सामग्रीमा जानुहोस्

टीकापुर नगरपालिका

(टिकापुर नगरपालिकाबाट अनुप्रेषित)
टीकापुर
नगरपालिका
टीकापुर उद्यान
टीकापुर उद्यान
टीकापुर मा पर्दछ सुदूरपश्चिम प्रदेश
टीकापुर
टीकापुर
नक्सामा टीकापुरको अवस्थिति
टीकापुर मा पर्दछ नेपाल
टीकापुर
टीकापुर
टीकापुर (नेपाल)
निर्देशाङ्क: २८°३१′३०″उ ८१°०७′१५″पू / 28.52500°N 81.12083°E / 28.52500; 81.12083
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकैलाली
नगरपालिकावि.सं. २०५३ माघ ११[]
समावेश (गाविस)टीकापुर
सम्मिलित (मिति)वि.सं. २०५३ माघ ११
समावेश (गाविस)नारायणपुरधनसिंहपुर
सम्मिलित (मिति)वि.सं. २०७३ फाल्गुन २२
सरकार
  नगरप्रमुखरामलाल डगौरा थारु (नागरिक उन्मुक्ति पार्टी)
  उपप्रमुखखडकबहादुर शाह (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा११८.३३ किमी (४५.६९ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा८९,८३५
  घनत्व७६०/किमी (२०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९१
वेबसाइटआधिकारिक वेबसाइट

टीकापुर नगरपालिका नेपालको सुदूरपश्चिम प्रदेशमा पर्ने कैलाली जिल्लाको एक नगरपालिका हो। कैलाली जिल्लाको तत्कालिन टीकापुर गाउँ विकास समितिका सम्पूर्ण वडालाई वि.सं. २०५३ माघ ११ गते टीकापुर नगरपालिका घोषणा गरिएको थियो। नेपालमा सङ्घीय शासन व्यवस्था लागू भएपछि स्थानीय तहको गठन भएसँगै वि.सं. २०७३ फाल्गुन २२ मा नारायणपुरधनसिंहपुर गाविसका सबै वडाहरूलाई यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो।[][][] कुल ९ वडामा विभाजित यो नगरपालिकाको जनसङ्ख्या वि.सं. २०६८ सालको जनगणना अनुसार ७६,०८४ रहेको छ। यो नगरपालिकालाई सुदूरपश्चिमको पूर्वी मूल गेट कर्णाली पुलबाट १३ किलोमिटर पश्चिममा पर्ने लम्की, धनगढी, महेन्द्रनगर जस्ता प्रमुख सहरहरू जोड्ने उद्गम बिन्दु मान्ने गरिन्छ।[]नेपालको सबैभन्दा ठूलो मानव निर्मित उद्यान टीकापुर पार्क यसै नगरपालिकाभित्र रहेको छ।[]

घना जङ्गलले भरिभराउ रहेको यस क्षेत्रमा मानिसहरूको बस्ती बसाल्ने क्रममा यहाँका मानव बस्तीहरू टीका जस्तै गोलाकार रूपमा बसेकोले यस क्षेत्रको नाम टीकापुर रहन गएको भन्ने भनाइ छ। यस्तै अर्कों भनाइ अनुसार मानव बस्ती बसने क्रममा जङ्गल फडानीको कार्य दशैंको टीकाको दिनदेखि प्रारम्भ गरिएकोले यस ठाउँको नाम टीकापुर रहन गएको भन्ने भनाइ छ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार टीकापुर नगरपालिकाको कुल जनसङ्ख्या ८९,८३५ रहेको छ भने यहाँ २०,९३० घरधुरी रहेका छन्।[]

टीकापुर नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका वडा/गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
टीकापुर (९)४६,६९७२१.९१२१३१.३१
टीकापुर (८)७,५५३१७.४७४३२.३४
टीकापुर (५-६)५,१८२७.६७६७५.६२
टीकापुर (१,४)४,७७६५.९३८०५.४०
टीकापुर (२-३,७)४,९३३१४.२६३४५.९३
नारायणपुर (१–४,७)४,९१८१०.९६४४८.७२
नारायणपुर (५-६, ८-९)७,०८२१५.०१४७१.८२
धनसिंहपुर (१–३,९)५,०६८१६.५२३०६.७८
धनसिंहपुर (४–८)३,६२६८.६४२१.६३
जम्मा८९,८३५११८.३३७५९.१८

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "चार किल्ला खोली नगरपालिका क्षेत्र तोकी बिभाजन गरेको", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच जनवरी २०२२
  2. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  3. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१
  4. "गाउँ र नगरपालिका कुन जिल्लामा कति ?", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४
  5. काफ्ले, प्रतिक्षा (३० फाल्गुन २०७३), "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर, अन्तिम पहुँच ३० फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०५-०६ वेब्याक मेसिन
  6. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३ अभिलेखिकरण २०१७-०५-१८ वेब्याक मेसिन
  7. "टीकापुर नगरपालिकाको भ्रमण: अनुभूति र सिकाई", अनुमोदन दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-३०
  8. "ओझेलमा टीकापुर पार्क", आँपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-३०
  9. "टीकापुर नगरपालिकाको संक्षिप्त परिचय", टीकापुर नगरपालिका (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-३०

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]