ढाँचा:इतिहासमा आज/अप्रिल
स्वरूप
अप्रिल, {{{1}}}
[सम्पादन गर्नुहोस्]१, अप्रिल (जन्म): 
रेन्डी ओर्टन (सन् १९८०)

- १९७६- स्टिभ जब्स, स्टिभ बाजनियाक तथा रोनाल्ड बाइनेले एप्पल (हाल एप्पल कम्पनी) को स्थापना गरेका थिए ।
२, अप्रिल (जन्म): 
लेला मिलानी (सन् १९८२)

- वि.सं. २००२ (सन् १९४५) - सोभियत संघ तथा ब्राजिल बीच कुटनीतिक सम्बन्ध स्थापित भएको थियो ।
- वि.सं. २०६८ (सन् २०११) - भारतले २०११ क्रिकेट विश्वकप जितेको थियो ।
३, अप्रिल (जन्म): 
प्रभु देवा (सन् १९७३)

- वि.सं. २०६६ (सन् २०१०) - एप्पल कम्पनीले पहिलो आइप्याड सार्वजनिक गरिएको थियो ।
४, अप्रिल (जन्म): 
डेभिड ब्लेन (सन् १९७३)

- वि.सं. २०३१ (सन् १९७५) - बिल गेट्स तथा पाउल एलेनको साझेदारीमा माइक्रोसफ्टको स्थापना गरिएको थियो ।
५, अप्रिल (जन्म): 
कोलिन पावेल (सन् १९३७)

- वि.सं. २०७७ (सन् २०२१) - इटालीले नैतिक र धार्मिक आधारमा फिल्म प्रतिबन्ध लगाउन सक्ने १९१४ को फिल्म सेन्सरशिप कानुन खारेज गर्यो।
- वि.सं. २०७८ (सन् २०२२) - चीनले "शून्य-कोभिड" नीति अनुसरण गर्दै कोभिड १९ सङ्क्रमण बढिरहेको अवस्थामा साङ्घाईले शहर भरि लकडाउन विस्तार गरेको थियो।
६, अप्रिल (जन्म): 
सुचित्रा सेन (सन् १९३१-२०१४) ~ बसन्त रेग्मी (सन् १९८६)

- वि.सं. २०५७ (सन् १९९१) - अर्जेन्टिनाका प्रचलित फुटबल खेलाडी डिएगो म्याराडोनालाई लागु औषधी प्रयोग गरेको आरोपमा १५ महिनाको लागाी इटालियन लिगबाट प्रतिबन्ध लगाइएको थियो ।
७, अप्रिल (जन्म): 
ज्याकी च्यान (सन् १९५४)

- १९९९- अमेरिका तथा युरोपियन संघको लामो समयसम्म चलेको केरा बिवादमा विश्व व्यापार संगठनले अमेरिकाको पक्षमा निर्णय गरेको थियो ।
११, अप्रिल (जन्म): 
कस्तूरबा गान्धी (सन् १८६९)

- १८६९- महात्मा गान्धीको भारतीय पत्नी कस्तूरबा गान्धीको आजको दिनमा जन्म भएको थियो ।
१२, अप्रिल (जन्म): 
जाकोब जुमा (सन् १९४२)

- वि.सं. २०६६ (सन् २००९) - जिम्बाब्वेले आधिकारिक रूपमा आफ्नो मुद्रा जिम्बाब्वे डलरलाई त्याग गरेको थियो ।
१३, अप्रिल (जन्म): 
कार्लोस पुयोल (सन् १९७८)

- वि.सं. २०५४ (सन् १९९७) - सबैभन्दा कम उमेरमा मास्टर्स टुर्नामेन्ट जित्ने गोल्फर टाइगर वुड्स बनेका थिए ।
- वि.सं. २०७३ (सन् २०१७) - अमेरिकाले आइएसआइएस बिरूद्ध अफगानिस्तानमा ९,५२५ किलोग्रामको बम प्रहार गरेको थियो ।
१४, अप्रिल (जन्म): ~ विनोद चौधरी (सन् १९५५)
- वि.सं. २०६७ (सन् २०१०) - चिनको किङ्गहाईमा ६.९ रेक्टर स्केलको शक्तिशाली भूकम्प जाँदा २७०० जनाको ज्यान गएको थियो ।
- वि.सं. २०७१ (सन् २०१४) - नाइजेरियाको अबुजामा लगातार दुई बम बिष्फोट हुँदा ७५ जनाको ज्यान जानुका साथै १४१ घाइते भएका थिए ।
१६, अप्रिल (जन्म): 
प्रतापसिंह शाह (सन् १७५१)

- वि.सं. २०२९ (सन् १९७२) - अपोलो कार्यक्रम: केप क्यानाभेरल, फ्लोरिडाबाट अपोलो १६ प्रक्षेपण गरिएको थियो।
- वि.सं. २०५८ (सन् २००१) - भारत र बङ्गलादेशबीच पाँच दिनदेखि सीमा विवाद सुरु भएपनि सीमा विवाद समाधान हुन सकेन्।
- वि.सं. २०७० (सन् २०१३) - इरानमा गएको ७.८ रेकटर स्केलको भुकम्पको कारण ३७ जनाको मृत्यु भएको थियो।
१७, अप्रिल (जन्म): 
खड्गजीत बराल (सन् १९२८)

- वि.सं. २००३ (सन् १९४६) - सीरिया फ्रान्सबाट स्वतन्त्रता प्राप्त गरेको थियो।
- वि.सं. २०२८ (सन् १९७१) - बङ्गलादेशको अन्तरिम सरकार बनेको थियो।
१८, अप्रिल (जन्म): 
पुनम ढिल्लोन (सन् १९६२)

- वि.सं. २०७० (सन् २०१३) - इराकको बगदादमा आत्मघाती बम बिष्फोटमा २७ जनाको ज्यान गएको थियो भने ६५ जना घाइते भएका थिए ।
- वि.सं. २०७१ (सन् २०१४) - सगरमाथा हिमपहिरोमा परी १६ जनाको ज्यान गएको थियो ।
१९, अप्रिल (जन्म): 
अर्शद वार्सी (सन् १९६८) ~ मदनकृष्ण श्रेष्ठ (सन् १९५०)

- वि.सं. २००५ (सन् १९४८) - बर्माले संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरेको थियो ।
२०, अप्रिल (जन्म): 
अडोल्फ हिटलर (सन् १८८९)

- १८६२ - लुइस पास्चर तथा क्लाउड बर्ननार्डले पहिलो पास्चराइजेसन जाँच सम्पन्न गरेका थिए ।
२१, अप्रिल (जन्म): 
एलिजाबेथ दोश्रो (सन् १९२६)

- वि.सं. २०१७ (सन् १९६०) - ब्राजिलको पुरानो राजधानी रियो दी जेनेरियोलाई सारेर आधिकारिक रूपमा ब्रसिलियालाई राजधानी घोषित गरिएको थियो ।
२२, अप्रिल (जन्म): 
व्लादिमीर लेनिन (सन् १८७० - १९२४) ~ शक्ति गौचन (सन् १९८४)

- वि.सं. २०६९ (सन् २०१३) - रसियाको बेलगोरोडमा भएको बन्दुक हमलामा ६ को मृत्यु भएको थियो ।
- वि.सं. २०८१ (सन् २०२५) - भारतको कश्मीरमा अवस्थित पर्यटकीय क्षेत्र पहलगाममा आतंकवादी हमला हुँदा २६ जनाको मृत्यु भएको थियो ।
२३, अप्रिल (जन्म): 
जोन सिना (सन् १९७७)

- वि.सं. २०६२ (सन् २००५) - मी एट द जु नामक पहिलो भिडियो युट्युबमा अपलोड गरिएको थियो ।
२४, अप्रिल (जन्म): 
सचिन तेन्दुलकर (सन् १९६३)

- २०१३ - बङ्गलादेशको शभर उपाजिलामा भवन भत्किदा २५६ जनाको मृत्यु हुनुको साथै १००० जना घाइते भएका थियो ।
२५, अप्रिल (जन्म): 
गुग्लिल्मो मार्कोनी (सन् १८७४)

- वि.सं. २०७२ (सन् २०१५) - नेपालमा गोर्खा जिल्लाको बारपाकलाई केन्द्र बनाएर ७.८ रेक्टर स्केलको विनाशकारी महाभूकम्प गएको थियो। उक्त विनाशकारी महाभूकम्पको कारण ९,००० भन्दा बढीको मृत्यू भएको थियो।
२७, अप्रिल (जन्म): 
एडभार्ड मोजर (सन् १९६२)

- वि.सं. २०६२ (सन् २००५) - सुपरजम्बो जेट विमान एयरबस ए३८० ले फ्रान्सको टुलुजबाट आफ्नो पहिलो उडान गर्दछ।
२८, अप्रिल (जन्म): 
पेनेलोपे क्रुज (सन् १९७४)

- वि.सं. २०५८ (सन् २००१) - डेनिस टिटो विश्वको पहिलो अन्तरिक्ष पर्यटक बनेका थिए ।
२९, अप्रिल (जन्म): 
हिरोहितो (सन् १९०१)

- वि.सं. २०७० (सन् २०१३) - चेक गणतन्त्रको राजधानी प्रागको एक कार्यालयमा प्राकृतिक ग्यास बिष्फोट हुँदा ४३ जना घाइते भएका थिए ।
३०, अप्रिल (जन्म): 
रोहित शर्मा (सन् १९८७)

- वि.सं. २०५२ (सन् १९९५) - बिल क्लिन्टन उत्तरी आयरल्याण्ड भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रपति भएका थिए ।



