लक्ष्मीप्रसाद देवकोटा एक नेपाली कवि तथा साहित्यकार थिए। उनको जन्म वि. सं. १९६६ कार्तिक २७ गते लक्ष्मीपुजाको दिनमा काठमाडौँको डिल्लीबजारमा भएको थियो। उनको निधन वि.सं. २०१६ भाद्र २९ मा भएको थियो। उनी नेपालीसाहित्यका महाकविका रूपमा सुप्रसिद्ध छन्। देवकोटा नेपाली साहित्यका कविता, आख्यान, नाटक र निबन्ध गरी साहित्यका चारवटै विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी मानिन्छन्। उनले कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च कोटिको मानिन्छ। उनले मुनामदन, सुलोचना, शाकुन्तलजस्ता अद्वितीय कृतिहरू लेखेका छन्। विशेष गरी मुनामदन कृतिका लागि उनी सबैभन्दा प्रख्यात छन्। (पूरा पढ्नुहोस्...)
वि.सं. २०४८ (सन् १९९१) - कजाख्स्तानले सोभियत संघबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।
वि.सं. २०६९ (सन् २०१२) - भारतको नयाँ दिल्लीमा महिलासँग गरिएको सामुहिक बलात्कारको विरोधमा लाखौ जनाले प्रदर्शन गरेका थिए ।
वि.सं. २०७१ (सन् २०१४) - तेह्रिक-इ-तालिबान पाकिस्तान(टिटिपी)का सात जना सदस्यले पाकिस्तानको पेसावरमा रहेको सैनिक सार्वजनिक विद्यालयमा आतंककारी आक्रमण गरी विद्यालयका कर्मचारी तथा विद्यार्थीहरूमाथि गोली प्रहार गर्दा १३२ बालबालिकासहित १४५ को मृत्यु भएको थियो । (चित्रमा लण्डनमा गरिएको मैनबत्ती सहितको प्रार्थना)
यो विकिपिडियामा हालसम्म भएका लेखहरू मध्ये कुनै लेख छानेर हेर्न वा कुनै एक अक्षरबाट शुरू हुने लेखहरूको सूची हेरेर लेख छानेर पढ्न, तल दिइएको बाकसमा रहेका अक्षरलाई क्लिक गर्नुहोला।