सचिन तेन्दुलकर (/ˌsətʃɪntɛnˈduːlkər/ (सुन्नुहोस्); जन्म २४ अप्रिल १९७३) भारतको मुम्बईमा भएको हो। सचिन विश्व क्रिकेटको इतिहासमा विश्वकै सर्वश्रेष्ठ ब्याट्सम्यानहरूमा गनिन्छन् । उनले सन् १९८९ मा पाकिस्तान बिरुद्ध कराचीमा भएको टेस्ट खेलबाट आफ्नो खेल जीवनको प्रारम्भ गरेका थिए। उनले टेस्ट तथा एकदिवसीय क्रिकेट गरी दुवैमा सर्वाधिक रन तथा शतक बनाएका छन् । उनले टेस्ट क्रिकेटमा ४९ शतक तथा एकदिवसीय क्रिकेटमा ५१ शतक बनाएका छन् । उनी पुरुष समूहको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोरो शतक बनाउने पहिलो खेलाडी हुन् । उनी टेस्ट क्रिकेटमा सबैभन्दा धेरै १५,९२१ रन बनाउने एक मात्र खेलाडी हुन् । एकदिवसीय म्याचहरूमा पनि उनलाई सर्वाधिक रन बनाउने कीर्तिमान प्राप्त छ । उनले आफ्नो पहिलो प्रथम श्रेणी क्रिकेट म्याच मुम्बईको लागि १४ वर्षको उमेरमा खेलेका थिए ।
सन् २००२ मा आफ्नो करियरको आधा बाटोमै विज्डन क्रिकेटर्स अल्मानाकले उनलाई टेस्ट क्रिकेटको सबैभन्दा महान ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा राखेको थियो, उनीभन्दा अगाडी अस्ट्रेलियाका डन ब्र्याडम्यान थिए । (पूरा पढ्नुहोस्...)
हात्ती विशाल शरीर भएको स्तनधारी जनावर हो। हाल विश्वमा अफ्रिकी झाडीमा पाइने हात्ती, अफ्रिकी जङ्गलमा पाइने हात्ती र एसियाली हात्ती गरी तीन प्रकारका हात्तीहरू अस्तित्वमा रहेका छन्।...
फोटोग्राफर/श्रोतः निर्जल श्रेष्ठ , मितिः ८ जुन २०११ सम्बन्धित पृष्ठः हात्ती
यो विकिपिडियामा हालसम्म भएका लेखहरू मध्ये कुनै लेख छानेर हेर्न वा कुनै एक अक्षरबाट शुरू हुने लेखहरूको सूची हेरेर लेख छानेर पढ्न, तल दिइएको बाकसमा रहेका अक्षरलाई क्लिक गर्नुहोला।