इटहरी गोल्डकप २०७५

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०७५ इटहरी गोल्डकप
प्रतियोगिता विवरण
आयोजक राष्ट्रनेपाल
इटहरी, सुनसरी
मिति२०७५, माघ १२ गतेदेखि माघ १९ गतेसम्म [१]
टोलीहरू
स्थान(हरू)१ (१ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेतानेपाल आर्मी क्लब[२] (१औँ उपाधि)
उप-विजेतामनाङ मर्स्याङ्दी क्लब
प्रतियोगिता तथ्याङ्क
शीर्ष गोलकर्ता(हरू)भरत खवास
उत्कृष्ट खेलाडी(हरू)टङ्क वस्नेत
उत्कृष्ट गोलरक्षकविकेश कुथु

इटहरी गोल्डकप २०७५ इटहरी गोल्डकप अन्तर्गत सुनसरीको इटहरीमा वर्सेनी आयोजना हुने प्रतियोगिताको दोस्रो संस्करण थियो। यो प्रतियोगिता इटहरी गोल्डकपको नाम अन्तर्राष्ट्रिय आमन्त्रण मदन स्मृति इटहरी गोल्डकप भएपछिको दोस्रो संस्करण हो। राष्ट्रिय जागृति युवा क्लबको आयोजनामा १२ माघबाट[१] सुरु भएको यस प्रतियोगितामा ए डिभिजन लिगका चार, मोफसलका दुई, भुटान र क्यामेरून गरी आठ टोलीहरूको सहभागिता रहेको थियो। गोल्डकपको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकि थिइन्।[३]

इटहरी क्षेत्रिय रङ्गशालामा शनिबार भएको खेलमा लिग विजेता मनाङ मर्स्याङ्दी क्लबलाई २–० ले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो।[४] उपाधिसँगै आर्मीले १६ लाख प्राप्त गरेको थियो। उपविजेता मनाङले ८ लाख प्राप्त गरेको थियो। जितसँगै आर्मीले मोफसलका दुई गोल्डकपको उपाधि उचाल्न सफल भएको छ। यसले यसअघि क्लबले विशाल मेमोरियल कपको उपाधि जितेको थियो। नेपाल आर्मी क्लब फिदिम गोल्डकप र सिमरा गोल्डकपको उपविजेता समेत बन्न सफल भएको थियो।[५] फाइनल खेलको चौथौँ मिनेटमा टङ्क बस्नेतले आर्मीलाई अग्रता दिलाएका थिए। खेलको ८१ अौँ मिनेटमा कप्तान भरत खवासले गोल गर्दै आर्मीले अग्रता दोब्बर बनाएको थियो र उक्त खेल आर्मीकै पक्षमा रहेको थियो।[५]

सहभागी टोलीहरू[सम्पादन गर्नुहोस्]

प्रतियोगितामा आयोजक राष्ट्रिय जागृति क्लबसहित ए डिभिजन लिगका चार, मोफसलका दुई, भुटान र क्यामेरून गरी आठ टोलीहरूको सहभागिता रहेको थियो।

पुरस्कार राशि[सम्पादन गर्नुहोस्]

  • विजेता:-रू.१६ लाख
  • उप-विजेता:-रू.८ लाख

पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

  • पुरस्कार विवरण:
विधा खेलाडी क्लब
उत्कृष्ट खेलाडी

टङ्क वस्नेत

नेपाल आर्मी क्लब

उत्कृष्ट गोलरक्षक

विकेश कुथु

नेपाल आर्मी क्लब

उत्कृष्ट अग्रपङ्क्ति खेलाडी भरत खवास नेपाल आर्मी क्लब
उत्कृष्ट रक्षापङ्क्ति खेलाडी

सुरज विश्वकर्मा

मनाङ- मर्स्याङ्दी क्लब

उत्कृष्ट मध्यपङ्क्ति खेलाडी

सन्तोष तामाङ

नेपाल आर्मी क्लब

उत्कृष्ट प्रशिक्षक चुन बहादुर थापा

नेपाल आर्मी क्लब

उदयीमान खेलाडी उमेश राई

राष्ट्रिय जागृति क्लब

[५]

अन्य पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

उदयमान खेलाडीमा आयोजक राष्ट्रिय जागृति क्लबका उमेश राई भएका थिए र उनले २४ इन्चको टिभी पुरस्कार पाएका थिए। यस्तै, प्रतियोगिताको सर्वाधिक गोलकर्ता त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासले उनले २५ हजार पाएका थिए। प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी आर्मीका मध्यपङ्का खेलाडी तथा फाइनल खेलका गोलकर्ता टङ्क वस्नेतले २५ हजार नगद सहित ४३ इन्चको टिभीबाट सम्मानित भएका थिए र ब्यक्तिगत उत्कृष्ट पुरस्कार पाउनेले जनही २० हजार नगद प्राप्त गरेका थिए भने म्यान अफ द म्याच हुने खेलाडीहरूले १० हजार प्राप्त गरेका थिए।[५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "इटहरी गोल्डकपको तयारी पूरा, राष्ट्रपतिले उद्घाटन गर्ने", द नेपाल टप, ३० पुस २०७५, अन्तिम पहुँच १९ माघ २०७५ 
  2. "मदन भण्डारी स्मृति गोल्डकप : विभागीय टिम आर्मी विजयी", थाहा खबर, अन्तिम पहुँच १९ माघ २०७५  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-०५ मिति
  3. "मदनको स्मृतिमा इटहरी गोल्डकप आजदेखि, राष्ट्रपतिले उद्घाटन गर्ने", साझा पोस्ट, अन्तिम पहुँच ६ माघ २०७५ [dead link]
  4. "मनाङ मर्स्याङदीलाई पराजित गर्दै आर्मीले जित्यो उपाधि", रेडियो नेपाल, अन्तिम पहुँच १९ माघ २०७५  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-२५ मिति
  5. ५.० ५.१ ५.२ ५.३ "मनाङलाई हराउँदै इटहरी गोल्डकपको उपाधि आर्मीलाई", खेलपाटी, अन्तिम पहुँच १८ माध २०७५