सामग्रीमा जानुहोस्

पुतलीबजार नगरपालिका

(पुतलीबजारबाट अनुप्रेषित)
पुतलीबजार
स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका
स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका
पुतलीबजार मा पर्दछ पुतलीबजार नगरपालिका
पुतलीबजार
पुतलीबजार
पुतलीबजार नगरपालिकाको वडाहरू
पुतलीबजार मा पर्दछ स्याङ्जा जिल्ला
पुतलीबजार
पुतलीबजार
पुतलीबजार (स्याङ्जा जिल्ला)
पुतलीबजार मा पर्दछ गण्डकी प्रदेश
पुतलीबजार
पुतलीबजार
पुतलीबजार (गण्डकी प्रदेश)
पुतलीबजार मा पर्दछ नेपाल
पुतलीबजार
पुतलीबजार
पुतलीबजार (नेपाल)
निर्देशाङ्क: २८°०६′००″उ ८३°५२′१५″पू / 28.10000°N 83.87083°E / 28.10000; 83.87083
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लास्याङ्जा जिल्ला
नगरपालिकावि.सं. २०५३ माघ ११[]
समावेश (गाविस)स्याङ्जा पुतलीबजार, गणेशपुर, चण्डिकालिका, सातुपसल र करेण्डाँडा
सम्मिलित (मिति)वि.सं. २०५३ माघ ११
समावेश (गाविस)ठूलाडिही, बहाकोट, कोल्मा बराहचौर, राङभाङ (१-३,९), पेल्काचौर (१,२,४-८), पौवेगौडेटक्सार
सम्मिलित (मिति)वि.सं. २०७३ फाल्गुन २२
सरकार
  नगरप्रमुखतुलसीराम रेग्मी नेपाली काङ्ग्रेस
  उपप्रमुखदेवी अर्याल नेपाली काङ्ग्रेस
क्षेत्रफल
  जम्मा१४७.२१ किमी (५६.८४ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा४१,७४३
  घनत्व२८०/किमी (७३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६३
केन्द्रपुतली बजार नगरपालिकाको कार्यालय
वेबसाइटपुतलीबजार नगरपालिका

पुतलीबजार नेपालको गण्डकी प्रदेशमा रहेको स्याङ्जा जिल्लाको मध्य उत्तरी क्षेत्रमा फैलिएको, आँधिखोलाको किनारमा पर्ने एक नगरपालिका तथा जिल्ला सदरमुकाम हो।[] साविक स्याङ्जा पुतलीबजार, गणेशपुर, चण्डिकालिका, सातुपसल र करेण्डाँडा गाविसलाई गाभेर वि.सं. २०५३ माघ ११ गते यस नगरपालिकाको गठन भएको थियो। वि.सं. २०७३ साल फाल्गुनमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा स्याङ्जा जिल्लामा साविक पुतलीबजार नगरपालिका, ठूलाडिही, बहाकोट, कोल्मा बराहचौर, राङभाङका (१-३,९) वडाहरू, पेल्काचौरका (१,२,४-८) वडाहरू पौवेगौडे, र टक्सार गाउँ विकास समितिहरूलाई समेटेर पुतलीबजार नगरपालिकाको क्षेत्र विस्तार गरिएको हो।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पुतलीबजार नगरपालिकाको कुल जनसङ्ख्या ४१,७४३ रहेको छ भने यहाँ ११,८८१ घरधुरी रहेका छन्।[]

पुतलीबजार नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश गाविस / नगरपालिकाजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
पुतलीबजार (१)६,६२३५.२४१२६३.९३
पुतलीबजार (२) र राङभाङ (१–३)१,५८५८.१५१९४.४८
पुतलीबजार (३–५)५,८८१११.८४९८.३९
पुतलीबजार (६, ७)२,८०५१४.०८१९९.२२
पौवेगौडे२,५४२१४.५९१७४.२३
टक्सार१,६०३२०.१४७९.५९
ठूलाडिही२,४८९१९१३१.००
बहाकोट१,३२१५.६२३५.८९
कोल्मा बराहचौर१,३५९६.९१९६.९६
१०पुतलीबजार (१२) र राङभाङ (९)३,१६५५.७१५५४.२९
११पुतलीबजार (१३)२,२६९६.२१३६५.३८
१२पेल्काचौर (१, २, ४–८)१,३०९६.५२०१.३८
१३पुतलीबजार (१०, ११)५,१६६१३.९३३७०.८५
१४पुतलीबजार (८, ९)३,६२६९.३४३८८.२२
जम्मा४१,७४३१४७.१९२८३.६०

पुतलीबजार नगरपालिकामा १४ वडाहरू रहेका छन्। पुतलीबजारको कुल क्षेत्रफल १४७.२१ वर्ग किलोमिटर रहेको छ। यो नगरपालिकाको पूर्वमा तनहुँकास्की जिल्ला पर्दछन् भने पश्चिममा आँधिखोला, अर्जुनचौपारी गाउँपालिकाभीरकोट नगरपालिका छन्। यसको उत्तरी भागमा कास्की जिल्लाफेदीखोला गाउँपालिका छन् भने दक्षिणी क्षेत्रमा भीरकोट नगरपालिकाबिरुवा गाउँपालिका पर्दछन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "चार किल्ला खोली नगरपालिका क्षेत्र तोकी बिभाजन गरेको", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच जनवरी २०२२
  2. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  3. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  4. काफ्ले, प्रतिक्षा (३० फाल्गुन २०७३), "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर अभिलेखिकरण २०१७-०५-०६ वेब्याक मेसिन
  5. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  6. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३ अभिलेखिकरण २०१७-०५-१८ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]