सामग्रीमा जानुहोस्

कोयम्बटोर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कोयम्बटोर
கோயம்புத்தூர்
कोवाई
Coimbatore
मरुदामलाई मोरुगन मन्दिर
मरुदामलाई मोरुगन मन्दिर
उपनाम: 
दक्षिण भारतको म्यानचेस्टर
देशभारत भारत
राज्यतमिलनाडु
क्षेत्रकोङ्गु नाडु
सरकार
 • प्रकारमेयर परिषद
 • अङ्गकोयम्बटोर सहर नगर निगम
क्षेत्रफल
 • सहर२४६.७५ किमी२ (९५.२७ वर्ग माइल)
 • महानगर
६४२.१२ किमी२ (२४७.९२ वर्ग माइल)
 • क्रम२
उन्नतांश
४११.२ मिटर (१३४९.१ फिट)
जनसङ्ख्या
 (२०११)
 • सहर१,६०१,४३८[१]
 • महानगर
२,१३६,९१६[२]
 • मेट्रो क्रम
१६औं
वासिन्दाकोयम्बटोरियन
भाषाहरू
 • आधिकारिकतमिल र अङ्ग्रेजी
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
हुलाक कोड
641xxx
टेलिफोन कोड+९१-४२२
सवारी दर्ताTN 37 (दक्षिण), TN 38 (उत्तर), TN 66 (केन्द्रीय), TN 99 (पश्चिम)
वेबसाइटकोयम्बटोर नगर

कोयम्बटोर, कोयम्बतुर, कोयम्बटुर वा कोवाई [koːʋəj]को नामले प्रसिद्ध, तमिलनाडु राज्यको एक सहर हो । कर्नाटक र तमिलनाडु राज्यको सिमानामा अवस्थित यो सहर मुख्य रूपले एउटा उद्योगिक नगरी हो । यो सहर सम्पूर्ण भारतसँग रेलवे, राजमार्ग र वायु मार्गले व्यवस्थित तरिकाले जोडिएको छ ।

कोयम्बटोर एउटा महत्त्वपूर्ण उद्योगिक सहर हो । दक्षिण भारतको म्यानचेस्टरको नामले प्रसिद्ध कोयम्बटोर एक प्रमुख कपडा उत्पादनको केन्द्र हो । नीलगिरी हिमालको तराईमा अवस्थित यो सहर पुरै वर्ष अनुकुलित मौसमको महसुस गराउने गर्दछ । दक्षिणदेखि नीलगिरीको यात्रा गर्न आएका पर्यटकहरूले कोयम्बटोर सहरलाई आधार शिविर जस्तै प्रयोग गर्ने गर्छ । कपडा उत्पादन कारखानाहरू वाहेक यहाँ कयौं पर्यटकीय स्थलहरू छन् जहाँ भ्रमण गर्न आएका पर्यटकहरू घुम्न सक्छन् । यहाँ रहेका जैविक उद्यान, कृषि विश्‍वविद्यालय सङ्ग्रहालय र भिओसी पार्क विशेष रूपले पर्यटकहरूलाई आकर्षित गर्ने गर्छ । कोयम्बटोरमा धेरै हिन्दू मन्दिरहरू छन् जसले यस सहरको महत्त्वलाई थप गर्ने गर्छ । भारतको प्रधानमन्त्री नरेन्द्र मोदीको भारतमा १०० स्मार्ट सिटी बनाउने निर्णय अन्तर्गत यस सहरलाई पनि छानिएको छ ।[१][३]

उत्पति

[सम्पादन]

कोयम्बटोरको नाम उत्पतिमा विभिन्न सिद्दान्तहरू विद्यमान छन् । त्यसमध्ये एक सिद्दान्त अनुसार कोयम्बटोर नाम कोवनपुथुर ('कोवानको नयाँ सहर'बाट पृथक भएर आएको हो), कोवान वा कोयानको मुखिया कोयम्बटोरबाट विकसित भएको हो ।[४]

इतिहास

[सम्पादन]

जनसङ्ख्या

[सम्पादन]

भारतको जनगणना सन् २०११ अनुसार कोयम्बटोर सहरको जनसङ्ख्या १६,०१,४३८ रहेको छ ।[१][२] यहाँको लिङ्ग अनुपात अनुसार १,००० पुरुषमा जम्मा ९९७ महिला आउने गर्छ ।[५] यो चेन्नई पछि तमिलनाडु राज्यको सबैभन्दा ठुलो सहर हो ।[६]

प्रमुख आकर्षण

[सम्पादन]

भिओसी पार्क

[सम्पादन]

भिओसी पार्क कोयम्बटोरको प्रमुख आकर्षण हो । यस उद्यानको नाम प्रसिद्ध स्वतन्त्रता सेनानी भिओ चिदम्बरमको नाममा राखिएको हो । हुनत यो पार्क सबै उमेर वर्गका मानिसहरूलाई मन पर्छ तर खास गरेर बच्चाहरूलाई यो उद्यानले लोभ्याउने गर्छ । यहाँ एउटा एक्वेरियम पनि छ जहाँ विभिन्न प्रजातिका माछाहरू हेर्न सकिन्छ । यस वाहेक यहाँ एउटा सानो चिडियाखाना र टोय ट्रेन पनि छ जसको आनन्द लिन सकिन्छ ।

कृषि विश्‍वविद्यालय

[सम्पादन]

तमिलनाडु कृषि विश्‍वविद्यालय कोयम्बटोरको रोचक पर्यटक स्थलहरू मध्ये एक हो । रेलवे स्टेशनबाट पाँच किलोमिटरको दूरीमा अवस्थित यो विश्‍वविद्यालय एसियाको उत्कृष्ट कृषि विश्‍वविद्यालयहरू मध्ये एक हो । यहाँको मुख्य आकर्षण यहाँ रहेको जैविक उद्यान हो । लगभग ३०० हेक्टरको क्षेत्रमा फैलिएको यो उद्यानमा विविध प्रजातिका वृक्षहरू रहेका छन् ।

पेरुर मन्दिर

[सम्पादन]

पेरुर कोयम्बटोरदेखि ६ किलोमिटरको दूरीमा अवस्थित एउटा सानो सहर हो । यसको मुख्य आकर्षण पेरुर मन्दिर हो जहाँ सात कोङ्गु शिवालयम मध्ये एक छ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. 1 2 3 "Smart city challenge, Coimbatore", Government of India, मूलबाट ७ जनवरी २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ डिसेम्बर २०१५। अभिलेखिकरण ७ जनवरी २०१९ वेब्याक मेसिन
  2. 1 2 "INDIA: Tamil Nādu", citypopulation.de, अन्तिम पहुँच ४ मार्च २०१६।
  3. ↑ http://www.firstpost.com/business/why-only-98-cities-instead-of-100-announced-all-questions-answered-about-smart-cities-project-2410576.html
  4. ↑ "Coimbatore: turning modern, yet retaining its old charm", The Hindu, १८ जुन २०११, अन्तिम पहुँच ३१ जनवरी २०१३।
  5. ↑ "Census Info 2011 Final population totals", Office of The Registrar General and Census Commissioner, Ministry of Home Affairs, Government of India, २०१३, अन्तिम पहुँच २६ जनवरी २०१४।
  6. ↑ "Major Agglomerations" (PDF), The Registrar General & Census Commissioner, Ministry of Home Affairs, Government of India, २०११, अन्तिम पहुँच ३१ मे २०१५।

बाह्य कडीहरू

[सम्पादन]

यो पनि हेर्नुहोस्

[सम्पादन]