जनकपुरधाम उपमहानगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(जनकपुर नगरपालिका बाट पठाईएको)
Jump to navigation Jump to search
जनकपुरधाम

जनकपुर
जनकपुरधाम उपमहानगरपालिकामा अवस्थित जानकी मन्दिर
जनकपुरधाम उपमहानगरपालिकामा अवस्थित जानकी मन्दिर
जनकपुरधाम is located in मधेश प्रदेश
जनकपुरधाम
जनकपुरधाम
नक्सामा जनकपुरधामको अवस्थिति
जनकपुरधाम is located in नेपाल
जनकपुरधाम
जनकपुरधाम
जनकपुरधाम (नेपाल)
निर्देशाङ्क: २६°४३′४३″उ॰ ८५°५५′३०″पू॰ / २६.७२८६१°N ८५.९२५००°E / 26.72861; 85.92500निर्देशाङ्कहरू: २६°४३′४३″उ॰ ८५°५५′३०″पू॰ / २६.७२८६१°N ८५.९२५००°E / 26.72861; 85.92500
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लाधनुषा जिल्ला
नगरपालिकावि.सं. २०१७ जेठ १३[२]
सम्मिलित क्षेत्रजनकपुरधाम
उपमहानगरपालिकावि.सं. २०७१ पुस २८[३]
सम्मिलित (गाविस)लोहना, प्रखे महुवा, बेंगाशिवपुर, बसविटिट, कुर्था, देवपुरा रुपैठा, बिन्धी, बसहिया, लक्ष्मीपुरबगेवा, गोपालपुरकनकपट्टी
सम्मिलित (गाविस)कनकपट्टी, अन्दुपट्टी (६-९), मानसिंहपट्टी (१-५) र गोपालपुर (१-२)
सम्मिलित मितिवि.सं. २०७४ जेठ ११[४][५]
नामकरणजनक[६]
सरकार
 • मेयरलाल किशोर साह[७] (जसपा)
 • उप मेयररिता कुमारी मिश्र (लोसपा)
क्षेत्रफल
 • जम्मा९१.९७ किमी (३५.५१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१,५९,४६८
 • घनत्व१,७००/किमी (४,५००/वर्ग माइल)
क्षेत्रीय सङ्केत(हरू)०४१
वेबसाइटwww.janakpurmun.gov.np

जनकपुरधाम (पूर्व तथा हालसम्म चलनचलतीमा रहेको नाम: जनकपुर)[९][१०] नेपालको मधेश प्रदेशको धनुषा जिल्लामा रहेको प्रादेशिक राजधानी[१], जिल्ला सदरमुकाम[११] र एक उपमहानगरपालिका हो।[१२][१३] धनुषा जिल्लाको पहिलो नगरपालिका रहेको यो नगरको नामकरण प्राचीन मिथिला क्षेत्रका राजा जनकको नामबाट भएको हो। यो सहर नेपालको राजधानी काठमाडौँबाट ४५० किलोमिटरको दुरीमा अवस्थित छ।

नेपाल राज्य नगरपालिका ऐन, २००९ बमोजिम तत्कालिन श्री ५ को सरकारद्वारा वि.सं. २०१७ जेठ १३ गतेदेखि लागु हुने गरी जनकपुर नगरपालिकको गठन गरिएको थियो।[२] जनकपुरलाई तत्कालिन सरकार मन्त्रिपरिषदको विकास समितिले वि.सं. २०७१ साल मङ्सिर १६ गते गरेको निर्णय र वि.सं. २०७१ पुस २८ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार उपमहानगरपालिको लागि चाहिने आवश्यक प्रक्रिया पूरा भएपछि नगरपालिकाबाट उपमहानगरपालिका घोषणा गरिएको थियो। जनकपुरलाई उपमहानगरपालिका घोषित गर्दा यसमा कुर्था, बसविटिट, बिन्धी, प्रको महुवा, लोहना,बेंगाशिवपुर, बसहिया, देवपुरा रूपैठा, लक्ष्मीपुरबगेवा, गोपालपुर तथा कनकपट्टी गाउँ विकास समितिलाई समावेश गरेर यसलाई उपमहानगरपालिका घोषणा गरिएको हो।[३] सङ्घीय शासन व्यवस्था लागू भएपछि देशमा स्थानीय तहको गठन भएसँगै वि.सं. २०७३ फागुन २२ गते नेपाल सरकारको निर्णय तथा वि.सं. २०७३ फागुन २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार यो नगरपालिकामा २ वटा गाउँ विकास समितिहरूको आंशिक भाग थपेर यसको क्षेत्र विस्तार गरेको थियो[१४][१५][१६] तर राजनीतिक विवादका कारण सरकारले स्थानीय तहहरू पुनर्मूल्याङ्कन गरि वि.सं. २०७४ जेठ ८ गते गरेको निर्णय तथा वि.सं. २०७४ जेठ ११ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार थप गरिएका गाउँ विकास समितिहरूलाई खारेज गरि यस उपमहानगरपालिकामा कनकपट्टी, अन्दुपट्टी (वडा नं. ६-९), मानसिंहपट्टी (वडा नं. १-५) र गोपालपुर (वडा नं. १-२) क्षेत्र कायम गरेर क्षेत्र विस्तार गरिएको थियो।[४][५][१७]

यहाँ नेपालको प्रसिद्ध जानकी मन्दिर रहेको छ।[१८] जनकपुर हिन्दू धर्ममा एक महत्त्वपूर्ण स्थल, मैथिली संस्कृतिको केन्द्र तथा नेपालको एकमात्र रेल सुविधा भएको सहर भएकोले पर्यटनका लागि पनि महत्वपूर्ण मानिन्छ। वर्तमान समयमा यो उपमहानगरपालिकाको कुल क्षेत्रफल ९१.९७ वर्ग किलोमिटर रहेको छ भने नेपालको वि.सं. २०६८ को जनगणना अनुसार यहाँको कुल जनसङ्ख्या १,५९,४६८ रहेको छ। यो नगरपालिकालाई २५ वटा वडामा विभाजन गरिएको छ।

नामकरण[सम्पादन गर्ने]

मिथिलाका राजा तथा नेपालको राष्ट्रिय विभूतिका रूपमा स्थापित जनकको नाउँकै आधारमा यसको नाम जनकपुर राखिएको हो।[१९] प्राचीन कालदेखि वर्तमान समयसम्म यस नाममा कुनै परिवर्तन आएको छैन।[२०]

नगर प्रशासन इतिहास[सम्पादन गर्ने]

नेपाल र भारतका हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्रको रूपमा रहेको जनकपुरधामलाई तत्कालीन श्री ५ को सरकारले वि.सं. २०१७ जेठ १३ गते नगरपालिका क्षेत्र कायम गरेको थियो। यो नगरपालिका देशका पुराना नगरपालिकाहरू मध्येको एक हो। तत्कालिन राजा महेन्द्र शाहले वि.सं. २०१७ पुष २२ गते[२१] नेपालमा पञ्चायती व्यवस्था लागु गरेपछि जनकपुर नगरपालिकाको नाम स्वतः परिवर्तन भई 'जनकपुर नगर पञ्चायत' भएको थियो।[२२][२३] पञ्चायती व्यवस्थाको अन्त्य भएपछि तत्कालिन श्री ५ को सरकारद्वारा वि.सं. २०४७ साल जेठ २८ गते[२४] नगरपालिका ऐन, २०४७ घोषणा गरि लागु गरे पछि नगरपालिका बन्नको लागि चाहिने आवश्यक पूर्वाधार तथा जनशक्ति भएको कारणले जनकपुरधाम पुन: आधिकारिक रूपमा नगरपालिका बन्न पुगेको थियो।[२५][२६]वि.सं. २०७१ सालमा यस क्षेत्रवरिपरीका छिमेकी गाउँ विकास समितिहरू सम्मिलित गरेर यसलाई उपमहानगरपालिकामा स्तरोन्नति गरेको थियो।

इतिहास[सम्पादन गर्ने]

यो सहर पूर्व ऐतिहासिक मैथिली सभ्यताको केन्द्रविन्दुको रूपमा रहेको छ। तपस्वीहरू, पण्डितहरू र स्थानीय गीतहरूबाट प्राप्त विवरणले हालको जनकपुर क्षेत्रको स्थापना १८औँ शताब्दीको प्रारम्भमा भएको देखाउँछ।[२७]तीर्थस्थलको रूपमा जनकपुरको सबैभन्दा प्रारम्भिक वर्णन सन् १८०५ मा गरिएको थियो। यसअघि कुनै प्राचीन सहरको उपस्थितिको पुरातात्विक प्रमाण फेला परेको छैन। राजा जनकको दरबार विदेह राज्यको राजधानी मानिएको प्राचीन जनकपुरमा रहेको मानिन्छ।[२८] रामायणका अनुसार जनकले खेतमा हलो जोत्ने क्रममा एक बालिकालाई भेट्टाए जसलाई सीता नामकरण गरेर उनलाई आफ्नो छोरीको रूपमा हुर्काएका थिए।[२९] सीता ठूली भएपछि जनकले एक हजार वर्ष पहिले जनकपुर नजिकै छोडेको शिवको धनुष उठाउन सक्ने जो कोहीसँग सीताको विवाह गर्ने प्रस्ताव राखेपछि विभिन्न राज्यका राजकुमारहरूले सो धनुष उठाउने प्रयास गरे तर अयोध्याका राजकुमार रामले मात्र धनुष उठाउन सफल भएका थिए।[३०] मिथिला क्षेत्रका पुरानो गीत अनुसार यो धनुष जनकपुरको उत्तरपूर्वमा भेटिएको थियो।[३१][३२]

हिन्दू धर्ममा राम र सीता दुवै प्रमुख व्यक्तित्व भएकोले जनकपुर हिन्दूहरूको लागि महत्त्वपूर्ण तीर्थस्थल हो।[३३]

आकर्षण[सम्पादन गर्ने]

जनकपुरधामको केन्द्रीय बजार उत्तर-पश्चिम दिशाबाट भव्य जानकी मन्दिरले सुसज्जित छ।[३४] यो मन्दिर सन् १९११ मा भारतमा रहेको टिकमगढकी राजकुमारी कुमारी वृषभानुद्वारा निर्माण गरिएको हो। जानकी मन्दिर मुगल शैलीमा बनाइएको मन्दिर हो र यो तथ्यले यस मन्दिरलाई अझै पनि महत्त्वपूर्ण बनाउँछ। यस मन्दिरको निर्माण गर्दा त्यस ताका ९ लाख रूपैया खर्च भएको हुँदा यस मन्दिरलाई नौलखा मन्दिर पनि भन्ने गरिन्छ।[३५] यो नेपाल भरिकै ठूलो मन्दिरहरू मध्ये एक हो।[३६]

जनकपुरधामको अर्को विशेषता यहाँ रहेका पोखरी तथा कुण्डहरू हुन्। यहाँ कुटीहरू पनि प्रशस्तै रहेका छन्। पोखरीहरूको कारण जनकपुरको माछा नेपालमै प्रख्यात छ।[३७][३८] एक सन्त कविले मिथिलाको पवित्र नगरीलाई आफ्नो कवितामा यसरी अभिव्यक्त गरेका थिए- 'बावन कुटी, बहत्तर कुण्डा। फिरही सन्तजन झुण्डही झुण्डा।' यसको अर्थ ५२ कुटी (मठ तथा मन्दिर) र ७२ वटा (कुण्ड पोखरी, कुवा, इनार) भएको यस पवित्र भूमिमा झुण्डका झुण्ड साधुसन्तहरू भ्रमण गरिरहेका छन्।[३९][४०] यहाँ तिथि अनुसार कुण्डमा स्नानको धेरै महत्त्व छ। जनकपुरधाममा भएका केही महत्त्वपूर्ण कुण्डहरू बिहार कुण्ड, अग्नि कुण्ड, मध्यमा सर, रत्न सागर, अङ्गराज सर, सूर्य कुण्ड, गङ्गा सागर, धनुष सागर, दसरथ तलाउ, पापमोचिनि सर, परशुराम कुण्ड, जनक सरोवर, गोपाल सर, रुक्मिनी सर, मुरली सर, विडाल सर, राम सर, कपाल मोचिनि सर, महाराज सागर, पाकवति सर, धौत-पाप सर आदि हुन्।[४१][४२]

भाषा र संस्कृति[सम्पादन गर्ने]

जनकपुरधाममा बोलिने प्रमुख भाषा मैथिली हो। मैथिल महिलाहरूद्वारा बनाइने मैथिली चित्रकला पुरै नेपालमा प्रख्यात रहेको छ।[४३] मुख्यतया माटोको भाँडा र घरको भित्तामा गरिने चित्रकला समेतले महत्त्वपूर्ण स्थान ओगटेको छ।[४४] मिथिलाको पारम्परिक घरहरू माटो र परालद्वारा बनाइन्छ।[४५] जनकपुरधाममा मनाइने प्रमुख चाड पर्वहरू मध्ये छठ, विवाह पञ्चमी, राम नवमी, लक्ष्मी पूजा, होली आदी हुन्।

जलवायु[सम्पादन गर्ने]

यो स्थान समुद्री सतहभन्दा ६६ मिटरमाथि रहेको छ। जनकपुर नेपलको तराई क्षेत्रमा अवस्थित छ, जहाँको हावापानी आर्द्र अर्ध-कटिबन्धीय जलवायु रहेको छ। मार्च र अप्रिल महिनामा तातो, सुख्खा र हावा चल्ने गर्छ भने यहाँ मे महिनादेखि सेप्टेम्बरसम्म मनसुन रहन्छ। अक्टोबरदेखि नोभेम्बरसम्म हल्का सुख्खा र डिसेम्बरदेखि फेब्रुअरीसम्म जाडो याम रहन्छ।[४६]

जनकपुरधाम विमानस्थल (सन् १९८१-२०१०)को मौसम जानकारी
महिना जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर वर्ष
उच्चतम औसत °से (°फे) २२.२
(७२.०)
२६.०
(७८.८)
३१.२
(८८.२)
३४.८
(९४.६)
३४.६
(९४.३)
३४.१
(९३.४)
३२.५
(९०.५)
३२.७
(९०.९)
३२.३
(९०.१)
३१.७
(८९.१)
२९.३
(८४.७)
२५.१
(७७.२)
३०.५
(८६.९)
दैनिक औसत °से (°फे) १५.६
(६०.१)
१८.६
(६५.५)
२३.४
(७४.१)
२७.७
(८१.९)
२९.३
(८४.७)
३०.०
(८६.०)
२९.३
(८४.७)
२९.६
(८५.३)
२८.८
(८३.८)
२६.८
(८०.२)
२२.५
(७२.५)
१८.०
(६४.४)
२५.०
(७७.०)
न्यूनतम औसत °से (°फे) ९.१
(४८.४)
११.३
(५२.३)
१५.५
(५९.९)
२०.६
(६९.१)
२४.०
(७५.२)
२५.९
(७८.६)
२६.१
(७९.०)
२६.४
(७९.५)
२५.३
(७७.५)
२२.०
(७१.६)
१५.७
(६०.३)
१०.९
(५१.६)
१९.४
(६६.९)
औसत वर्षा मिमी (इन्च) ११.७
(०.४६)
११.४
(०.४५)
११.५
(०.४५)
५२.२
(२.०६)
१२८.३
(५.०५)
२३८.७
(९.४०)
४८७.६
(१९.२०)
३३९.४
(१३.३६)
१९७.५
(७.७८)
६३.९
(२.५२)
१.९
(०.०७)
८.४
(०.३३)
१,५५२.५
(६१.१२)
स्रोत: जल तथा मौसम विज्ञान विभाग, नेपाल सरकार[४७]

यातायात[सम्पादन गर्ने]

सडक यातायात[सम्पादन गर्ने]

जनकपुरधामलाई देशका प्रमुख स्थानसँग जोडने कार्य जनकपुर-ढलकेवर फेडर रोडले ढलकेवरमा महेन्द्र राजमार्गसँग जोड्दै पुरा गरेको छ।[४८] महेन्द्र राजमार्ग प्रयोग गरेर जनकपुरबाट नेपालका प्रमुख सहरहरू जस्तै बुटवल, भरतपुर, हेटौँडा, काठमाडौँ, इटहरी, धरान, विराटनगर, राजविराज, दमक, बिर्तामोड, काँकडभिट्टासँग जोड्ने गरेको छ। जनकपुरधामबाट नेपालका विभिन्न स्थानहरूका लागि सोझै बस सेवाहरू सञ्चालनमा रहेका छन्। सहर भित्र सामान्य आवतजावतको लागी साइकल रिक्सा, विद्युतीय रिक्सा, टेम्पो र बसहरू उपलब्ध छन्।

रेलवे[सम्पादन गर्ने]

वि.सं. २०७८ फाल्गुन अनुसार नेपाल रेल्वे[४९]द्वारा सञ्चालनमा रहेको एकमात्र रेल जनकपुरधाम रेलवे हो।[५०] यो रेलले पहिलो चरणमा कुर्था–जनकपुर–जयनगरसम्म ३२ किलोमिटरसम्म रेल सञ्चालन गरिरहेको छ।[५१][५२]

वायुमार्ग[सम्पादन गर्ने]

जनकपुरमा एउटा आन्तरिक विमानस्थल रहेको छ।[५३] जनकपुर विमानस्थलबाट नेपालको राजधानी काठमाडौँ तथा पर्यटकीय नगर पोखराको लागि सोझै उडान सेवा उपलब्ध रहेको छ।[५४][५५]यो सहरलाई रामजन्मभूमि अयोध्यासँग विमान सेवाद्वारा जोड्ने प्रस्ताव गरिएको छ।[५६]

विमानसेवागन्तव्य(हरू)
बुद्ध एयर काठमाडौँ[५७], पोखरा
यति एयरलाइन्स काठमाडौँ[५८]
श्री एयरलाइन्स काठमाडौँ[५९]

जनसङ्ख्या[सम्पादन गर्ने]

मधेश प्रदेश स्थित धनुषा जिल्लाका साविक कुर्था, बसविटिट, बिन्धी, प्रको महुवा, लोहना,बेंगाशिवपुर, बसहिया, देवपुरा रूपैठा, लक्ष्मीपुरबगेवा, गोपालपुर तथा कनकपट्टी गाविसहरूलाई मिलाएर वि.सं. २०७१ सालमा जनकपुरधामलाई उपमहानगरपालिकाको रूपमा विस्तार गरिएको थियो भने वि.सं. २०७४ सालमा यस उपमहनगरपालिकामा अन्दुपट्टी (वडा नं. ६-९), मानसिंहपट्टी (वडा नं. १-५) र गोपालपुर (वडा नं. १-२) क्षेत्र थप गरिएको थियो। नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर जनकपुरधाम उपमहानगरपालिकाको जनसङ्ख्या १,५९,४६८ रहेको छ।[६०][८]

चित्र दीर्घा[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ "प्रदेश राजधानी सम्बन्धमा" (नेपालीमा), प्रदेश राजपत्र, मधेश प्रदेश सरकार, वि.सं. २०७८ माघ ३, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन १६ 
  2. २.० २.१ "नेपाल राज्य नगरपालिका ऐन जनकपुरधाममा लागु गर्ने" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०१७ आषाढ १७, पृ: १, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन १६ 
  3. ३.० ३.१ "शंखरापुर लगायत बिभिन्न नगरपालिका घोषणा" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०७१ पुस २८, पृ: ६३, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन ७ 
  4. ४.० ४.१ "स्थानीय तह थप गरेको" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०७४ जेठ ११, पृ: ३२, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन १२ 
  5. ५.० ५.१ "स्थानीय मन्त्रालयको सूचना" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०७४ भदौ ४, पृ: १, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन १२ 
  6. "जनकपुरको प्राचिन चिनारी : दरबार थियो अहिलेको जानकी मन्दिर", नागरिक टाइम्स (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-२८ 
  7. "जनकपुरमा महानगरमा राजपा विजयी, २५ वडामा को–को ?", लोकपथ, अन्तिम पहुँच ६ मे २०२० 
  8. ८.० ८.१ "नेपालको राष्ट्रिय जनगणना २०६८", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, वि.सं. २०७२ मङ्सिर २४, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन १ 
  9. "राजधानी जनकपुर निश्चित, नामकरणमा फरक प्रस्ताव", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-२८ 
  10. "प्रदेश २ को नाम मधेस , राजधानी जनकपुर", शिलापत्र (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-२८ 
  11. "नेपाल अधिराज्यलाई १४ अंचल, ७५ जिल्लामा विभाजित" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०१९ पौष २, पृ: ५, अन्तिम पहुँच वि.सं. २०७८ माघ २९ 
  12. "थप ६१ नगरपालिका र सात उपमहानगरपालिका घोषणा, काठमाडौं र भक्तपुर गाविसरहित", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-२९ 
  13. "दुई उपमहानगरपालिका हुने नेपालको एउटै जिल्ला सुनसरी", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-२९ 
  14. "गाउँ र नगरपालिका कुन जिल्लामा कति ?", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन ०७ 
  15. काफ्ले, प्रतिक्षा (वि.सं. २०७३ फाल्गुन ३०), "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन ०७ 
  16. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, वि.सं. २०७३ फाल्गुन ३०, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन ०७ 
  17. मिश्र, राजेश, "प्रदेश नम्बर २ मा ९ वटा स्थानीय तह थपिँदै, स्थानीय तहको संख्या ७५३ पुग्यो", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-२४ 
  18. "नेपालको पहिचान, जनकपुर धाम ! (फोटो फिचर)", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-२८ 
  19. नागरिक, "जनकदर्शनले दिएको मिथिला सम्पदा", नागरिक न्युज (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-०१ 
  20. "राजा जनकक नगरी जनकपुर मे देखायल PM मोदीक मिथिला-मैथिली प्रेम" [राजा जनकको नगरी जनकपुरमा देखियो मोदीको मिथिला-मैथिली प्रेम], इसमाद (मैथिलीमा), २०१८-०५-१३, अन्तिम पहुँच २०२२-०३-०१ 
  21. "पञ्‍चायतले छोडेको लिगेसी", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१० 
  22. सामाजिक शिक्षा पञ्चायत, कक्षा ८ (pdf) (नेपालीमा), जनक शिक्षा सामग्री केन्द्र, पृ: १५, अन्तिम पहुँच २०२२-०२-१० 
  23. प्रधान, पुष्कर (२००३), Manual for Urban Rural Linkage and Rural Development Analysis [शहरी ग्रामीण अन्तरसम्बन्ध र ग्रामीण विकास विश्लेषणको लागि पुस्तिका] (अङ्ग्रेजीमा), न्यु हिरा बुक इन्टरप्राइजेज, पृ: २२२, आइएसबिएन 978-99933-685-2-6 
  24. "नगरपालिका ऐन, २०४७" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०४७ जेठ २८, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन १० 
  25. "श्री ५ महारजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट नेपाल अधिराज्यको संविधान २०४७ बक्सेको घोषणा" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०४७ कार्तिक २३, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन १ 
  26. "मेचीदेखि महाकाली" (नेपालीमा), श्री ५ सरकार सूचना मन्त्रालय, सन् १९७५, अन्तिम पहुँच २०२२-०२-१५ 
  27. शर्मा, जनकलाल (वि.सं. २०२४ माघ), "चितवनदेखि जनकपुरसम्मका केही पुरातत्व स्थल" (नेपालीमा), पुरातत्व विभाग, नेपाल पुरातत्व विभाग, पृ: १४-१६, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन १७ 
  28. "नेपालका राष्ट्रिय विभुति राजा जनक र उनको योगदान", नेपाल पत्र (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-०१ 
  29. "सीताको जन्मभूमिबारे कौन बनेगा करोडपतिमा सोधिएको प्रश्नले तातेको सामाजिक सञ्जाल", पहिलो पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-०१ 
  30. "जनक दरबारमा भयो राम-सीता विवाह", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-०१ 
  31. "सीताको जन्मको यथार्थ र उनका आमाबाबु", रिपोर्टर्स नेपाल (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-०१ 
  32. "सीताको जन्म कसरी भएको थियो ?", शिक्षा खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-०१ 
  33. "राजा जनकको वंश:अघि र पछि", इ नेपाली (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-०१ 
  34. "अस्तित्वको संघर्षमा जनकपुरधामका सम्पदा", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-०१ 
  35. "जानकी मन्दिरको मौलिकतामा असर पर्ने गरी संरचनाहरु बनाइँदै", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-०१ 
  36. "पुरातत्व विभागको पत्रपछि रोकियो जानकी मन्दिरको पुनर्निर्माण", नेपाल लाइभ (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-०१ 
  37. महतो, रोहित, "जसले तारेको माछा जनकपुरबाट काठमाडौंसम्म पुग्छ", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-०१ 
  38. "जनकपुरको माछा त्यसै फेमस, त्यसमाथि पीएमएमपीले सहयोग गर्न थालेपछि झनै फेमस", हलोखबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-०१ 
  39. "नासिँदै पवित्र सरोवर", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-०१ 
  40. "जनकपुरका पोखरी मास्दै, संस्कृति नास्दै", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-०१ 
  41. "जनकपुरका झकिझकाउ पोखरी", शिलापत्र (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-०१ 
  42. "जनकपुरका ऐतिहासिक पोखरी अतिक्रमणको चपेटामा", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-०१ 
  43. "मिथिला संस्कृति अध्ययन केन्द्र बन्दै", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२२-०३-०१ 
  44. "मिथिला संस्कृतिको पर्यटन सम्भावना बढ्दै", गोरखापत्र (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-०१ 
  45. "ओली र मोदीको 'जनकपुर ड्रेस' मैथिली हैन : मिथिला संस्कृतिका जानकार", पहिलो पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-०१ 
  46. तापक्रम तालिका (Report). जल तथा मौसम विज्ञान विभाग, नेपाल सरकार. http://www.dhm.gov.np/uploads/climatic/1749218667Ext%20temp%20of%20January.pdf. अन्तिम पहुँच मिति: वि.सं. २०७८ फाल्गुन १७. 
  47. मौसम तापक्रम तालिका (Report). जल तथा मौसम विज्ञान विभाग, नेपाल सरकार. http://www.dhm.gov.np/uploads/climatic/880251189NORMAL%20FILE.pdf. अन्तिम पहुँच मिति: वि.सं. २०७८ फाल्गुन १७. 
  48. "जनकपुर–ढल्केबर सडकखण्ड अन्तिम चरणमा", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-०१ 
  49. "जनकपुर आइपुग्यो नयाँ रेल, यस्तो छ नेपालमा रेल इतिहास", डिसी नेपल (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-०१ 
  50. "जनकपुर–जयनगर रेल सेवा सात वर्षपछि आजदेखि पुन: सञ्चालन हुँदै", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-०१ 
  51. "नेपालको आफ्नै रेल जनकपुर आइपुग्यो, यात्रुसेवा भने तत्कालै शुरू नहुने", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-०१ 
  52. "भारतद्वारा जयनगर-कुर्था रेलखण्ड नेपाललाई हस्तान्तरण", बिबिसी नेपाली सेवा (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-०१ 
  53. "जनकपुर विमानस्थलमा निर्माण गरिएको नयाँ टर्मिनल भवनको उद्घाटन", गाउँ सहर (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-०१ 
  54. "जनकपुर–पोखरा हवाई उडान, टिकट बुकिङ खुला", शिलापत्र (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-०१ 
  55. "जनकपुर–पोखरा हवाई उडान फागनु १७ गतेबाट", इमेज खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-०१ 
  56. "जनकपुर-अयोध्या हवाई उडान गर्ने तयारी", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-०१ 
  57. "बुद्ध एयरको जनकपुर–काठमाडौं कनेक्सनः असोजमा मात्रै ४७ उडान ‘डिले’ (सूचीसहित)", शिलापत्र (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-०१ 
  58. "बुद्ध एयरको जहाज र यति एयरलाइन्स एकआपसमा ठोक्कियो", लोकपथ (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-०१ 
  59. "श्री एयरलाइन्सको काठमाडौं-जनकपुर उडान भाडा २ हजार रूपैयाँ, सोमबारदेखि नियमित उडान भर्ने", बिजमाडौं (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-०१ 
  60. थापा, सूर्य (वि.सं. २०७१ माघ १), "सात प्रदेशको राज्य पुन: संरचना प्रस्ताव", अनलाइनखबर, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन १ 

बाह्य कडीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]