिब ३६८ वर्ग किलोमिटर क्षेत्रफलको उक्त आरक्षणलाई शाही कर्णाली वन्यजन्तु आरक्षको रूपमा घोषणा गरियो । पछि सन् १९८२मा यसलाई शाही बर्दिया वन्यजन्तु आरक्ष नामाकरण गरियो र सन् १९८४मा पुनः बबई नदी आसपासको क्षेत्रलाई समेटियो । सन् १९८८मा आएर बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा यस क्षेत्रलाई घोषणा गरिएको थियो । पूर्णरूपमा तराइ क्षेत्रमा रहेको यस राष्ट्रिय निकुञ्ज स्थापनाको प्रमुख उद्देस्य बाघ तथा यसको शिकारको संरक्षण भएपनि गैंडा, घडियाल गोही, डल्फिन जस्ता अत्यन्तै लोपोन्मुख वन्यजन्तुहरू यसमा संरक्षित छन...



फोटोग्राफर/श्रोतः गणेश पौडेल , मितिः ३० अप्रिल २०१३
सम्बन्धित पृष्ठः [[बर्दिया राष्ट्रिय निकुञ्ज]]


२०१४-०३-१४

{{{texttitle}}}

अल्बर्ट आइंस्टाइन एक सैद्धांतिक भौतिकविद थिए । उनी १४ मार्च १८७९मा जन्मे र १८ अप्रिल १९५५मा उनको निधन भयो । उनी सबै भन्दा अधिक सापेक्षता को सिद्धान्त र द्रव्यमान-ऊर्जा समीकरण E = mc2 को लागि चिनिन्छन् । उनलाई सैद्धांतिक भौतिकी, खासगरि प्रकाश-विद्युत प्रभावको खोजको लागि १९२१ मा नोबेल पुरस्कार प्रदान गर्‍यो...



फोटोग्राफर/श्रोतः फर्डिनान स्मुटजर , मितिः १९२१
सम्बन्धित पृष्ठः [[अल्बर्ट आइन्स्टाइन]]


२०१४-०३-१५

{{{texttitle}}}

४३ सय मिटरभन्दा बढी उचाइमा रहेको गोसाइँकुण्ड चौथाइ माइल फराकिलो नीलो पानीको सरोवर हो । यसका वरिपरि अरू १०८ वटा कुण्ड छन् । जसमध्ये एउटा पार्वती कुण्ड हो, गोसाइँकुण्डलाई चाहिँ शिवकुण्ड मानिन्छ । यहाँको प्राकृतिक वनावट र कुण्डहरूले नै यसलाई आकर्षक गन्तव्यस्थल बनाइदिएको छ। साथमा यात्रामा भेटिने तामाङ संस्कृति र प्रकृतिका छटाले पनि मन तान्छन्...



फोटोग्राफर/श्रोतः योसारियन , मितिः १० मार्च २००८
सम्बन्धित पृष्ठः [[गोसाइँकुण्ड]]


२०१४-०३-१६

{{{texttitle}}}

हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूणिर्मालाई होली पूर्णिमा भनिन्छ । होली हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फाल्गुनको महिनामा मनाइन्छ। होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउ छन्...



फोटोग्राफर/श्रोतः निर्जल श्रेष्ठ , मितिः १० जुलाई २०११
सम्बन्धित पृष्ठः [[होलि]]


२०१४-०३-१७

{{{texttitle}}}

काष्ठमण्डप काठमाडौं दरवार क्षेत्रमा अवस्थित छ । हनुमानढोका नामले पनि प्रसिद्ध यो दरवार क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन र मन्दिरहरु राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन्...



फोटोग्राफर/श्रोतः महालक्ष्मी सिलवाल , मितिः २३ मे २०१३
सम्बन्धित पृष्ठः [[काष्ठमण्डप]]


२०१४-०३-१८

{{{texttitle}}}

राराताल नेपालको कर्णाली अञ्चल, मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाइमा अवस्थित छ । जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चम तर्फ करीब ३ घण्टाको यात्रा गरेपछि पुगिन्छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्बाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर र गहिराई १६७ मिटर छ...



फोटोग्राफर/श्रोतः Ardahal.nitw , मितिः १५ जनवरी २०११
सम्बन्धित पृष्ठः [[राराताल]]


२०१४-०३-१९

{{{texttitle}}}

न्यातपोल भक्तपुरको टौमडीमा रहेको मन्दिर हो । यसको निर्माण १८औँ शताव्दीमा भुपतिन्द्र मल्लले गराएका हुन्। यस मन्दिरमा पाँच तल्लाहरू रहेका छन्...



फोटोग्राफर/श्रोतः बरुणा , मितिः ३१ डिसेम्बर २००९
सम्बन्धित पृष्ठः [[न्यातपोल मन्दिर]]


२०१४-०३-२०

{{{texttitle}}}

बरुण उपत्यका नेपालको पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, संखुवासभा जिल्लामा अवस्थित हिमाली उपत्यका हो......



फोटोग्राफर/श्रोतः ढिलुङ्ग , मितिः १४ डिसेम्बर २००९
सम्बन्धित पृष्ठः [[बरुण उपत्यका]]


२०१४-०३-२१

{{{texttitle}}}

रोनाल्डो डी एसिस मोरेरा (जन्म: २१ मार्च १९८० मा, पोर्टो एलेग्रेमा),लाई सामान्यत: रोनाल्डिन्हो वा रोनाल्डिन्हो गाशोको नामले चिनिन्छ । उनी एक ब्राजिलियन फुटबल खेलाडी हुन, जो फ्लामिङ्गो र ब्राजीलको राष्ट्रिय टीमको लागि खेल्छन । विशेषज्ञ तथा प्रशंसकहरूले उनलाई उनको पीढीको सबैभन्दा प्रतिभाशाली फुटबल खेलाडिहरू मध्यमा एक मानिन्छ । रोनाल्डिन्हो, "रोनाल्डो"को पोर्चुगिज भाषामा पर्यायवाची शब्द भएकोले ब्राजिलमा उनका समकक्षी खेलाडी रोनाल्डो सँग अलग गर्नको लागि "गाशो"को उपनाम दिइएको छ। तर यूरोपमा रोनाल्डोले आफ्नो पहिचान पहिले नै आफ्नो नामले बनाए, जसले गर्दा रोनालडिन्होलाई आफ्नो गाशो उपनामको प्रयोग गर्नु पर्ने अवस्था रहेन...



फोटोग्राफर/श्रोतः रेटो स्टाउफर , मितिः १५ नोभेम्बर २००६
सम्बन्धित पृष्ठः [[रोनाल्डिन्हो]]


२०१४-०३-२२

{{{texttitle}}}

घोडाघोडी ताल सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको कैलाली जिल्ला अन्तर्गत पर्ने एक रमणीय ताल हो । यो स्थल कैलाली जिल्लाको "वनबहेडा" र "सुखड"को विचमा पर्ने जंगलमा पर्दछ । पूर्व पश्चिम राजमार्गको छेउमै अवस्थीत यो ताललाई पर्यटकीय तथा पौराणिक दृष्टीकोणबाट नेपालको एक प्रसिद्ध स्थलको रूपमा लिईएको छ । योगी नरहरी नाथले यो तालबाट पौराणिक काललाई स्मरण गराउने केही चिन्हहरू पत्ता लगाएर यो ताल महाभारत काल भन्दा पनि पहिलेबाट नै एक पवित्र तिर्थस्थल थियो भन्ने सावित गरेका थिए...



फोटोग्राफर/श्रोतः क्रिस दुलाल , मितिः २७ मे २०११
सम्बन्धित पृष्ठः [[घोडाघोडी ताल]]


२०१४-०३-२३

{{{texttitle}}}

अरनिको उपनाम बलबाहू, आनिक आदि (सन् १२४५-१३०६)प्रसिद्ध कलाकार तथा नेपालका राष्ट्रिय विभूति हुन् । पाटनमा जन्मेका यिनले चीनमा गएर आफ्नो वास्तुकला देखाएका थिए । युरोपतिर औद्योगिक क्रान्ति हुनुभन्दा अगावै आजभन्दा करिब ७०० वर्षअगाडि नेपालका प्राचीन धातुकर्मी र मूर्तिकारहरूले वास्तुकला र मूर्ति-निर्माणमा अनेकौँ रासायनिक विधिको उच्चतम प्राविधिक ज्ञान हासिल गरिसकेका थिए भन्ने कुराको ज्वलन्त नमूना हो- अरनिको । उनको वास्तविक् नाम् बलबाहु भएपनि अरनिको नामले विश्व प्रसिद्द भए । अरनिको कलाकार मात्रै थिएनन्, उनी मूर्तिकार र वैज्ञानिक पनि थिए...



फोटोग्राफर/श्रोतः smartneddy , मितिः १२ डिसेम्बर २००४
सम्बन्धित पृष्ठः [[अरनिको]]


२०१४-०३-२४

{{{texttitle}}}

वसन्तपुर दरबार क्षेत्र काठमाडौंमा अवस्थित मल्लकालिन दरवार क्षेत्र हो...



फोटोग्राफर/श्रोतः महालक्ष्मी सिलवाल , मितिः १३ मे २०१३
सम्बन्धित पृष्ठः [[वसन्तपुर दरवार क्षेत्र]]


२०१४-०३-२५

{{{texttitle}}}

गोकर्णेश्वर महादेवको मन्दिर नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत वाग्मती अञ्चलमा पर्ने काठमाडौ जिल्लाको गोकर्ण गाविसमा अवस्थित छ । यो मन्दिर नेपालकै एक प्राचीन र महत्वपूर्ण मन्दिर हो । यो मन्दिर काठमाडौको ५ माइल पूर्व गोकर्ण गाउँमा पवित्र वाग्मती नदीको किनारमा अवस्थित छ । बौद्धनाथको उत्तरपूर्व केही दूरीमा साखु जाने सडक र सुन्दरीजल जाने बाटो भएर यस तीर्थमा पुग्न सकिन्छ । वाग्मती, चन्द्रमती र सूर्यमतीको त्रिवेणी सङ्गम र गोकर्ण वनले बनाएको सुरम्य वातावरणयुक्त स्थलमा भगवान् गोकर्णेश्वर महादेवको भव्य मन्दिर छ । गोकर्ण धार्मिक तथा अन्य पर्यटकहरूका लागि पनि एक प्रसिद्ध र महत्वपूर्ण गन्तव्यस्थल हो...



फोटोग्राफर/श्रोतः क्रिस दुलाल , मितिः ४ सेप्टेम्बर २०११
सम्बन्धित पृष्ठः [[गोकर्णेश्वर मन्दिर]]


२०१४-०३-२६

{{{texttitle}}}

नेपाल-अंग्रेज युद्धको सम्झना स्वरूप पाल्पाको तानसेनमा बिहीवार भगवतीजात्रा धुमधामका साथ मनाइएको छ । हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन यो जात्रा मनाउने चलन छ । पहाडी जिल्ला पाल्पाको शानको रूपमा यो जात्रा मनाउने गरिन्छ। जात्रा मनाउन जिल्ला वाहिर गएर वसोवास गर्नेहरू समेत आएका थिए। तानसेन, भगवतीटोलमा रहेको श्री ७ रणउज्जेश्वरी भगवतीको मूर्ति रथमा राखेर सिन्दुर जात्रा गर्ने चलन छ । यसैलाई भगवतीको रथयात्रा भनिने गरेका छ । जात्राको महत्व सन् १८७१/७२ को नेपाल अंग्रेज युद्ध गाँसिएको छ...



फोटोग्राफर/श्रोतः सुनिल गोविन्द श्रेष्ठ , मितिः ४ फेब्रुअरी २००४
सम्बन्धित पृष्ठः [[भगवतीजात्रा]]


२०१४-०३-२७

{{{texttitle}}}

गोक्यो ताल नेपालको सगरमाथा अञ्चल, सोलुखुम्बु जिल्लामा अवस्थित ताल हो । सगरमाथा राष्ट्रिय निकुञ्ज भित्र रहेको यो ताल समुन्द्र सतहबाट ४,७०० - ५,००० मिटर (१५,४०० - १६,०० फिट) उचाइमा रहेको छ । यस क्षेत्रमा ६ वटा मुख्य तालहरू रहेका छन, यी तालहरू विश्वमै अग्लो स्थानमा पाइने ताजा पानीको तालहरु मध्ये पर्दछन । यी तालहरू मध्ये थोनाक ताल सबैभन्दा ठूलो ताल हो । सन् २००७ देखि गोक्यो ताल रहेको ७,७७० हेक्टर (लगभग ३० वर्ग मिटर) क्षेत्रलाई रामसार क्षेत्रको रूपमा घोषणा गरिएको छ...



फोटोग्राफर/श्रोतः सरजेइ म्यानकेभिच , मितिः २१ नोभेम्बर २००६
सम्बन्धित पृष्ठः [[गोक्यो ताल]]


२०१४-०३-२८

{{{texttitle}}}

पाल्पा जिल्लाको सदरमुकाम देखि ९ किलोमिटर पश्चिम भैरवस्थान गाविस वडा नम्बर ५को आकर्षक पहाडको टुप्पोमा अवस्थित विश्वकै सबैभन्दा ठूलो मानिने त्रिशुल रहेको यो मन्दिरमा प्रायः सधैभरि नै मेला लागेता पनि विशेष गरी मंगलबार र शनिबारका दिन पूजा लाग्दछ । विभिन्न चाडवाडहरुमा बोका हाँस परेवा कुखुरा र पाडाहरुको बली यहाँको कालभैरवलाई दिइन्छ । यस क्षेत्रबाट अधिकांश हिम शिखरहरुको दृष्यावलोकन गर्न सकिन्छ...



फोटोग्राफर/श्रोतः निर्जल श्रेष्ठ , मितिः १० जुन २०११
सम्बन्धित पृष्ठः [[भैरव मन्दिर, पाल्पा (चित्रमा: पाल्पा भैरव स्थान मन्दिरमा चढाईने रोट)]]


२०१४-०३-२९

{{{texttitle}}}

भगवान् गौतम बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । बुद्ध कहलाइनु अघि यिनको नाम सिद्धार्थ गौतम थियो । यिनीलाई शाक्य मुनि गौतम बुद्ध पनि भनिन्छ...



फोटोग्राफर/श्रोतः myself , मितिः १४ मार्च २००७
सम्बन्धित पृष्ठः [[गौतम बुद्ध]]


२०१४-०३-३०

{{{texttitle}}}

गट्टा भनेको ढुंगालाई माथि फ्याल्दै खेलिने एक प्रकारको परम्परागत खेल हो...



फोटोग्राफर/श्रोतः क्रिस दुलाल , मितिः ३ फेब्रुअरी २०११
सम्बन्धित पृष्ठः [[गट्टा]]


२०१४-०३-३१

{{{texttitle}}}

म्याकिन्टोशअथवा छोट्करीमा म्याक् भनिने ब्यक्तिगत कम्प्युटरहरूको श्रेणीलाई एप्प्ल इङ्क्ले प्रवर्धन, बिकास र बितरण गर्दछ। जेनुवरी २४, १९८४ मा उपलब्ध गराएको "पहिलो म्याक्"लाई म्याकिन्टोश 128K भनिन्थ्यो । यो नै बिश्वको पहिलो अक्षरमा आदेश लेख्नु नपर्ने तथा माउस भएकोले आखाले देखेका चित्र वा शब्दमै सिधै क्लिक गरी चाहिएको आदेश दिन सकिने सन्चालन प्रणाली भएको ब्यक्तिगत कम्प्युटर थियो । यो सन् ८० को दशकको अन्त्यसम्मै राम्रोसित चल्यो तर ९० को दशकपछि सस्ता आइ बी एम सित मिल्दाजुल्दा र माइक्रोसफ्टको डस् र विन्डोज् जस्ता सन्चलान प्रणालीहरू भएका ब्यक्तिगत कम्प्युटरहरू बढि चले...



फोटोग्राफर/श्रोतः काइरो , मितिः ५ जुन २००९
सम्बन्धित पृष्ठः [[म्याकिन्टोश]]