विकिपिडिया:प्रमुख लेख/असार, २०७७

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रमुख लेख

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा भएको प्रमुख लेखलाई प्रत्येक १५ दिनको अन्तरालमा समसामयिक स्तरिय लेखहरू परिवर्तन हुने गरि व्यवस्था गरिएको छ। नेपाली विकिपिडियामा हाल ३३,००४ लेखहरू छन् जस मध्येबाट १६६ लेखहरू प्रमुख लेखको लागि छनोट भइसकेको छ। नेपाली विकिपिडियामा हालसम्म चयन भएका प्रमुख लेखहरूको सूची तल राखिएको छ। कुनै पनि लेख प्रमुख लेखको रूपमा छनौट हुनको लागी स्तरिय हुन जरूरी छ जसको लागि केही मापदण्डहरू तय गरिएका छन्।
लेखको माथि दाँया तिर पहेँलो ताराको चिन्हले सो लेख प्रमुख लेख हो भन्ने जनाउँदछ। यदि प्रमुख लेख सम्बन्धमा तपाईंको कुनै सुझाव वा जिज्ञासाहरू भएमा कृपया वार्तालाप पृष्ठमा राख्नु हुनको लागी अनुरोध गर्दछौँ।

विशेष सामग्रीहरू

प्रमुख लेख औजारहरू

२०७७ असार पहिलो[सम्पादन गर्नुहोस्]

हाम्रो पात्रो सुन्नुहोस् एक पात्रो अनुप्रयोग हो। यसलाई शङ्कर राज उप्रेतीले सन् २०१० मा सृजना गरेका थिए। इतिहासमै पहिलो पटक ५० लाख भन्दा बढी पटक अभिभारण भएको यो नेपालको सर्वाधिक लोकप्रिय अनुप्रयोग समेत हो।

हाम्रो पात्रोले ‘यसमा सबै छ’ भन्ने नारालाई अवलम्बन गरेको छ। अनुप्रयोगले सन् २०१८ फिफा विश्वकपको सम्पूर्ण खेलहरूको तालिकाको साथसाथै सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण गरेको थियोे भने यसले २०७४ को स्थानीय चुनावमा विशेष प्रस्तुति सुरु गरेको थियोे। यसले सन् २०१९ क्रिकेट विश्वकपको सम्पूर्ण खेल अङ्कहरू प्रत्यक्ष रूपमा अद्यावधिक गरिरहेको थियो। यसले विशेष प्रायोजनका लागि द भ्वाइस अफ नेपालसँग पनि सहकार्य गरेको थियो। तत्काल सन्देश सेवा भाइबरले हाम्रो पात्रो राशिफलसँग साझेदारी गर्दै हाम्रो राशिफल प्रारम्भ गरेको थियो।

न्यूज २४ दूरदर्शनसँगको सहकार्यमा यसले समसामयिक विषयको सान्दर्भिकता प्रस्ट्याउन र सरोकारवाला निकायको ध्यानाकर्षण गराउन ‘ताली वा गाली’ नामक जनमतको सुरु गरेको थियो। यसले २०७७ वैशाखमा श्रव्य दृश्य मार्फत चिकित्सकहरूसँग परामर्श लिन एनसेल चिकित्सकलाई सम्पर्क गर्नुहोस् नामक सेवा थियो। नेपाल चिकित्सक सङ्घ र एनसेलसँग सहकार्यमा घरमै बसी कोरोना विषाणु सम्बन्धी स्वास्थ्य सल्लाह तथा सुझाव आदनप्रदान गर्न यो सेवा सुरु गरिएको थियो। (पूरा  पढ्नुहोस्...)

२०७७ असार दोस्रो[सम्पादन गर्नुहोस्]

बाङ्ला विकिपिडियाको लोगो

बाङ्ला विकिपिडिया (बङ्गाली: বাংলা উইকিপিডিয়া), बाङ्ला भाषा संस्करणको नि:शुल्क अनलाइन विश्वकोश परियोजना हो जसलाई गैर लाभकारी अमेरिकी संस्था विकिमिडिया कोषले सञ्चालन गर्दै आइरहेको छ। यो २७ जनवरी २००४ मा सुरु गरिएको थियो। यसले सुरुवातको दुई वर्षमै, अक्टोबर २००६ मा, १०,००० वटा पृष्ठ नाघिसकेको थियो जसले गर्दा यो दक्षिण एसियाली भाषाहरूमा सो गर्ने दोस्रो विकिपिडिया बन्न सफल भएको थियो। १८ जुलाई २०१९ सम्म, कुल पृष्ठले ७०,२०४ नाधेको थियो जसमा मासिक सक्रिय सम्पादनकर्ता १,५२८ भन्दा बढी रहेका थिए। औसत रूपमा, यस वेबसाइटलाई दिनको पाँच हजार भन्दा बढी पटक हेरिएको थियो। २२ जुलाई २०१९ सम्म, यस बाङ्ला भाषाको विकिपिडियामा कुल ३५ लाख भन्दा बढी सम्पादन भैसकेको छ। हाल यसका ११ जना प्रवन्धकहरू रहेका छन् भने यस विकिपिडियाको गहिराई ३९० रहेको छ।

जनवरी २०१९ को अनुसार, बाङ्ला विकिपिडिया बाङ्ला भाषामा लिखित एकमात्र अनलाइन स्वतन्त्र विश्वकोश हो। यो इन्टरनेट बाङ्ला सामग्री सम्बन्धी वेबसाइटहरूको सबैभन्दा ठूलो वेबसाइट हो। सन् २०१० मा, मोबाइल फोनहरूमा बाङ्ला विकिपिडियाको मोबाइल संस्करण पनि सुरुवात गरिएको थियो। सन् २०१८ मा, बाङ्ला विकिपिडियालाई विश्वव्यापी रूपमा १९ करोड भन्दा बढी पटक अवलोकन गरिएको थियो। बाङ्ला विकिपिडियासँग बाङ्ला लिपि लेख्नको लागि एक उपकरण रहेको छ जसको प्रयोगले प्रयोगकर्ताहरूले तपाईं कुनै पनि ल्याटिन वर्णमाला कुञ्जीपाटी प्रयोग नयाँ तरीकाबाट बाङ्ला भाषामा लेख्न सक्दछन्। यसका लागि कुनै बाह्य सफ्टवेयरको आवश्यकता भने पर्दैन। (पूरा  पढ्नुहोस्...)

२०७७ असार तेस्रो[सम्पादन गर्नुहोस्]

लोत्ता सिलिन (स्वीडेनी: Lotta Schelin) (जन्म:२७ फेब्रुअरी १९८४), एक स्वीडेनी पूर्व व्यवसायीक फुटबल खेलाडी हुन् जसले भर्खरै (सन् २०१६ देखि सन् २०१८) दमल्सेभेन्स्कनको रुसेनगोद फुटबल क्लबका लागि अग्रपङ्क्तिको भूमिका निर्वाह गरिरहेकी थिइन्। उनले मार्च २००४ मा स्वीडेन राष्ट्रिय टोलीका लागि पदार्पण गरेकी थिइन् र अक्टोबर २०१२ मा क्यारोलिन सेगेरसँगै संयुक्त कप्तानको रूपमा नियुक्त भएकी थिइन्। सिलिनले स्वीडेन महिला राष्ट्रिय फुटबल टोलीका लागि युइएफए महिला च्याम्पियन्स लिगका २००५, २००९, २०१३ र २०१७ संस्करणहरूमा देशको प्रतिनिधित्व गरिसकेका छिन् भने सन् २००७, २०११ र २०१५ का फिफा महिला विश्वकपहरूमा पनि स्वीडेनको प्रतिनिधित्व गर्दै सहभागिता जनाइसकेकी छिन्। उनले सन् २००४, २००८, २०१२ र २०१६ को ओलम्पिक फुटबल प्रतियोगिताहरूमा पनि प्रदर्शन गरेकी थिइन्। (पूरा  पढ्नुहोस्...)

२०७७ असार चौथो[सम्पादन गर्नुहोस्]

टिकटकको प्रतिक

टिकटक (चिनियाँ: 抖音) (दोउयिन) एक प्रख्यात चिनियाँ श्रव्य दृश्य साझेदार गर्ने एक सामाजिक सञ्जाल सेवा हो जुन जुजि थाओदोङ (बाइटडान्स : अनुवादित शीर्षक) नामक चिनियाँ प्रविधि कम्पनीको स्वामित्वमा रहेको छ। यो चीनको राजधानी बेइजिङमा आधारित छ भने यसको स्थापना सन् २०१२ मा झाङ यिमिङले गरेका थिए। यो छोटो ओठ समक्रमण, सुखान्त र मनोरञ्जक तथा प्रतिभा सङ्ग्रहित श्रव्य दृश्यहरू सृजना गर्न प्रयोग गरिन्छ। यसको आधिकारिक अनुप्रयोग सन् २०१७ मा आइओएसएन्ड्रोइडको लागि चीन बाहिरका बजारहरूको लागि सुरु गरिएको थियो। बाइटडान्सले यसअघि सेप्टेम्बर २०१६ मा चिनियाँ बजारका लागि दोउयिन (चिनियाँ: 抖 音) सुरु गरेको थियो। टिकटक र दोउयिन समान छन्, तर चिनियाँ इन्टरनेट नियन्त्रण विधि प्रतिबन्धहरूलाई पालना गर्न छुट्टा छुट्टै सेवकहरूमा सञ्चालित छन्। अनुप्रयोगले ३ देखि १५ सेकेन्ड सम्मको ओठ समक्रमण समावेशको श्रव्य दृश्य सार्वजनिक गर्न अनुमति दिन्छ भने यसले छोटो दोहोरिँदो श्रव्य दृश्यको लम्बाईलाई ३ देखि ६० सेकेन्ड सम्ममा सीमित गरेको छ। यो एसिया, संयुक्त राज्य अमेरिका र विश्वका अन्य भू भागहरूमा लोकप्रिय छ। टिकटक चीनमा उपलब्ध छैन, र यसको सेवक अनुप्रयोगहरू उपलब्ध भएका देशहरूमा आधारित छन्। (पूरा  पढ्नुहोस्...)

२०७७ असार पाँचौँ[सम्पादन गर्नुहोस्]

२०१९ स्पाइडर-म्यान: फार फ्रम होमको प्रचार कार्यक्रममा

जेन्डेया मेरी स्टोएर्मर कोलेमन (जन्म सेप्टेम्बर १, १९९६), जेन्डेयाको रूपमा परिचित, एक अमेरिकी अभिनेत्री तथा गायिका हुन्। डिज्नी च्यानल धारावाहिक शेक इट अप (सन् २०१०–२०१३) मा रकी ब्लूको भूमिकाको लागि ख्याती प्राप्त गर्नु अघि, उनले एक बाल कलाकार तथा पृष्ठभूमि नर्तकीको रूपमा आफ्नो कार्यकाल सुरु गरेकी थिइन्। सन् २०१३ मा जेन्डेया प्रतियोगिता शृङ्खला डान्सिङ विथ द स्टार्सको सोह्रौँ संस्करणमा एक प्रतिस्पर्धीको रूपमा रहेकी थिइन्। सन् २०१५ देखि २०१८ सम्म उनले के.सी. कूपरको रूपमा धारावाहिक के.सी. अन्डरकभरमा निर्माण र अभिनय गरेकी थिइन् र सन् २०१९ मा एचबीओ नाटक शृङ्खला युफोरियामा मुख्य भूमिकामा अभिनय गर्न सुरु गरेकी थिइन्। उनको चलचित्र भूमिकाहरूमा साङ्गीतिक नाटक चलचित्र द ग्रेटेस्ट सोम्यान (सन् २०१७) र सुपरहीरो चलचित्रहरू स्पाइडर-म्यान: होमकमिङ (सन् २०१७) र यसको उत्तरकथा स्पाइडर-म्यान: फार फ्रम होम (सन् २०१९) सामेल छन्। (पूरा  पढ्नुहोस्...)