दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन
  सदस्य राष्ट्र   पर्यवेक्षक राष्ट्र
  सदस्य राष्ट्र
  पर्यवेक्षक राष्ट्र
प्रधान कार्यालयFlag of Nepal.svg नेपाल काठमाडौँ, नेपाल
आधिकारिक भाषाहरू अङ्ग्रेजी
नागरिकता दक्षिण एसिया
सदस्यता
नेताहरू
 -  महासचिव अमजद हुसैन बी सैल[१][२]
 -  निर्देशकहरू:
 अफगानिस्तान

मोहम्मद इब्राहिम घफुरी[३]
 -  Flag of Bhutan.svg भुटान सिङये दोर्जे[४]
 -  Flag of India.svg भारत एल.सावित्री[५]
 -  Flag of Maldives.svg माल्दिभ्स फथिमाथ नाजवा[६]
 -  Flag of Nepal.svg नेपाल धन बहादुर ओली[७]
 -  Flag of Pakistan.svg पाकिस्तान अहमर इस्मईल[८]
 -  Flag of Sri Lanka.svg श्रीलंका प्रसन्ना गेमेज[९]
स्थापना डिसेम्बर ८,१९८५
क्षेत्रफल
 -  जम्मा ५१,३०,७४६ वर्ग किमी (७औ1)
१९,८०,९९२ वर्ग माइल
जनसङ्ख्या
 -  २००९ अनुमान १,६०,००,००,००० (१औ1)
 -  जनघनत्व ३०४.९/वर्ग किमी 
७८९.७/वर्ग माइल
जिडिपी (पीपीपी) २००९ अनुमान
 -  जम्मा यूएस$ ४३,८२,७०० मिलियन (तेश्रो1)
 -  प्रतिव्यक्ति आय युएस$ २,७७९ 
वेबसाइट
saarc-sec.org
काठमाडौँस्थित सार्क सचिवालय

दक्षिण एसियाली क्षेत्रीय सहयोग स‌ंगठन वा छोटो नाम सार्क सन १९८०मा दक्षिण एसिया क्षेत्रमा विकसित भएको क्षेत्रीय एकताको भावनालाई बङ्गलादेशका राष्ट्रपति जियाउर रहमानले विशेष पहल गरेका थिए । यसअघि नेपालका राजा वीरेन्द्र वीरबिक्रम शाहले सन १९७७ ताका कोलोम्बो योजना परामर्शदातृ सम्मेलनमा नेपालको नदी-नालाहरूलाई यस क्षेत्रका मुलुकहरूको हितको लागि प्रयोग गर्न आह्वान गरेका थिए ।

बङ्गलादेशमा ७-८ डिसेम्बर १९८५ मा ढाकामा प्रथम शिखर सम्मेलनको आयोजना गरी औपचारिक रूपमा सार्कको बडापत्रमा हस्ताक्षर गर्न बङ्गलादेश, भुटान, भारत, मालदिभ्स, नेपाल, पाकिस्तानश्रीलंकासहित सात राष्ट्रले सहमति जनाएका थिए। जस अनुरूप १६ जनवरी १९८६ मा काठमाडौंमा सार्क सचिवालयको स्थापना गरियो। सार्कको कान्छो सदस्यको रूपमा अफगानिस्तानले नयाँ सदस्यता हासिल गरेको छ। यसबाट सार्क सदस्य राष्ट्रहरूको सङ्ख्या ८ पुगेको छ।

उद्देश्य

सार्कको बडापत्र अनुसार यसका उद्देश्यहरू निम्न अनुसार रहेका छन :

  1. यस क्षेत्रको आर्थिक वृद्धि, समाजिक प्रगति तथा सांस्कृतिक विकासमा तीब्रता ल्याउनु र सबै मानिसलाई स्वाभिमानसाथ रहने र उनीहरूलाई आफ्नो पूर्ण क्षमताको महसुस गराउने अवसर प्रदान गर्नु,
  2. दक्षिण एसियालीका देशहरूबीच सामूहिक आत्मनिर्भरतालाई अभिवृद्धि र सुदृढ गर्नु,
  3. आपसी विश्वास, एक अर्काका समस्याहरूप्रति समझदारी बढाउनु,
  4. आर्थिक, सांस्कृतिक, प्राविधिक, समाजिक तथा वैज्ञानिक क्षेत्रहरूमा सक्रिय सहयोग र आपसी सहायता प्रबर्द्धन गर्नु,
  5. अन्य विकासोन्मुख देशहरूसँगको सहयोगलाई मजबुत तुल्याउनु,
  6. आपसी साझा हितका मामिलामा अन्तर्राष्ट्रिय मञ्चहरू सहयोग सुदृढ गर्नु,
  7. समान लक्ष्य र उद्देश्य भएका अन्य अन्तर्राष्ट्रिय र क्षेत्रीय सङ्गठनहरूलाई सहयोग पुर्‍याउनु,
  8. दक्षिण एसियाका जनताको हित अभिवृद्धि तथा जीवनस्तर सुधार गर्ने।
  9. यस क्षेत्रको आर्थिक वृद्धि, समाजिक उन्नति तथा सांस्कृति विकासलाई अभिवृद्धि गर्ने।
  10. दक्षिण एसियाका राष्ट्रहरूबीचको सामूहिक आत्मनिर्भरतालाई अभिवृद्धि र संवृद्धि गर्ने।
  11. एकआपसको समस्याप्रति पारस्परिक विश्वास र समझदारी राख्दै योगदान दिने र
  12. आर्थिक, समाजिक, सांस्कृतिक, प्राविधिक तथा वैज्ञानिक क्षेत्रहरूमा सक्रिय सहभागिता र पारस्परिक सहयोगको अभिवृद्धि गर्ने।

सार्कका सिद्धान्तहरू

  1. सङ्गठनको ढाँचा भित्र गरिने सहयोग एक अर्काको सार्वभौम समानता क्षेत्रीय अखण्डता राजनीतिक स्वतन्त्रता एक अर्काको आन्तरिक मामिलामा हस्तक्षेप तथा आपसी हितमा आधारित हुनेछ ।
  2. यस्तो सहयोग दुईपक्षीय तथा बहुपक्षीय सहयोगको बदलामा नभई त्यसको पुरकको रूपमा हुनेछ ।
  3. यस्तो सहयोग दुईपक्षीय तथा बहुपक्षीय दायित्व विपरित हुने छैन ।
  4. यस्तो सहयोग खराब नियतिको लागि हुने छैन ।

सार्क सचिवालय

सार्क सचिवालय नेपालको काठमाडौंमा रहेको छ । यसको उद्घाटन नेपालका तत्कालीन राजा वीरेन्द्र शाहबाट सन् १९८७ जनवरी १६मा भएको हो ।

सार्क शिखर सम्मेलनहरू

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन -सार्क) स्थापना सन् १९८५ डिसेम्बर ८मा भएको हो । नेपाल, पाकिस्तान, बङ्गलादेश, भारत, भुटान, माल्दिभ्स र श्रीलंका मिलेर स्थापित सार्कको पछिल्लो राष्ट्रको रूपमा अफगानिस्तान रहेको छ । सन् २००७ अप्रिलमा भारतमा सम्पन्न १४ औँ शिखर सम्मेलनले अफगानिस्तानलाई सदस्यता प्रदान गरेको हो ।

सार्क स्थापनामा बङ्गलादेशका तत्कालीन राष्ट्रपति जियाउर रहमानको योगदान महìवपूर्ण रहेको छ । रहमानले सन् १९७०को दशकमा दक्षिण एसियाली राष्ट्रहरूको एउटा व्यापारीक समूह गठनको प्रस्ताव राख्नुभएको थियो । उहाँले सन् १९८० मे २मा 'दक्षिण एसियाली क्षेत्रीय सहयोग'को अवधारणालाई अगाडि सार्दै दक्षिण एसियाली राष्ट्रहरूका राष्ट्र/सरकार प्रमुखहरूको शिखर बैठकको आहृवान गरी पत्राचार गर्नुभयो । सन् १९८१मा सात देशका विदेश सचिवहरूको पहिलो बैठक श्रीलंकाको कोलम्बोमा बस्यो । शृङ्खलावद्ध बैठकहरूको आयोजनापछि सन् सन् १९८५ डिसेम्बर ७-८मा बङ्गलादेशमा आयोजित शिखर भेलाले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको बडापत्रलाई औपचारिक रूपमा स्वीकार गरेको हो ।

क्रम मिति राष्ट्र आयोजक आयोजक नेतृत्वकर्ता
पहिलो ७-८ डिसेम्बर, १९८५ Flag of Bangladesh.svg बंगलादेश ढाका अताउर रहमान खान
दोश्रो १६-१७ नोभेम्बर, १९८६  भारत बेंगलोर जयन्त गौडा
तेश्रो २-४ नोभेम्बर, १९८७ Flag of Nepal.svg नेपाल काठमाडौं मरिचमान सिंह श्रेष्ठ
चौथौ २९-३१ डिसेम्बर, १९८८ Flag of Pakistan.svg पाकिस्तान इस्लामाबाद बेनजिर भुट्टो
पाँचौ २१-२३ नोभेम्बर, १९९० Flag of Maldives.svg माल्दिभ्स माले मौमुन अब्दुल गयुम
छैटौं २१ डिसेम्बर १९९१ Flag of Sri Lanka.svg श्रीलंका कोलम्बो रनसिङ्घे प्रेमदसा
सातौं १०-११ अप्रिल, १९९३ Flag of Bangladesh.svg बंगलादेश ढाका खालेदा जिया
आठौँ २-४ मे, १९९५ Flag of India.svg भारत नयाँ दिल्ली पी. वी. नरसिंह राव
नवौं १२-१४ मे, १९९७ Flag of Maldives.svg माल्दिभ्स माले मौमुन अब्दुल गयुम
दशौं २९-३१ जुलाई, १९९८ Flag of Sri Lanka.svg श्रीलंका कोलम्बो चन्द्रिका कुमारातुङगा
एघारौं ४-६ जनवरी, २००२ Flag of Nepal.svg नेपाल काठमाडौं शेरबहादुर देउवा
बाह्रौं २-६ जनवरी, २००४ Flag of Pakistan.svg पाकिस्तान इस्लामाबाद जफरुल्ला खान जमाली
तेह्रौं १२-१३ नोभेम्बर, २००५ Flag of Bangladesh.svg बंगलादेश ढाका खालेदा जिया
चौधौं ३-४ अप्रिल, २००७ Flag of India.svg भारत नयाँ दिल्ली मनमोहन सिंह
पन्ध्रौं १-३ अगस्त, २००८ Flag of Sri Lanka.svg श्रीलंका कोलम्बो महिन्दा राजापाक्षे
सोह्रौ २८-२९ अप्रिल, २०१० Flag of Bhutan.svg भुटान थिम्पू जिग्मे थिन्ले
सत्रौं १०-११ नोभेम्बर, २०११[१०]  माल्दिभ्स अद्दु मोहम्मद नशिद
अठारौं २७-२८ नोभेम्बर, २०१४[११]  नेपाल काठमाडौं सुशील कोइराला

सदस्य राष्ट्रहरू

माल्दिभ्सबङ्गलादेशभुटाननेपालश्रीलङ्काभारतम्यान्मारथाईल्यान्डकम्बोडियालाओसभियतनामब्रुनईइन्डोनेशियामलेसियाफिलिपिन्ससिंगापुरअफगानिस्तानपाकिस्तानतुर्कमेनिस्तानइरानअजरबैजानकजाख्स्तानकिर्गिजस्तानताजिकिस्तानउज्बेकिस्तानचीनरसियाटर्कीजापानमङ्गोलियादक्षिण कोरियाबहराइनकुवैतओमानकतारसाउदी अरबसंयुक्त अरब इमिरेट्ससार्कबङ्गालको खाडी प्राविधिक तथा आर्थिक संगठनमेकोङ्ग-गङ्गा संगठनदक्षिणपूर्व एसियाली राष्ट्र संघसाङ्घाई संगठनटर्किस संघआर्थिक संगठनगल्फ संघएसिया संघ
क्लिक गर्न सकिने चित्रमा विभिन्न एसियाली राष्ट्रहरुको सम्बन्ध स्पष्ट पारिएको छ । हे

वर्तमान सदस्य राष्ट्रहरू

पर्यवेक्षक राष्ट्रहरू

[१५]

अन्य

सार्कका महासचिवहरू

बंगलादेश अबुल अहसन जनवरी १६, १९८७ देखि १५ अक्टोबर, १९८९
Flag of India.svg भारत कान्त किशोर भार्गव अक्टोबर १७, १९८९ देखि डिसेम्बर ३१, १९९१
Flag of Maldives.svg माल्दिभ्स इब्राहिम हुसेन जाकी जनवरी १, १९९२ देखि डिसेम्बर ३१, १९९३
Flag of Nepal.svg नेपाल यादव कान्त सिलवाल जनवरी १, १९९४ देखि डिसेम्बर ३१, १९९५
Flag of Pakistan.svg पाकिस्तान नइम यु हसन जनवरी १, १९९६ देखि डिसेम्बर ३१, १९९८
Flag of Sri Lanka.svg श्रीलंका निहाल रोड्रिगो जनवरी १, १९९९ देखि जनवरी १०, २००२
Flag of Bangladesh.svg बंगलादेश क्यू. ए.एम.ए. रहिम जनवरी ११, २००२ देखि फेब्रुअरी २८, २००५
Flag of Bhutan.svg भुटान चेन्क्याब दोर्जी मार्च १, २००५ देखि फेब्रुअरी २९, २००८
Flag of India.svg भारत शील कान्त शर्मा मार्च १, २००८ देखि फेब्रुअरी २८, २०११
Flag of Maldives.svg माल्दिभ्स फतिमाथ धियाना सइद मार्च १, २०११ देखि मार्च ११, २०१२
Flag of Maldives.svg माल्दिभ्स अहमद सलिम मार्च १२, २०१२ देखि फेब्रुअरी २८, २०१४[१७]
Flag of Nepal.svg नेपाल   अर्जुन बहादुर थापा १ मार्च २०१४ देखि फेब्रुअरी २०१७ सम्म[११]
Flag of Pakistan.svg पाकिस्तान अब्दुल अहसन बि सियाल १ मार्च २०१७

सन् १९८६ नोभेम्बर १६ र १७ मा भारतको बेंगलोरमा भएको दोस्रो सार्क सम्मेलनले बङ्गलादेशका अबुल अहसनलाई सार्कको पहिलो महासचिब बनाउने निर्णय गर्‍यो । उनी जनवरी १६, १९८७ देखि १५ अक्टोबर, १९८९ सम्म सार्कको महासचिब रहे । त्यसपछि भारतका किशोरकान्त भार्गव अक्टोबर १७, १९८९ देखि डिसेम्बर ३१, १९९१ सम्म सार्कको दोस्रो महासचिब बने । माल्दिभ्सका इब्राहिम हुसेन जाकी सार्कको तेस्रो महासचिब बने । उनको कार्यकाल जनवरी १, १९९२ देखि डिसेम्बर ३१, १९९३ सम्म रह्यो । सार्कको चौथो महासचिबको जिम्मेवारी नेपाल यादवकान्त सिलवालले निभाए । उनी जनवरी १, १९९४ देखि डिसेम्बर ३१, १९९५ सम्म सार्कका महासचिब रहे । यादवकान्त पछि पाकिस्तानका नइम हसन सार्कको पाचौँ महासचिब नियुक्त भए । नइम हसनले जनवरी १, १९९६ देखि डिसेम्बर ३१, १९९८ सम्म सार्कको महासचिब पद सम्हाले । श्रीलंकाका निहाल रोड्रिगो जनवरी १, १९९९ देखि जनवरी १०, २००२ सम्म सार्कको छैठौं महासचिब बने । उनी पछि बङ्गलादेशका क्यु.ए.एम.ए रहिम सार्कका सातौं महासचिबको रूपमा नियुक्त भए । उनको कार्यकाल जनवरी ११, २००२ देखि फेब्रुअरी २८, २००५ सम्म रह्यो । सार्कको आठौँ महासचिब भुटानका चेनकायब दोर्जी बने । उनले मार्च १, २००५ देखि फेब्रुअरी २९, २००८ सम्म सार्क सचिवालयको नेतृत्व गरे । त्यस पछि भारतका शिलकान्त शर्मा सार्कका नवौं महासचिबको रूपमा नियुक्त भए । उनी मार्च १, २००८ देखि फेब्रुअरी २८, २०११ सम्म सार्क महासचिब रहे । माल्दिभ्सका फथिमथ धियाना शइद र माल्दिभ्सकै अहमद सलिम सार्कको १० औँ र ११ औँ महासचिव बने । शइद मार्च १, २०११ देखि मार्च ११, २०१२ सम्म पदमार रहे भने सलिम ज्मार्च १२, २०१२ देखि फेब्रुअरी २८, २०१४ सम्म पदमा रहे । १ मार्च २०१४ देखि सार्क सचिवालयको नेतृत्व नेपालका अर्जुन बहादुर थापाले गरेका छन् ।

सार्कका सामान्य नियमहरू

सार्क बडापत्रको धारा १०मा सामान्य नियमहरूको व्यवस्था गरिएको छ । सार्कको गतिशीलतामा यही नियम सबैभन्दा ठूलो बाधकको रूपमा रहेको विश्लेषकहरूको धारणा छ ।

नियमहरू :

  • सार्कका सबै स्तरका निर्णयहरू सर्वसम्मतिका आधारमा लिइने छ ।
  • द्वीपक्षीय र विवादास्पद विषयहरू छलफलमा राखिने छैनन् ।

सन्दर्भ सामग्रीहरू

  1. http://saarc-sec.org/secretary_general
  2. http://saarc-sec.org/download/secretary_general/234.docx
  3. "Mohamed Ibrahim GhafooriI[sic]", सार्क, अन्तिम पहुँच २७ अगस्ट २०१४ 
  4. "Singye Dorjee", सार्क, अन्तिम पहुँच २७ अगस्ट २०१४ 
  5. "L. Savithri", सार्क, अन्तिम पहुँच २७ अगस्ट २०१४ 
  6. "South Asian Association for Regional Cooperation : Home", सार्क, अन्तिम पहुँच २७ अगस्ट २०१४ 
  7. सार्क, "Dhan Bahadur Oli", अन्तिम पहुँच २७ अगस्ट २०१४ 
  8. सार्क, "Ahmar Ismail", अन्तिम पहुँच २७ अगस्ट २०१४ 
  9. सार्क, "Prasanna Gamage", अन्तिम पहुँच २७ अगस्ट २०१४ 
  10. http://www.maldivestraveller.mv/news/local/president-of-maldives-invites-indian-pm-to-the-17th-saarc-summit/665/
  11. ११.० ११.१ "Kathmandu, Nepal to host 18th SAARC Summit in November 2014", IANS, news.biharprabha.com, अन्तिम पहुँच २० फेब्रुअरी २०१४ 
  12. colombopage.com
  13. १३.० १३.१ thehimalayantimes.com
  14. island.lk
  15. "Cooperation with Observers", South Asian Association for Regional Cooperation, अन्तिम पहुँच २०१२-११-१६ 
  16. SAARC hi nations call for transparency in social sector - Thaindian News
  17. SAARC website

यो पनि हेर्नुहोस्

दक्षिण एसियाली सहयोग सङ्गठन सचिवालय

बाहिरी लिङ्कहरू