सामग्रीमा जानुहोस्

मिर्चैया नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(मिर्चैयाबाट अनुप्रेषित)
मिर्चैया नगरपालिका
मिर्चैया नगरपालिका मा पर्दछ मधेश प्रदेश
मिर्चैया नगरपालिका
मधेश प्रदेशको नक्सामा मिर्चैया नगरपालिकाको अवस्थिति
मिर्चैया नगरपालिका मा पर्दछ नेपाल
मिर्चैया नगरपालिका
मिर्चैया नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°५०′N ८६°१५′E / 26.84°N 86.25°E / 26.84; 86.25
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासिराहा
सरकार
  नगर प्रमुखश्रवणकुमार यादव (नेकपा (माओवादी केन्द्र))
  उपप्रमुखजिवछी देवी (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा९१.९७ किमी (३५.५१ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा५९,४२५
  घनत्व६५०/किमी (१७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-३३
केन्द्रसाविक रामनगर मिर्चैया गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

मिर्चैया नगरपालिका नेपालको मधेश प्रदेशको सिराहा जिल्लामा पर्ने एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ असोज १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा सिराहा जिल्लामा रामपुर बिर्ता, मल्हनिया खोरी, राधोपुर, रामनगर मिर्चैया, फुलबरिया, महेशपुर गम्हरिया तथा सीतापुर प्ररा गरी ६ गाउँ विकास समितिहरूलाई समेटेर मिर्चैया नगरपालिका घोषणा गरेको थियो भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्र विस्तार गर्दा सिक्रोन गाविस पनि यसमा गाभिएको थियो।[] मिर्चैया नगरपालिकाको केन्द्र रामनगर मिर्चैया बजारमा रहेको छ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मिर्चैया नगरपालिकाको कुल जनसङ्ख्या ५९,४२५ रहेको छ भने यहाँ १२,२५० घरधुरी रहेका छन्।[]

वडागत विवरण

[सम्पादन गर्नुहोस्]

मिर्चैया नगरपालिकाको वडा विभाजन, समावेश साविकका गाविसहरू, जनसङ्ख्या, क्षेत्रफल र जनघनत्वको विस्तृत विवरण निम्न तालिकामा दिइएको छ:

मिर्चैया नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
रामपुर बिर्ता५,३५०७.१४७४९.३०
मल्हनिया खोरी४,४२६३.४४१२८६.६३
राधोपुर५,०३४७.२४६९५.३०
रामनगर मिर्चैया (७-९)४,१५६२.७८१४९४.९६
रामनगर मिर्चैया (१-३)७,०२७८.७२८०५.८५
रामनगर मिर्चैया (४-६)७,२८२२.४८२९३६.२९
फुलबरिया (७-९)३,९२०१६.७२३४.७३
फुलबरिया (४-६)२,९८७२.८२१०५९.२२
फुलबरिया (१-३)४,४१११९.८३२२२.४४
१०महेशपुर गम्हरिया५,५३९६.१७८९७.७३
११सीतापुर प्ररा५,४२४६.६५८१५.६४
१२सिक्रोन३,८६९७.९९४८४.२३
जम्मा५९,४२५९१.९६६४६.२१

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. 1 2 "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ आस्विन १, अन्तिम पहुँच २०७२ आस्विन १ अभिलेखिकरण २०१५-०९-१९ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]