आषाढ
Jump to navigation
Jump to search
आषाढ वा असार १२ महिनाहरू मध्यको तेस्रो महिना हो । सौर्यमासका अनुसार अषाड महिना मिथुन सङ्क्रान्तिको दिनबाट सुरु हुन्छ । चन्द्रमासको अनुसार अषाडको महिना जेष्ठ पूर्णिमाको भोलिपल्ट देखि सुरु हुन्छ । शाक्य पञ्चाङ्गका अनुसार अषाडको महिना मिथुन सक्रांतिको पाँच दिन पछाडी देखि सुरु हुन्छ। समान्यतया सूर्यमास शुत्रनै प्रयोगमा ल्याईएको पाइन्छ। अषाड सालको तेस्रो महिना र गृष्मऋतुको दोस्रो महिना हो । अङ्ग्रेजी महिनाको आधा जुन महिना आधा जुलाई महिना आषाढ महिना भित्र पर्छ। असार महिनामा सूर्य मिथुन राशिमा रहन्छ।
चाड पर्वहरू[सम्पादन गर्ने]
असार महिनामा नेपाल तथा भारतका मान्छेहरूले निम्न चाडपर्वहरू मनाउने गर्दछन्।
- महिनाको पहिलो दिन भुमे सक्रान्ति पर्व पर्दछ। यस दिन भुमे पुजा अथवा भुमे देवताको पुजा गर्ने प्रचलन रहेको छ। नेपालको मध्य पश्चिम र सुदूर पश्चिमका खाम भाषा प्रयोग गर्ने मगरहरू यस दिन दिउँसो जङ्गलमा गएर झुमभुम र भकिमिलोको लठ्ठिहरू काटेर ल्याउने, साँझ भुमे पुजा गरिसकेपछि लठ्ठिले सबै गाउँका घरको छानाहरू ठटाउने गर्दछन्। यसरी छाना ठटाए वापत घर मुलीले छाना ठटाउनेहरूलाई रोटी दिने प्रचलन छ। रात्रीमा उनिहरू झुमभुम कानमा सिउरेर फुर्कानाँच गरी रमाइलो गर्दछन्।
- असार कृष्ण अष्टमीका दिन पशुपतिमा त्रिशुल जात्रा हुन्छ।
- आषाड शुक्ल द्वितीयाका दिन जगन्नाथ रथयात्रा हुन्छ।
- आषाड शुक्ल दशमीका दिन देखी चार महिना सम्म चल्ने चतुर्मासव्रत प्रारम्भ गरिन्छ।
- आषाड शुक्ल पुर्णिमाको दिन गुरुपुर्णिमा पर्व पर्दछ। आफुलाई शिक्षा दिक्षा दिने गुरुको सम्मान गरेर गुरुपुर्णिमा पर्व मनाउने प्रचलन छ।
हामीलाई था भएन् ।
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा आषाढ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
यि पनि हेर्नुहोस्[सम्पादन गर्ने]