सामग्रीमा जानुहोस्

हनुमाननगर कङ्कालिनी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हनुमाननगर कङ्कालिनी नगरपालिका
हनुमाननगर कङ्कालिनी नगरपालिका मधेश प्रदेश मा अवस्थित छ
हनुमाननगर कङ्कालिनी नगरपालिका
मधेश प्रदेशको नक्सामा हनुमाननगर कङ्कालिनी नगरपालिकाको अवस्थिति
निर्देशाङ्क: २६°३८′N ८६°४०′E / 26.63°N 86.67°E / 26.63; 86.67
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासप्तरी
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखवीरेन्द्र माझी (जनमत पार्टी)
  उपप्रमुखसरितादेवी यादव सिपालिया (जनता समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
  जम्मा११८.१९ किमी (४५.६३ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा५२,७९६
  घनत्व४५०/किमी (१२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४६
केन्द्रसाविक हनुमाननगर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

हनुमाननगर कङ्कालिनी नगरपालिका सप्तरी जिल्लाको ९ नगरपालिकाहरू मध्येको एक हो।[][][] स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा हनुमाननगर, जोगिनियाँ-१, जोगिनियाँ-२, गोवरगाढाइनर्वा गरी ५ गाउँ विकास समितिहरूलाई समेटेर हनुमाननगर योगिनीमाई नगरपालिका घोषणा गरिएको थियो।[] भने २७ फागुन २०७३ मा क्षेत्र विस्तार गर्दा साविकको रामपुर मल्हनियाँ, भारदह, पोर्ताहामधुवापुर गाविसलाई पनि यसमा गाभिएको थियो। हनुमाननगर कङ्कालिनी नगरपालिकाको केन्द्र हनुमाननगर गाउँ विकास समितिको कार्यालयमा रहेको छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार हनुमाननगर कङ्कालिनी नगरपालिकाको कुल जनसङ्ख्या ५२,७९६ रहेको छ भने यहाँ १०,६४५ घरधुरी रहेका छन्।[]

वडागत विभाजन र जनसङ्ख्या

[सम्पादन गर्नुहोस्]

नेपालको बाह्रौँ राष्ट्रिय जनगणना, २०७८ अनुसार हनुमाननगर कङ्कालिनी नगरपालिकाको कुल जनसङ्ख्या ५२,७९६ रहेको छ। यस नगरपालिकालाई १४ वटा वडाहरूमा विभाजन गरिएको छ। नगरपालिकाको वडागत विवरण, क्षेत्रफल र जनघनत्वको विस्तृत तथ्याङ्क तलको तालिकामा दिइएको छ:

हनुमाननगर कङ्कालिनी नगरपालिकाको वडागत विभाजन, जनसङ्ख्या र जनघनत्व (२०७८)
वडा नं.समावेश साविकका वडाहरू/गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
भारदह८,१९४२८.०८२९१.८१
जोगिनियाँ-२ (७-९)२,०९२४.०१५२१.७०
पोर्ताहा६,११४५.९५१,०२७.५६
मधुवापुर८,१२७८.१९९९२.३१
जोगिनियाँ-१ (१-४)२,१६५४.०६५३३.२५
जोगिनियाँ-२ (१-६)३,८१३३.६२१,०५३.३१
हनुमाननगर (१,४,७)२,६२२१.५८१,६५९.४९
जोगिनियाँ-१ (६-९)१,९४०१.५८१,२२७.८५
हनुमाननगर (२-३,५)२,२९३०.७३३,१४१.१०
१०इनर्वा (१-५)२,२२१२.३४९४९.१५
११इनर्वा (६-९)२,४१६१.९३१,२५१.८१
१२हनुमाननगर (६,८-९)२,५४११.३७१,८५४.७४
१३गोवरगाढा७००४६.९२१४.९२
१४रामपुर मल्हनियाँ७,५५८७.८४९६४.०३
जम्मा५२,७९६११८.२४४६.६७

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "२६ नयाँ नगरपालिका थप", नागरिक न्युज, अन्तिम पहुँच १ असोज २०७२
  4. "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, अन्तिम पहुँच १ असोज २०७२
  5. "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबर, अन्तिम पहुँच १ असोज २०७२ अभिलेखिकरण २०१५-०९-२० वेब्याक मेसिन
  6. "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ असोज १, अन्तिम पहुँच २०७२ आस्विन १ अभिलेखिकरण २०१५-०९-१९ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]