अमेरिकाको स्वतन्त्रता दिवस
Independence Day | |
---|---|
वैकल्पिक नाम | The Fourth of July The Glorious Fourth The Fourth |
अनुयायी | United States |
प्रकार | National |
महत्त्व | The day the Declaration of Independence was adopted by the Continental Congress |
उत्सव | Fireworks, Family reunions, Concerts, Barbecues, Picnics, Parades, Baseball games |
मिति | (२०११) सोमबार, जुलाई ४ |
अमेरिकाको स्वतन्त्रता दिवस जुलाई महिनाको ४ तारिखका दिन मनाइन्छ । यो सङ्घीय (सार्वजनिक) बिदाको दिन हो। यसलाई फोर्थ अफ जुलाई भनिन्छ। सन् १७७६ जुलाई ४ मा बेलायतबाट अमेरिका स्वतन्त्र भएका अवसरमा यो दिवस मनाइन्छ। यस अवसरमा पटाका, झिरझिरे बाल्नुका साथै कवाज गरिन्छ। मासु पोलेर खाने, उत्सव गर्ने, मेला गर्ने, वनभोज जाने, संगीत कार्यक्रम आदि गर्ने गरिन्छ।
पृष्ठभूमी
[सम्पादन गर्नुहोस्]यो सन्दर्भ करिब अढाई सय वर्ष अघिको हो । अमेरिकामाथि बेलायती कब्जा थियो । बेलायती कानुनको विभेदपूर्ण व्यवहारका कारण अमेरिकीलाई बेलायती-शासन मनपरेको थिएन। यहि क्रममा सन् १७७४ मा १३ मध्ये १२ उपनिवेशका प्रतिनिधिहरू पेन्सलभानिया राज्यको फिलाडेल्फियामा भेला हुनुभयो। जर्जियाका प्रतिनिधिमात्र अनुपस्थित हुनुहुन्थ्यो। यी उपनिवेशमा बेलायत विरुद्ध लड्ने तयारी भइरहेको थियो। अनि बेलायत विरुद्ध युद्ध पनि शुरु भयो। सन् १७७५ मा कंग्रेस बस्दा युद्ध चलिरहेको थियो। उक्त कंग्रेसले थोमस जेफरसन र अन्य ज्ञातालाई 'स्वतन्त्रताको घोषणा-पत्र'तयार गर्ने जिम्मेवारी दियो। जेफरसनले घोषणा-पत्र तयार पारेपछि जोन एडम्स्, बेन्जामिन फ्र्याङ्कलिनसहितको समितिलाई मूल्यांकन गर्न दिनुभयो। उक्त समितिले घोषणा-पत्रमा केही संशोधन गरेपछि कंग्रेसमा पढेर सुनाइयो। यी १३ उपनिवेशले स्वतन्त्रताको घोषणा-पत्र सन् १७७६ जुलाई ४ मा ग्रहण गरे ।
शुरूका १३ राज्य
[सम्पादन गर्नुहोस्]अमेरिकामा शुरूमा १३ राज्यहरू मात्र थिए। ती - डेलावर, पेन्सलभेनिया, न्यू जर्सी, जर्जिया, कनेक्टिकट, मासाचुसेट्स, मेरिल्याण्ड, साउथ क्यारोलाईना, न्यु ह्याम्सर, भर्जिनिया, न्यु योर्क, नर्थ क्यारोलाईना र रोड आइल्याण्ड हुन् । बेलायतको उपनिवेशबाट अमेरिकालाई स्वतन्त्र बनाउने शुरुका यी १३ राज्य हुन्।
चित्र ग्यालेरी
[सम्पादन गर्नुहोस्]-
An 1825 invitation to an Independence Day celebration
-
In addition to a fireworks show, Miami lights one of its tallest buildings with the patriotic red, white and blue color scheme on Independence Day
-
New York City's fireworks display, shown above over the East Village, is sponsored by Macy's and the largest in the country
-
Patriotic trailer shown in theaters prior to the 4th of July 1940
-
A traditionally-decorated fourth of July cake.