अशोकचल्ल
स्वरूप
| अशोक चल्ल | |
|---|---|
| खस राज्यको राजा | |
| शासनकाल | १२२३ - १२८७ |
| पूर्वाधिकारी | क्राचल्ल |
| उत्तराधिकारी | जितारी मल्ल |
| सन्तान | जितारी मल्ल आनन्द मल्ल |
| वंश | खस मल्ल वंश |
| बाबु | क्राचल्ल |
| धर्म | बौद्ध |
अशोक चल्ल खस राज्यको सातौँ राजा थिए । उनी राजा क्राचल्ल देवका छोरा थिए ।[१][२] उनका दुई छोराहरू जितारी मल्ल तथा आनन्द मल्ल पनि राजा भएका थिए ।[३] उनलाई "सपादलशिखरिखसदेशराजाधिराज" अर्थात् एक लाख पच्चीस हज्जार पहाड भरी फैलिएको खस देशका राजाका पनि राजा भनिएको छ । उनले आफ्नो राज्यलाई अझ व्यापक बनाए ।
राजा अशोकचल्लले आफ्ना बाबुको भन्दा पनि बढी मुलुकहरू विजय गरेका थिए । इतिहासकारहरूले अशोकचल्ललाई कर्णाली प्रदेशको खसराज्यका शासक हरूमा सबैभन्दा बहादुर भन्दै उनको शासनकाललाई चल्लहरूको चरमोत्कर्षकाल मानेका छन् ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- नेपालका मल्ल राजाहरूको सूची
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ D.R. Regmi 1965, पृष्ठ 714.
- ↑ Tucci 1956, पृष्ठ 66.
- ↑ Tucci 1956, पृष्ठ 50.