गुरुङ जाति
जम्मा जनसङ्ख्या | |
---|---|
५,४३,५७१ | |
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू | |
नेपाल | |
भाषाहरू | |
गुरुङ, मनाङ, लोके, सेके | |
धर्महरू | |
बहुमत बोन धर्म[१] |
गुरुङ समुदाय- नेपालको पश्चिमाञ्चल क्षेत्रमा बसोबास गर्ने एक मुलवासी भुमिपुत्र मंगोल वर्ण को समुदाय हुन्। मुख्यतय गुरुङ समुदाय गण्डकी अञ्चलमा बसोबास गर्दछन्, खासगरि लमजुङ, कास्की, तनहुँ, गोर्खा, पर्वत, स्याङ्जा र अन्नपूर्ण हिमशृङ्खला आसपास मनाङ जिल्लाहरूमा गुरुङहरूको बाहुल्यता रहेको छ। कोही बागलुङ, ओखलढुङ्गा र ताप्लेजुङ जिल्लाहरूमा र माछापुच्छ्रे आसपास पनि बसोबास गर्दछन्। थोरै सङ्ख्यामा भएपनि सिक्किम र भुटानमा समेत बसेको अनुमान गरिन्छ।[२]
वि.सं २०५८ तथ्याङ्क अनुसार ५४३,५७१ गुरुङ (तमु) (नेपालको कूल जनसङख्याको २.३९%) छन् जसमध्ये ३३८,९२५ गुरुङ भाषा बोल्दछन्।[३] तिब्बतको दक्षिणी जिल्लाहरूमा गुरुङ जातिको उत्पत्ति भएको मानिन्छ। केही मानव इतिहासविद्हरूका अनुसार, गुरुङ वा तमु, एतिहासिक आदि-मङ्गोल जातिबाट उत्पत्ति भएका विश्वास गर्छन् र मध्य एसियाबाट सर्दै र फैलिदैँ आएको पनि बताइन्छ तर केही विद्वान् भने गुरुङहरू मङ्गोलियाबाट बसाइँसराइ गरि आएकोमा आफ्नो मत व्यक्त गर्छन्।
किंवदन्ती
[सम्पादन गर्नुहोस्]मनाङबाट सन् ५०० तिर केही तमुहरू शिकार खेल्दै उत्तरी भेकबाट अन्नपूर्ण शृङ्खलापार गरी दक्षिणी भेकमा आएका थिए। तिनीहरूले त्यो लेकाली भूमि मन पराएकोले त्यहा केही अन्नको बीउ छरेर फर्के दोस्रो पटक आउदा त्यहाँ उनीहरूले सप्रेको बाली पाए। तेस्रो पटकमा तीनवटा थरका तमुहरू त्यहा आएर तीन समूहमा बस्ती बसाली क्होल सोप्रे ट्हो (गाउँ) नामाकरण गरे। हिमाल वारि दक्षिणी भेकमा यो तमुहरूको पहिलो ऐतिहासिक गाउँ थियो र एकताबद्ध आखिरी गाउँ पनि बन्यो। त्यस पछि मनाङ मुस्ताङबाट अरु तमुहरू पनि बसाई सर्दै आए। मुस्ताङमा बाकि रहेका तमुहरू पछि थकाली (ताम्हा) बने।[४]
तमु तथा गुरुङ शब्दको उत्पत्ति
[सम्पादन गर्नुहोस्]नेपालको यस प्रमुख जातिलाई नेपाली भाषामा गुरुङ भने पनि गुरुङहरूले गुरुङ भाषामा आफूलाई तमु भन्छन्। तमु र गुरुङ एउटै जातिलाई जनाउने दुईवटा नामयोग शब्द हुन्। तमु दुईवटा अक्षरहरू मिलेर बनेको शब्द हो। तमुको तले वज्र, माथि, घोडा र वञ्चरोलाई जनाउँछ भने मुले आकाशलाई जनाउँदछ। समग्र रूपमा तमुले आकाशको वज्र, घोडा भएका अथवा पालक तथा लेकाली मानिस भन्नेे बुझिन्छ। तिब्बती भाषा अनुसार, गुरुङ शब्द ‘ग्रोङ’ शब्दबाट बनेको हो जसको अर्थ किशान वा कृषक भन्ने हुन्छ। तिब्बती भाषाको घोरुङ शब्दको अपभ्रंश भएर गुरुङ भएको पनि मानिन्छ।[५] गुरुङ जातिलाई नेपाल सरकारले नेपालका प्रमुख जनजातिमा सूचीकृत गरेको छ।[६] हालको गण्डक क्षेत्र अर्थात् कालीगण्डकी र बुढीगण्डकी बीच भागमा गुरुङ जातिहरूको थातथलो हो। गुरुङ जाति र भाषा सम्बन्धित दस्तावेजहरूमा, १४०० वर्ष अगाडि, मङ्गोलिया देशको वरिपरिबाट यस जातिको सांस्कृतिक विकास भएको मानिन्छ। विभिन्न देश तथा क्षेत्रहरू पार गर्दै चीनको तिब्बत हुँदै गुरुङहरू नेपालमा भित्रिएका थिए, सुरुवातमा नेपालको अन्नपूर्ण हिमालको वारीपारीबाट हालको मनाङ, मुगु, डोल्पा र मुस्ताङ हुँदै गण्डक क्षेत्रमा प्रवेश गरे पश्चात् संखुवासभा जिल्लाको रुम्जाटारबाट बसाई सर्दै पूर्व तर्फ धनकुटाको मादीखर्क ताप्लेजुङ, पाँचथर, इलाम, सिक्किम, दार्जिलिङ, आसाम, मणीपुर र म्यानमारसम्म फैलिएर बसेको थियो।[२]
भाषा र भेषभुषा
[सम्पादन गर्नुहोस्]एघारौँ राष्ट्रिय जनगणना २०६८को अनुसार, गुरुङ जातिको कुल जनसङ्ख्या ५,२२,६४१ रहेको थियो जसमध्ये पुरुषको जनसङ्ख्या २,८३,७८० र महिलाको जनसङ्ख्या २,३८,८६१ रहेको थियो जसमध्ये ३,२५,६२२ ले मातृभाषाको रूपमा गुरुङ भाषा बोल्दछन्।[५] गुरुङ भाषालाई वक्ताहरूले तमु क्यी भन्छन्। गुरुङ भाषा भोट बर्मेली भाषा परिवार अन्तर्गत पर्दछ। यो भाषा देवनागरी र खेमाप्ही लिपिमा लेखिन्छ। गुरुङ भाषा बोल्ने वक्ताहरूको सङ्ख्या २०६८ सम्म, १.२३% रहेको छ।[७] नेपालका तिब्बती भाषा परिवारका विभिन्न भाषा समूहमध्ये थकाली भाषा र तामाङ भाषासँग गुरुङ भाषाको धेरै नजिकको सम्बन्ध रहेको छ। मुलवासी भुमिपुत्र मंगोल वर्ण तमु गुरुङ समुदाय को पुरुषहरु ले भेषभुषा भोटो,आस्कोट,कछाड सङै पाखी र निलो पटुकी भाङ्गग्रा,टोपी वा फेटा,गल्बन्दी र महिला हरु ले मखमली चोली,छिट्को गुन्यु,टिकिस,निलो पटुकी,बुट्टे कर्मु,हरियो पोते,पिरुमाला (मुगामाला),शिरमा शिरफुल,सिरबन्डी,हबेल माला.........आदि लगाउने गर्छन् [८][९]
भौगोलिक वितरण
[सम्पादन गर्नुहोस्]एघारौँ राष्ट्रिय जनगणना २०६८ सम्म, गुरुङ जातिको जनसङ्ख्या ५२,२२,६४१ रहेको थियो जुन नेपालको कुल जनसङ्ख्याको २.०% रहेको थियो। मनाङ (५२.४%), लमजुङ (३१.३%), मुस्ताङ (२१.४%), गोरखा (१६.७%), कास्की (१६.६%), तनहूँ (११.५%), स्याङ्जा (९.०%), डोल्पा (७.१%), चितवन (६.८%) , धादिङ (५.५%), सङ्खुवासभा (५.४%), ताप्लेजुङ (४.६%), पर्वत (३.७%), रसुवा (३.१%), तेहरथुम (२.९%), इलाम (२.९%), काठमाडौँ (२.७%), नवलपरासी (२.४%) र रूपन्देही (२.०%) गरि माथि उल्लेखित जिल्लाहरूमा राष्ट्रिय औसत भन्दा गुरूङ जनताको आवृत्ति बढी थियो।
सामाजिक व्यवस्था
[सम्पादन गर्नुहोस्]गुरुङ जातिमा मामा चेला फुपु चेला सोलीडोली चल्छ। त्यसैले नेपालको कानुनमा हिन्दू धार्मिक परम्परा अनुसार जेसुकै भए पनि गुरुङको हकमा मामाको छोरी रोजीरोजी फुपूको छोरी खोजीखोजी विवाह गर्ने परम्परालाई मान्यता दिएको पाइन्छ।[१०] खेगी चोँगी र पैँडी यस जातिका सामाजिक व्यवस्थापनका अभिन्न अङ्ग हुन्। सामाजिक काम कुरामा कुनै नयाँ कामको थालनी वा कामकाज गर्ने क्रममा विवाद पर्यो भने खेगी, चोंगी (जजमान भद्रभलादमी) र पैंडी (ज्योतिषी) सबै एकै ठाउँमा भेला भएर कस्तो प्रक्रियाले त्यो कार्य सम्पन्न गर्ने भन्ने कुराको निर्णय खेगीले गर्दछ। कुन चाहिँ काम गरेमा सबैको भलो हुन्छ भन्ने कुराको निर्णय चोंगीले गर्दछ। कुन तिथि मिति पारेर कार्यारम्भ गरेमा शुभअशुभ के हुन्छ भन्ने कुराको निर्णय पैंडीले गर्दछ। तमु समुदाय राष्ट्र निर्माणको धरोहर बन्न सक्नुमा यिनै ऐतिहासिक परम्पराको पृष्ठभूमीले ठूलो योगदान पुर्याएको छ।
चाड पर्व
[सम्पादन गर्नुहोस्]जन्मदेखि मरणसम्मका संस्कार र परम्परा तथा प्राचिन पौणीरक जातिया सांस्कृतिका धनी, तमु (गुरुङ)को आफ्नै रीतिरिवज, चाड पर्ब सम्बन्धि आफ्नै विशिष्ट परम्परा अझैसम्म रहेको पाइन्छ। यस जातिको पुर्खौली धर्म, बोन धर्मानुसार जस आन्तर्गत, गुरुङहरूको मुल चाड पर्वहरूमा क्रमशः ल्होसार (पौष १५), माँङी त्ह्ये (माघे संक्रान्ति), खे कु त्ह्ये (फाल्गुन पूर्णिमा), चैत्रको ३ मंगलबार (ट्हो त्हेँ) गाउँ बार्ने, खेकु माँङी थेब त्ह्ये (वैशाख पूर्णिमा), क्ह्वोइडुलु मार (श्रावण संक्रान्ति), ख्योदो म्हाँमै त्ह्ये (भदौ पूर्णिमा) आदि हुन्।[२]
बाजाहरू
[सम्पादन गर्नुहोस्]गुरुङ जातिका बाजाहरू धेरै प्रकारका छन्। कोप्रे, तौँधू , छैँडू, घोरलसिँगी, धनुसारङ्गी, ङहा, खैँजडी, एकपाखे ङहा, छेँले, मादल उनीहरूले प्रयोग गर्ने गर्दछन्।[११]
मिडियामा चर्चित गुरुङ व्यक्तिहरू
[सम्पादन गर्नुहोस्]उपनाम भएका उल्लेखनीय व्यक्तिहरू समावेश छन्:
- अन्जु गुरुङ (जन्म १९९४), भुटानी क्रिकेटर
- अनामिका गुरुङ, मिस टिन नेपाल 2008 को विजेता
- अनिल गुरुङ अनिल गुरुङ (जन्म १९८८), फुटबल खेलाडी
- अनिता गुरुङ, मिस नेपाल 2004 दोस्रो रनर अप
- अनुपमा औरा गुरुङ (जन्म १९८८), मिस नेपाल अर्थ २०११
- अनुराधा कोइराला(जन्म गुरुङ), माइती नेपालकी संस्थापक तथा निर्देशक, प्रदेश नं. १ महिला गभर्नर । ३
- अमर बहादुर गुरुङ, भारतीय संघ फुटबल खेलाडी
- अम्बर गुरुङ (1938 – 2016), संगीतकार, गायक र गीतकार
- अमृत गुरुङ (सक्रिय 1991 – 2013 पछि), गायक र संगीतकार, नेपथय ब्यान्डका संस्थापक
- अमान्डा मानन्धर गुरुङ, मिस टिन नेपाल 2002 को विजेता
- ओम गुरुङ, (१९५३-२०२२) समाजशास्त्री जो त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र/मानवविज्ञान केन्द्रीय विभागका प्रमुख थिए।
- ओमी गुरुङ, भारतीय फेसन डिजाइनर
- भानुभक्त गुरुङ (१९२१–२००८), भिक्टोरिया क्रस प्राप्तकर्ता, ब्रिटिश भारतीय सेना
- भरत गुरुङले शाही एडीसीका रुपमा काम गरेका थिए । सन् १९८० को दशकमा नेपालका स्वर्गीय राजकुमार धीरेन्द्र शाहलाई ।
- भीम गुरुङ (जन्म १९८१), म्याराथन धावक, स्काई रनर, जसले स्काईरनिङ वर्ल्ड सिरिज अन्तर्राष्ट्रिय सर्किटको चार दौड जितेका थिए।
- बीबी गुरुङ (जन्म १९२९-२०२२), सिक्किमका तेस्रो मुख्यमन्त्री
- भिसन गुरुङ पोखरा थन्डर्सका फुटबल खेलाडी हुन्
- भूमिका गुरुङ - अभिनेत्री
- विमल गुरुङ, भारतीय गोरखा राजनीतिज्ञ तथा गोरखा जनमुक्ति मोर्चा (GJM) का संस्थापक तथा अध्यक्ष हुन्।
- 1952 हेलसिंकी ओलम्पिकमा स्वर्ण पदक जित्ने हक्की टोलीका सदस्य चमन सिंह गुरुङ
- चन्द्र गुरुङ नेपालको संरक्षण र दिगो क्षेत्रका नेता हुन् ।
- चन्द्रबहादुर गुरुङ (सक्रिय २००८), राजनीतिज्ञ
- दक्षिण कोरियामा पूर्व नेपाली आप्रवासी कामदार चन्द्रकुमारी गुरुङ
- चित्रबहादुर गुरुङ, पूर्व पौडीबाज
- छत्रमान सिंह गुरुङ (जन्म १९५२), नेपाली सेनाका अधिकारी तथा प्रधानसेनापति हुन्।
- छेतन गुरुङ (1979-2020) नेपाली चलचित्रमा आफ्नो कामका लागि परिचित नेपाली चलचित्र निर्देशक र लेखक।
- सिने गुरुङ (सक्रिय २०१०), गायिका
- दर्शन गुरुङ (जन्म २००२), नेपाली पूर्व पेशेवर फुटबलर जसले पछिल्लो पटक न्यू रोड टिम (NRT) को लागि मिडफिल्डरको रूपमा खेले।
- देव गुरुङ (1996 अघि– 2008 पछि), राजनीतिज्ञ
- दिपक गुरुङ पोखरा थन्डर्सका फुटबल खेलाडी हुन्
- दीपेन्द्र गुरुङ (ब्रिटिस व्यापारी, करोडपति र मिस वर्ल्ड सौन्दर्य प्रतियोगिताको मालिक
- धनराज गुरुङ, नेपाली कांग्रेसका नेता हुन्
- गजेन्द्र गुरुङ, भारतीय राजनीतिज्ञ
- नेपाल आर्मी क्लब र नेपाल महिला राष्ट्रिय फुटबलबाट खेल्ने फुटबलर घिमकुमारी गुरुङ
- गोपाल गुरुङ (जन्म १९३९ – २०१६), राजनीतिज्ञ, लेखक, पत्रकार, शिक्षक र मानव अधिकारका मुखर अधिवक्ता हुन्।
- हरि गुरुङ, भुटानी फुटबलर
- हर्क गुरुङ, भूवैज्ञानिक, मानवशास्त्री तथा लेखक हुन्
- हेमबहादुर गुरुङ (सक्रिय १९७९– २००९), पूर्व प्रहरी महानिरीक्षक (आईजीपी)
- हिमालयन शेर्पा क्लबबाट मिडफिल्डरको रुपमा खेल्ने अन्तर्राष्ट्रिय फुटबलर हेमान गुरुङ
- हेमन्त गुरुङ, भुटानी राजनीतिज्ञ जो भुटानको राष्ट्रिय सभाका सदस्य हुन्
- हिरा गुरुङ, राजनीतिज्ञ तथा नेपालको संघीय संसदको प्रतिनिधि सभा सदस्य
- हिट काजी गुरुङ (सक्रिय 1999 – 2008 पछि), राजनीतिज्ञ
- इजराइल गुरुङ, भारतीय पेशेवर फुटबलर
- जमुना गुरुङ, अस्ट्रेलियाली व्यवसायी र अरबपति
- जमुना गुरुङ, नेपाल महिला राष्ट्रिय फुटबल टिमकी पूर्व कप्तान हुन् ।
- जसिता गुरुङ, नेपाली अभिनेत्री
- जीवन गुरुङ, द एज ब्यान्ड म्युजिकल सदस्य
- जोधा गुरुङ (जन्म 1954), मध्य-दूरी धावक
- करुण गुरुङ, भुटानी पूर्व अन्तर्राष्ट्रिय फुटबल र फुटसल खेलाडी
- केदार गुरुङ, भारतीय शिक्षाविद् र नेपाली साहित्यका लेखक, आफ्नो व्यंग्यात्मक अभिव्यक्तिका लागि परिचित
- खेमराज गुरुङ, संगीतकार तथा गायक
- किरण गुरुङ (सक्रिय २००८), राजनीतिज्ञ
- किशोर गुरुङ, गिटारवादक तथा एथनोम्युजियोलोजिस्ट
- कुलबहादुर गुरुङ (सक्रिय २००८), राजनीतिज्ञ
- लछिमान गुरुङ (१९१७–२०१०), भिक्टोरिया क्रस प्राप्तकर्ता, ब्रिटिश भारतीय सेना
- लालकाजी गुरुङ, राजनीतिज्ञ तथा नेपालको संघीय संसद्का प्रतिनिधि सभा सदस्य
- महादेव गुरुङ (सक्रिय १९९९), राजनीतिज्ञ
- मानबहादुर गुरुङ, राजनीतिज्ञ
- मौसमी गुरुङ, गायिका तथा गीतकार
- नेपालको पहिलो महिला गायिका मलेवादेवी गुरुङ हुन्
- मिलन गुरुङ अपराधी
- भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ
- नरसिंह गुरुङ, राजा रणबहादुर शाहको नेतृत्वमा नेपाली काजी
- नोभिन गुरुङ (जन्म १९९९), भारतीय पेशेवर फुटबलर
- निश्मा गुरुङ (जन्म १९८०), फ्रिस्टाइल पौडी खेलाडी जसले १९९६ ग्रीष्मकालीन ओलम्पिक खेलहरूमा नेपालको प्रतिनिधित्व गरेकी थिइन्।
- पल्टेन गुरुङ (सक्रिय 1994 – 2008), राजनीतिज्ञ
- पार्वत गुरुङ, राजनीतिज्ञ तथा पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री
- परशुराम मेगी गुरुङ, कम्युनिष्ट राजनीतिज्ञ तथा राष्ट्रिय सभा सदस्य
- प्रवल गुरुङ (जन्म १९७९), न्यूयोर्क फेसन डिजाइनर
- प्रवेश गुरुङ, भारतीय क्रिकेटर
- प्रभात गुरुङ (जन्म २००४), नेपाली मूलका हङकङ पेशेवर फुटबलर जो हाल हङकङका लागि मिडफिल्डरको रूपमा खेल्छन्।
- प्रकाश गुरुङ, संगीतकार तथा गायक
- प्रकाश बहादुर गुरुङ (सक्रिय १९९९), राजनीतिज्ञ
- प्रवीण गुरुङ (जन्म १९६२ - २०००), लोक संगीत गायक तथा संगीत संयोजक
- पृथ्वीमान गुरुङ, मुख्यमन्त्री
- गण्डकी प्रदेशका राजनीतिज्ञ पृथ्वीसुब्बा गुरुङ
- पुरन एन्ड्रयू गुरुङ, भारतीय तेक्वान्दो अभ्यासक र प्रशिक्षक
- मिस नेपाल कोरियोग्राफर रचना गुरुङ शर्मा
- राजन गुरुङ (जन्म २०००), फुटबल खेलाडी
- रजनी गुरुङ - अभिनेत्री
- रामबाबु गुरुङ, लेखक तथा निर्देशक हुन्
- रामप्रसाद गुरुङ, बक्सर
- रेगन गुरुङ, अमेरिकी मनोवैज्ञानिक र पुरस्कार विजेता लेखक
- रेणुका गुरुङ, राजनीतिज्ञ तथा पूर्व राज्यमन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
- ऋश्मा गुरुङ, अभिनेत्री तथा मोडल
- रोबिन गुरुङ (जन्म १९९२), भारतीय पेशेवर फुटबलर
- सञ्जय गुरुङ (जन्म १९६९), नेपाली क्रिकेट अम्पायर
- सारा गुरुङ, मिस नेपाल २००४ फस्ट रनर अप
- सरिता गुरुङ, समाजसेवी तथा समाजसेवी हुन्
- शेष घले, अस्ट्रेलियाली व्यवसायी र अर्बपति
- सिपोरा गुरुङ, भलिबल खेलाडी
- नेपाली कांग्रेसकी राजनीतिज्ञ सीता गुरुङ हाल नेपालको दोस्रो संघीय संसदको सदस्यका रुपमा कार्यरत छन् ।
- शिरीष गुरुङ, प्रतिस्पर्धी पौडीबाज
- सुकमित गुरुङ, आधुनिक शास्त्रीय गायक
- सुरज गुरुङ पोखरा थन्डर्सका फुटबल खेलाडी हुन्
- सूर्यमान गुरुङ (सक्रिय 1999 – 2008), राजनीतिज्ञ
- सुवास गुरुङ (जन्म १९९१), नेपाली पेशेवर फुटबलर जो शहीद स्मारकको लागि मिडफिल्डरको रूपमा खेल्छन्।
- टी.एस. गुरुङ (१९२३–८९), सामाजिक तथा राजनीतिक कार्यकर्ता
- नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले श्रम तथा रोजगार मन्त्रीको पदभार ग्रहण गरेका छन् ।
- टिम गुरुङ, लेखक
- थमन गुरुङ (१९२४–४४), भिक्टोरिया क्रस प्राप्तकर्ता, ब्रिटिश भारतीय सेना
- तोया गुरुङ, लेखक तथा कवि
- तृष्णा गुरुङ, (जन्म १९८५) नेपाली गायिका र रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ३ को प्रशिक्षक पनि हुन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ डिल्लीराम दाहाल (२००२-१२-३०), "Chapter 3. Social composition of the Population: Caste/Ethnicity and Religion in Nepal", नेपाल सरकार, केन्द्रीय तथ्याङ्क विभाग, अन्तिम पहुँच २०१३-१२-०५।
- ↑ २.० २.१ २.२ "नेपालमा गुरुङ जाति" (नेपाली) भाषा)। एभरेष्ट टाइम्स। सङ्ग्रह मिति २५ सेप्टेम्बर २०२१।
- ↑ डा. पद्मप्रसाद खतिवडा। "जनसंख्यामा जातजाति संरचना" (नेपाली) भाषा)। नागरिक दैनिक। सङ्ग्रह मिति २५ सेप्टेम्बर २०२१।
- ↑ "को हुन् गुरुङ जाति ? एक परिचय", फेयर नेपाल (नेपालीमा), अन्तिम पहुँच १५ मङ्सिर २०७९।
- ↑ ५.० ५.१ "गुरुङ जातिको गाैरवशाली इतिहास"। लोकपाटी ((नेपाली) भाषा)। सङ्ग्रह मिति २५ सेप्टेम्बर २०२१।
- ↑ "आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८" (PDF)। नेपाल कानुन आयोग (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ सेप्टेम्बर २०२१।
- ↑ "गुरुङ जाति र लोक संस्कृति"। मादी न्युज ((नेपाली) भाषा)। सङ्ग्रह मिति २५ सेप्टेम्बर २०२१।
- ↑ काफ्ले Kafle, उमेश Umesh (२०१९-०९-२३), "कक्षा दशमा अध्ययनरत विद्यार्थीको भाषा सम्पादन सक्षमताको परीक्षण Kakshya dashma Adhyanrat Biddhyarthiko Bhasha Sampadan Sakshyamatako Parikshan", Interdisciplinary Research in Education 4 (1): 87–98, आइएसएसएन 2676-1483, डिओआई:10.3126/ire.v4i1.25738।
- ↑ "को हुन् गुरुङ जाति ? एक परिचय"। फेयर नेपाल ((नेपाली) भाषा)। सङ्ग्रह मिति २५ सेप्टेम्बर २०२१।
- ↑ "गुरुङ समुदायमा प्रचलित विवाह परम्परा"। मादीन्युज (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ सेप्टेम्बर २०२१।
- ↑ "गुरुङ" (नेपाली) भाषा)। इन्डिजिनियस भ्वाइस। सङ्ग्रह मिति २५ सेप्टेम्बर २०२१।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- नेपालको जनसाङ्खिकी
- तमु प्ये ल्हु सङ्घ वेब्याक मेसिन अभिलेखिकरण २००८-०५-२२ मिति
- नेपालको जनगणना प्रतिवेदन वेब्याक मेसिन अभिलेखिकरण २००६-०७-१२ मिति
- राष्ट्रिय जनजाति विकास समिति
- गुरुङ जाति सहयोगी: अलान म्याकफरलेन र इन्द्रबहादुर गुरुङ (पिडिएफ)
- मंगोल बौद्ध प्रतिरोधको उदय वेब्याक मेसिन अभिलेखिकरण २००६-०५-०२ मिति
- एथानोलग प्रोफाइल: पूर्वीय गुरुङ पश्चिमी गुरुङ
- तमुको सांस्कृतिक चाडपर्व - नेपाल वेब्याक मेसिन अभिलेखिकरण २००६-०६-२४ मिति
- नेपालको इतिहास - क्याम्ब्रिज विश्वविद्यालयको छापा