सामग्रीमा जानुहोस्

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
अध्यक्षपुष्पकमल दाहाल
वरिष्ठ उपाध्यक्षनारायणकाजी श्रेष्ठ
महासचिवदेव गुरुङ
संस्थापक
विघटन२०७५ जेठ ३ (पहिलो पुनरावृत्ति)
टुक्रिएकोनेकपा (एकता केन्द्र)
विलयनेपाल कम्युनिस्ट पार्टी (२०७५–२०७७)[][][] (पहिलो पुनरावृत्ति) (२०७५–२०७७)
प्रमुख कार्यालयपेरिसडाँडा, कोटेश्वर, काठमाडौँ
विचारधारा
राजनीतिक स्थानवामपन्थी[][]
गठबन्धनसमाजवादी मोर्चा[]
नारा"संसारका मजदुर एक होऔं !"
सशस्त्र शाखाजनमुक्ति सेना, नेपाल (शान्ति सम्झौता पछि विघटन)
निर्वाचन स्थितिराष्ट्रिय दल
प्रतिनिधि सभा
३० / २७५
राष्ट्रिय सभा
१५ / ५९
प्रदेश सभा
८२ / ५५०
मुख्यमन्त्री
० / ७
नगरप्रमुख/अध्यक्ष
१२१ / ७५३
पार्षद
५,०४४ / ३५,०११
निर्वाचन चिह्न
राजनीतिक दलको झन्डा
वेबसाइट
cpnmc.org

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) (सङ्क्षिप्त: नेकपा (माओवादी केन्द्र) वा नेकपा (माके)) नेपालको तेस्रो ठुलो राजनीतिक दल र समाजवादी मोर्चाको सदस्य दल हो। सन् १९९४ मा नेपाल कम्युनिस्ट पार्टी (एकता केन्द्र) बाट अलग भएर यसको स्थापना भएको थियो। पार्टीले बि.सं. २०५२ मा नेपाल सरकारविरुद्ध सशस्त्र सङ्घर्ष सुरु गरेको थियो। नेपालको जनआन्दोलन २०६३ को क्रान्तिपछि शान्ति सम्झौतामा हस्ताक्षर गरी वि.सं. २०६३ मा पार्टी औपचारिक रूपमा मूलधारको राजनीतिमा प्रवेश गरेको थियो।

पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीको स्थापनाकालदेखि नै नेताको रुपमा काम गर्दै आएका छन्। प्रतिनिधिसभामा यो पार्टीको ३२ सिट छ, जसले गर्दा यो तेस्रो ठुलो संसदीय समूह बनेको छ। प्रतिनिधि सभा निर्वाचन, २०७९ पछि सत्तारुढ गठबन्धनको सदस्यका रुपमा दाहालले करिब डेढ वर्ष र सन् २०२४ को जुलाईसम्म प्रधानमन्त्रीका रुपमा काम गरेका थिए। यस पार्टीले यसअघि तीन वटा सरकारको नेतृत्व गरिसकेको छ। २०६५२०७३ मा दाहालको नेतृत्वमा र २०६८ मा बाबुराम भट्टराईको नेतृत्वमा।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) सँग एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएपछि १७ मे २०१८ मा पार्टी विघटन भएको थियो तर सर्वोच्च न्यायालयले ऋषि कट्टेलको पक्षमा फैसला गरेपछि ८ मार्च २०२१ मा पुनर्जीवित भएको थियो। सन् २०२१ को डिसेम्बरसम्ममा सात लाख ५० हजार सदस्य रहेको दाबी गर्दै पार्टी सदस्यताका आधारमा नेपालकै तेस्रो ठुलो पार्टी बनेको छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "NCP commits to social justice and economic prosperity : Co-chairs PM Oli and Dahal", thehimalayantimes.com, १७ मे २०१८। 
  2. "UML and Maoist Centre to form Nepal Communist Party tomorrow", १६ मे २०१८। 
  3. "Nepal: Left alliance unifies to form single party", www.aninews.in 
  4. Nepali Journal of Contemporary Studies (अङ्ग्रेजीमा) 7, Nepal Centre for Contemporary Studies, २००७, पृ: 2। 
  5. Sajjad, Tazreena (२०१३), Transitional Justice in South Asia: A Study of Afghanistan and Nepal (अङ्ग्रेजीमा), Routledge, पृ: 36, आइएसबिएन 978-1-135-98201-0 
  6. "Socialist Front comprising four leftist parties announced"