राजा क्राचल्ल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
क्राचल्ल
खस राज्यको राजा
शासनकालवि.सं. १२६४ -१२८०
पूर्वाधिकारीक्राशिचल्ल
उत्तराधिकारीअशोक चल्ल
सन्तानअशोक चल्ल
वंशखस मल्ल वंश
बाबुक्राधिचल्ल
धर्मबौद्ध

क्राचल्ल खस राज्यको राजा थिए । उनी राजा क्राधिचल्लका छोरा थिए ।[१] त्यसैले सिंजाको गद्दीमा क्राधिचल्ल पछि क्राचल्ल बसेका थिए । राजा नागराजपछी खसप्रदेशमा शक्तिशाली राजा क्राचल्ल थिए । राजा क्राचल्लले वि.सं. १२६८-१२८० सम्म शासन गरेका थिए ।

कुमाउँमाथि आक्रमण[सम्पादन गर्नुहोस्]

राजा क्राचल्लले वि.सं. १२८० मा नागराजको दखलपछी मुक्त हुन चाहेको कुमाउँमाथि आक्रमण गरी ठूलो युद्ध मोले । त्यस युद्धमा धेरै मानिस मारिए । अन्त्यमा खस सेनाको कुमाउँमाथि विजय भयो । त्यस विजयको खुसियालीमा राजा क्राचल्लले कुमाउँमा बालेश्वरको पुरानो ढाँचा को बदली नयाँ मन्दिर बनाए । सो मन्दिरको नित्यपूजाको सुव्यवस्था मिलाएर राजा क्रचालले अभिलेख पनि राख्न लगाए ।

राजा क्राचल्ललाई कुमाउँमाथि आक्रमण गर्दा खस राज्य भित्रका आठ सामन्त तहका राजा माण्डलिक र दुई राउत राजाहरूले खुलेर सहयोग गरेका थिए । त्यो कुरा बालेश्वर मन्दिरको अभिलेखबाट थाहा पाइन्छ । राउतराजा र माण्डलिकहरू राजा क्राचल्लका सहयोगी थिए ।

राजा क्राचल्ल ले कुमाउँमाथि आक्रमण गर्दा कार्तिकेयपुर मा युद्ध चलेको थियो ।त्यहाँ युद्ध चलेको हुँदा त्यो सहर पूर्णत: ध्वस्त भएको थियो । त्यहाँका कत्युरी राजाले क्राचल्लको अधिपत्यलाई आफू युद्धमा हारेपछी स्वीकार गरेका थिए । त्यसलाई हाल कत्यूर भनिन्छ । त्यहाँ स्वामी कार्तिकेयाको मन्दिर छ । [२]

कुमाउ बालेश्वर मन्दिरको अभिलेख[सम्पादन गर्नुहोस्]

  • शाके सम्वत.११४५ तथा वि.स.१२८० मा क्राचल्ल देवले कुमाऊ बालेश्वर मन्दिरमा रहेको ताम्रपत्र अनुसार कुमाऊको राज्यमा विजय गरेको कुरा उल्लेख रहेको छ । यस ताम्रपत्रमा
  • परम भट्टारक महाराजाधिराज श्रीमान क्राचल्लदेव नरपतिले
  • आफू राजा भएको सोह्रै वर्षमा कार्तिकेयपुरका राजालाई नष्टगरि
  • वहाँ आफनो अधिकार स्थापित गरे को कुरा लेखिएको पाईन्छ ।
  • —एकरुद्रबालेश्वर को मन्दिरमा प्राप्त क्राचल्ल को ताम्रपत्रअनुसार
  • क्राचल्ल १२०७ (वि.स.१२६४) मा क्राचल्ल दुल्लुको राजधानीमा बसेकोहुरा प्रमाणीत हुन्छ ।
  • यस ताम्रपत्रलेखनमा क्राचल्लले आफुलाई “परमसौगात“ अर्थात बुद्धका परम उपासक भन्ने विशेषणले विभुषित रूपमा आदर र श्रद्धा राख्दथे भन्ने तथ्य स्पष्ट हुन्छ ।

धार्मिक स्वाभाव[सम्पादन गर्नुहोस्]

राजा क्राचल्ल भगवान बुद्धका उपासक थिए । उनले हिन्दु देवी देवता, शाक्त, शिव र वैष्णव देवताको पनि श्रद्धा गर्दथे । उनी धार्मिक सहिष्णु शासक थिए । वास्तवमा तिब्बतमा शास्सन गर्नु पर्दा महायानी मतका बुद्धलाई मान्दथे ।


राजा क्राचल्लले तिब्बत, सिंजा, दुल्लु, सुरखेत , बर्दिया र भारतको व्यपारीमार्ग निर्माण गराई दुल्लुलाई विराट स्थान घोषित गरेका थिए । सिंजालाई हाट्बजारको केन्द्र बनाएका हुनाले सिंजा हाट दुल्लु विराट् भन्ने लोकोक्ती बनेको थियो । दुल्लू र सिंजाको प्रचार पनि त्यसै बेलादेखी भएको थियो ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

  • नेपालका मल्ल राजाहरूको सूची

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. D.R. Regmi 1965, पृष्ठ 714.
  2. राजाराम सुबेदी, नेपालको तथ्य इतिहास (काठमाडौँ: साझा प्रकाशन २०६१ फागुन ) पृष्ठ ८४ ।