विकिपिडिया:प्रमुख लेख/मङ्सिर, २०७९

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रमुख लेख

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा भएको प्रमुख लेखलाई प्रत्येक १५ दिनको अन्तरालमा समसामयिक स्तरिय लेखहरू परिवर्तन हुने गरि व्यवस्था गरिएको छ। नेपाली विकिपिडियामा हाल ३३,००५ लेखहरू छन् जस मध्येबाट १६६ लेखहरू प्रमुख लेखको लागि छनोट भइसकेको छ। नेपाली विकिपिडियामा हालसम्म चयन भएका प्रमुख लेखहरूको सूची तल राखिएको छ। कुनै पनि लेख प्रमुख लेखको रूपमा छनौट हुनको लागी स्तरिय हुन जरूरी छ जसको लागि केही मापदण्डहरू तय गरिएका छन्।
लेखको माथि दाँया तिर पहेँलो ताराको चिन्हले सो लेख प्रमुख लेख हो भन्ने जनाउँदछ। यदि प्रमुख लेख सम्बन्धमा तपाईंको कुनै सुझाव वा जिज्ञासाहरू भएमा कृपया वार्तालाप पृष्ठमा राख्नु हुनको लागी अनुरोध गर्दछौँ।

विशेष सामग्रीहरू

प्रमुख लेख औजारहरू

२०७९ मङ्सिर पहिलो[सम्पादन गर्नुहोस्]

पृथ्वी

पृथ्वी सूर्यको दूरी अनुसार सौर्यमण्डलमा रहेका आठ ग्रहमध्ये पृथ्वी तेस्रो, सबैभन्दा घना र पाँचौँ ठूलो ग्रह हो। सूर्यबाट यसको दूरी लगभग १५ करोड किलोमिटर छ। यो सौर्यमण्डलका चारवटा अत्यन्तै कठिन ग्रहहरूमध्ये एक हो। पृथ्वीको अर्को नाम "संसार" वा "नीलो ग्रह" हो। यसलाई विश्व पनि भनिन्छ। यो सौर्य परिवारका ग्रहहरू मध्ये जिवावाशेष भेटिएको एक मात्र ग्रह हो। यो ग्रह करिव ४.५७ अर्ब (४.५७×१०) वर्ष अगाडि उत्पन्न भएको हो। त्यसको केही पछि यसले एकमात्र प्राकृतिक उपग्रह, चन्द्रमा, प्राप्त गरेको थियो। पृथ्वीले सुर्यको वरीपरी ३६५.२५ दिनमा १ फन्को घुम्दछ। युनानी भाषामा यसलाई गाया र ल्याटिनमा यस ग्रहको नाम तेरा हो।

पृथ्वीमा मानिसलगायत अन्य अरबौँ प्रजातिका जीव तथा बनस्पतिको उपस्थिति रहेको छ। आजसम्म जीवन अस्तित्वमा रहेको एक मात्र ब्रह्माण्डीय पिण्ड पृथ्वी हो। पृथ्वी ४५४ करोड वर्षअघि बनेको थियो। एक अरब वर्षभित्रै पृथ्वीमा जीवन देखा परेको थियो। पृथ्वीको जीवमण्डलले यस ग्रहको वायुमण्डल र अन्य अजैविक अवस्थाहरूमा उल्लेखनीय परिवर्तनहरू ल्याएको छ। फलस्वरुप एकातिर जीवित जीवहरू अस्तित्वमा आएका थिए भने भने अर्कोतिर पृथ्वीमा ओजन तहको पनि निर्माण भइसकेको थियो। पृथ्वीको चुम्बकीय क्षेत्रसँगसँगै यसको ओजोन तहले हानिकारक सौर्य विकिरणलाई अवरुद्ध गरी ग्रहमा जीवन विकासका लागि बाटो खोलिदिएको थियो। यस अवधिमा पृथ्वीको प्राकृतिक स्रोत र यसको भौगर्भिक इतिहास र अक्षले जीवनको अस्तित्वलाई जोगाउन महत्त्वपूर्ण काम गरेको थियो।(पूरा  पढ्नुहोस्...)

२०७९ मङ्सिर दोस्रो[सम्पादन गर्नुहोस्]

वीरेन्द्र

श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाह देव (वि.सं. २००२-२०५८, राजा महेन्द्रले युवराज वीरेन्द्रलाई बिरु भनेर बोलाउँथे।; नेपालमा राजा वीरेन्द्र भनेर चिनिन्छन्) नेपालका दशौँ शाहवंशीय राजा थिए। यिनले वि.सं. २०२८ देखि वि.सं. २०५८ सम्म नेपालको शासन गरेका थिए। उनका तीन जना सन्तान युवराज दीपेन्द्र शाह, अधिराजकुमारी श्रुति शाह तथा अधिराजकुमार निराजन शाहको रूपमा जन्मिएका थिए। वीरेन्द्रका दुई भाइ थिए धिरेन्द्र शाहज्ञानेन्द्र शाह। धीरेन्द्रको पनि राज दरबार हत्याकाण्डमा मृत्यु भएको थियो। (पूरा  पढ्नुहोस्...)

हालसालै प्रदर्शित: