विकिपिडिया:प्रमुख लेख/२०१४
विकिपिडियामा विशेष लेखहरू
नेपाली विकिपिडियाको मुख्य पृष्ठमा भएको प्रमुख लेखलाई साप्ताहिक रूपमा समसामयिक स्तरीय लेखहरू परिवर्तन हुने गरी व्यवस्था गरिएको छ। नेपाली विकिपिडियामा हाल ३०,८०९ लेखहरू छन् जस मध्येबाट १६४ लेखहरू प्रमुख लेखको लागि छनौट भइसकेका छन्। नेपाली विकिपिडियामा हालसम्म चयन भएका प्रमुख लेखहरूको सूची तल राखिएका छन्। कुनै पनि लेख प्रमुख लेखका रूपमा छनौट हुनको लागि स्तरीय हुन जरूरी छ जसको लागि केही मापदण्डहरू तय गरिएका छन्। यदि तपाईंले प्रमुख लेखमा कुनै समस्या देख्नुभएको खण्डमा वार्ता पृष्ठमा सन्देश दिनहुनको लागि अनुरोध गर्दछौँ।
लेखको माथि दायाँतिर पहेँलो ताराको चिन्हले () सो लेख प्रमुख लेख हो भन्ने जनाउँदछ। यदि प्रमुख लेख सम्बन्धमा तपाईंको कुनै सुझाव वा जिज्ञासाहरू भएमा कृपया वार्तालाप पृष्ठमा राख्नु हुनको लागि अनुरोध गर्दछौँ।
विशेष सामग्रीहरू
प्रमुख लेख औजारहरू
| colspan="2" style="border: 1px solid #DDDDDD; padding: 0.5em 0.5em 0.5em 1em; background-color: #F9F9F9;" |
विशेष सामग्रीहरू
प्रमुख लेख औजारहरू
- यो हप्ताको लेख
- प्रमुख लेखका मापदण्डहरू
- प्रमुख लेखहरूको लागि आवेदनहरू
- प्रमुख लेखको सुची
- विचाराधीन प्रमुख लेखहरू
- सुधार गर्न प्रस्तावित प्रमुख लेखहरू
- प्रमुख लेख समन्वय समिति
जुन, २०१४ को प्रमुख लेख
विकिपिडिया बहुभाषी वेबमा आधारित स्वतन्त्र र खुला ज्ञानकोश हो । विकिपिडिया शब्द विकि र इन्साइक्लोपीडिया जोडिएर बनेको हो । विकिपिडियामा स्वयंसेवकहरूबाट लेखहरू लेखिन्छ। यसका धेरैजसो लेखहरू इन्टरनेटमा पहुँच भएका जो कोहिले पनि परिवर्तन गर्न सक्छन्। विकिपिडियाका मुख्य सर्भरहरू संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमा अवस्थित छन्। विकिमिडीया फाउण्डेसन नामको एउटा गैर-नाफामुखी संस्थाद्वारा सञ्चालित विकिपिडियाका प्रायजसो सबै पृष्ठहरूलाई विकिपिडियामा पहुँच भएका जसले पनि परिवर्तन गर्न सक्छ । सन् २००१ मा जिम्मी वेल्स र लारी स्यान्गरले यसको शुरुवात गरेका थिए । हाल यो इन्टरनेटमा सबैभन्दा ठूलो र प्रख्यात सन्दर्भ समाग्री हो । नेपालमा पनि विकिपिडीयाको स्थापनाकालदेखि नै प्रयोग हुँदै आएको पाइन्छ। खासगरी कुनै पनि विषयको जानकारी पाउने र आफूलाई थाहा भएको विषयमा जोसुकैले पनि लेख लेख्न वा सम्पादन गर्न सक्ने भएकोले विकिपिडियाको लोकप्रियता बढेको हो। हाल विश्वमा सबैभन्दा धेरै हेरिने ५ इन्टरनेट साइटमध्ये यो पनि एक हो। (पूरा लेख...)
जुलाई, २०१४ को प्रमुख लेख
मोहनदास करमचन्द गान्धी (महात्मा गान्धी) (२ अक्टोबर १८६९ - ३० जनवरी १९४८) भारत तथा भारतीय स्वतन्त्रता आन्दोलनका एक प्रमुख राजनीतिक एवं आध्यात्मिक नेता हुन् । यिनी विश्वका महापुरूषहरू मध्ये एकमा गनिन्छन् । बेलायती सरकारको उपनिवेशका रूपमा रहेका दक्षिण अफ्रीकाको रङ्गभेद अन्त्य गर्न तथा भारतलाई स्वतन्त्र गराउन यिनको ठूलो योगदान रहेको छ । अहिंसावादी नेता महात्मा गान्धीको सम्मानमा उनको जन्मदिवस २ अक्टोबरलाई संयुक्त राष्ट्र संघले विश्व अहिंसा दिवसको रूपमा मनाउने गर्दछ । उनी सत्याग्रह(व्यापक सविनय अवज्ञाको माध्यमबाट अत्याचारको प्रतिकारको आन्दोलन)का अग्रणी नेता थिए, उनको यस अवधारणालाई अहिंसात्मक आन्दोलन भनिएको छ । उनले भारतलाई स्वतन्त्रता दिएर जनताका नागरिक अधिकारहरू तथा स्वतन्त्रता आन्दोलनका लागि सम्पूर्ण विश्वलाई प्रेरित गरे । उनलाई मानिसहरू महात्मा गान्धीको नामले चिन्दछन् । (पूरा पढ्नुहोस्...)
अगस्त, २०१४ को प्रमुख लेख
अमरनाथ हिन्दूहरूको एउटा प्रमुख तीर्थस्थलको रूपमा रहेको छ । यो भारतको जम्मू र कश्मीर राज्यको श्रीनगर सहरको उत्तर-पूर्वमा १३५ किलोमिटरको दुरीमा रहेको छ । यो गुफा समुन्द्र सतहदेखि १३,६०० फिटको उचाइमा अवस्थित छ । यस गुफाको लम्बाइ (भित्र देखि गहिराइ) १९ मिटर र चौडाइ १६ मिटर छ । गुफा ११ मिटर अग्लो छ । अमरनाथ गुफा भगवान शिवको प्रमुख धार्मिक स्थलहरू मध्ये एक हो । अमरनाथलाई तीर्थहरूको पनि तीर्थ भन्ने गरिन्छ किनकी यसै स्थानमा भगवान शिवले माता पार्वतीलाई अमरत्वको रहस्य बताएका थिए । यहाँको प्रमुख विशेषता पवित्र गुफामा हिउँबाट प्राकृतिक रूपमा शिवलिंगको निर्माण हुनु हो । प्राकृतिक हिउँबाट निर्मित हुने कारणले यसलाई स्वयम्भु हिमानी शिवलिङ्ग पनि भन्ने गरिन्छ । आषाढ शुक्ल पूर्णिमाबाट शुरू भएर जनैपूर्णिमासम्म पुरै साउन महिनाभर पवित्र हिमलिंग दर्शनको लागि यहाँ लाखौं श्रद्धालु आउने गर्दछन् । यस पवित्र गुफाको परिधि लगभग १५० फिट छ र यस गुफामा माथिबाट हिउँको पानीको स-सानो थोपा कुनै-कुनै स्थानमा झर्ने गर्दछ । यसै गुफामा एउटा यस्तो स्थान पनि छ, जहाँ हिउँको पानी झर्दा झर्दै त्यहाँ लगभग दश फिटको अग्लो शिवलिङ्ग बन्दछ ।(पूरा पढ्नुहोस्...)
सेप्टेम्बर, २०१४ को प्रमुख लेख
बृहत हिमालय पदमार्ग अथवा ग्रेट हिमालय ट्रेल (Great Himalaya Trail) संसारकै लामो र अग्लो पदमार्गहरु मध्ये एक हो। नेपालको सुदुर पूर्वको जिल्ला ताप्लेजुङदेखि सुदूर पश्चिमको जिल्ला दार्चुलासम्मको भूभाग ओगटेको बृहत हिम शिखरहरु रहेको स्थानलाई बृहत हिमालय क्षेत्र (Great Himalaya Region) भनिन्छ। यो पदमार्गले नेपालका हिमाली जिल्लाहरू छोएको छ। यस पदमार्गको दुईवटा रुट मध्ये एउटा पूर्बको ताप्लेजुङ देखी पश्चिमको हुम्ला र अर्को दार्चुला सम्म पुग्दछ। त्यस्तै यो ट्रेल तिब्बत, भारत, म्यानमार, पाकिस्तान सम्म फैलिएको छ। यो पदमार्गको विकासले पर्यटकहरूलाई नयाँ अनुभूति दिन्छ र साथै गरीबी निवारण र विकास सहितको पर्यटनलाई झल्काउँछ। यस पदमार्गलाई १० भागमा बिभाजन गरिएको छ जस अन्तर्गत पाँच हिमाली जिल्लामा कार्यरत द ग्रेट हिमालय ट्रेल विकास कार्यक्रमले पर्यटन अभिवृद्धिका लागि योगदान दिन्छ। यो पदमार्ग निर्माणको अर्को उद्देश्य अविकसित जिल्लाको विकास, रोजगारी सिर्जना र हिमाली क्षेत्रका समुदायका लागि अवसर प्रदान गर्नु रहेको छ (पूरा पढ्नुहोस्...)
अक्टोबर, २०१४ को प्रमुख लेख
छठ पर्व नेपालको बिशेषरुपले तराई क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक मनाइन्छ । यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ । परम्परानुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ (पूरा पढ्नुहोस्...)
नोभेम्बर, २०१४ को प्रमुख लेख
जानकी मन्दिर पवित्र हिन्दू धर्मस्थल हो । जानकी अर्थात् सीताको यो मन्दिर उनको जन्मस्थल जनकपुरमा अवस्थित छ । यस मन्दिरलाई मुगल शैलीमा बनाइएको छ । नेपालको ख्यातीप्राप्त यस मन्दिरलाई कलाको उत्कृष्ट नमुना मानिन्छ । प्राचिन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिर विश्वभरका हिन्दुको आस्थाको केन्द्र हो । हिन्दु धर्ममा लोकप्रिय रहेको रामायणकी सीताको जन्मस्थलमा निर्मित यो मन्दिर भव्य र आकर्षक छ । भारत मध्यप्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवरीले ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएको मन्दिर भएकाले यसलाई नौलखा मन्दिर पनि भनिन्छ (पूरा पढ्नुहोस्...)
डिसेम्बर, २०१४ को प्रमुख लेख
दक्षिण एसियाली सहयोग सङ्गठन (छोटो नाम: सार्क) सन १९८०मा दक्षिण एसिया क्षेत्रमा विकसित भएको क्षेत्रिय एकताको भावनालाई बङ्गलादेशका राष्ट्रपति जियाउर रहमानले विशेष पहल गरेका थिए । यसअघि नेपालका राजा वीरेन्द्र वीरबिक्रम शाहले सन १९७७ ताका कोलोम्बो योजना परामर्शदातृ सम्मेलनमा नेपालको नदी-नालाहरूलाई यस क्षेत्रका मुलुकहरूको हितको लागि प्रयोग गर्न आह्वान गरेका थिए ।
बङ्गलादेशमा ७-८ डिसेम्बर १९८५मा ढाकामा प्रथम शिखर सम्मेलनको आयोजना गरी औपचारिक रूपमा सार्कको बडापत्रमा हस्ताक्षर गर्न बङ्गालादेश, भूटान, भारत, मालदिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्कासहित सात राष्ट्रले सहमति जनाएका थिए। जस अनुरूप १६ जनवरी १९८६मा काठमाडौंमा सार्क सचिवालयको स्थापना गरियो । सार्कको कान्छो सदस्यको रूपमा अफगानिस्तानले हालै नयाँ सदस्यता हासिल गरेको छ। यसबाट सार्क सदस्य राष्ट्रहरूको सङ्ख्या ८ पुगेको छ । (पूरा पढ्नुहोस्...)
|-