विकिपिडिया:प्रमुख लेख/साउन, २०७८

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रमुख लेख

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा भएको प्रमुख लेखलाई प्रत्येक १५ दिनको अन्तरालमा समसामयिक स्तरिय लेखहरू परिवर्तन हुने गरि व्यवस्था गरिएको छ। नेपाली विकिपिडियामा हाल ३३,००७ लेखहरू छन् जस मध्येबाट १६६ लेखहरू प्रमुख लेखको लागि छनोट भइसकेको छ। नेपाली विकिपिडियामा हालसम्म चयन भएका प्रमुख लेखहरूको सूची तल राखिएको छ। कुनै पनि लेख प्रमुख लेखको रूपमा छनौट हुनको लागी स्तरिय हुन जरूरी छ जसको लागि केही मापदण्डहरू तय गरिएका छन्।
लेखको माथि दाँया तिर पहेँलो ताराको चिन्हले सो लेख प्रमुख लेख हो भन्ने जनाउँदछ। यदि प्रमुख लेख सम्बन्धमा तपाईंको कुनै सुझाव वा जिज्ञासाहरू भएमा कृपया वार्तालाप पृष्ठमा राख्नु हुनको लागी अनुरोध गर्दछौँ।

विशेष सामग्रीहरू

प्रमुख लेख औजारहरू

२०७८ साउन पहिलो[सम्पादन गर्नुहोस्]

नाटोर जिल्ला

नाटोर (बङ्गाली: নাটোর) बङ्गलादेशको उत्तरी भागमा पर्ने एक जिल्ला हो। यो जिल्ला राजशाही विभाग अन्तर्गत पर्दछ।

नाटोर बङ्गलादेशको उत्तरी क्षेत्रमा पर्ने एक जिल्ला हो र यो जिल्ला २४°२५' देखि २४°५८' उत्तर अक्षांश र ८८°२३' देखि ८९°१०' पुर्व देशान्तरणमा अवस्थित छ। नाटोर जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १८९६.०५ वर्ग किलोमिटर ओगटेको छ। यस जिल्लालाई बगुडानउगाँले उत्तरबाट घेरेको छ भने यस जिल्लाको दक्षिणमा पाबनाकुष्टिया जिल्ला रहेका छन्। त्यस्तै गरी यस जिल्लाको पूर्वमा पाबना र शिराजगञ्ज जिल्ला रहेका छन् भने पश्चिममा राजशाही जिल्ला रहेको छ। पद्मा, बरल, नगर आदि यस जिल्लाका प्रमुख नदिहरू हुन्।(पूरा  पढ्नुहोस्...)

२०७८ साउन दोस्रो[सम्पादन गर्नुहोस्]

दशरथ रङ्गशाला

दशरथ रङ्गशाला नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला हो। दशरथ रङ्गशाला काठमाडौँको त्रिपुरेश्वरमा रहेको एउटा बहुउद्देश्यीय रङ्गशाला हो। यो नेपालको सबैभन्दा ठूलो रङ्गशाला पनि हो। यसलाई प्रायःजसो फुटबल प्रतियोगिता, सांस्कृतिक र मनोरञ्जन कार्यक्रमहरूको लागि प्रयोग गरिन्छ। रङ्गशालामा ५,००० सिट छन् र यसले १५,००० दर्शक थाम्न सक्छ। यसको निर्माण वि.सं २०१४ मा भएको थियो।

धेरै जसो नेपालको राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरू यस रङ्गशालामा आयोजना गर्ने गरिन्छ। प्रत्येक वर्ष यस मैदानमा सहिद स्मारक ए-डिभिजन लिग प्रतियोगीताको पनि आयोजना गर्ने गरिन्छ। रातीको समयमा पनि प्रतियोगिता र कार्यक्रम आयोजना गर्न यो सक्षम होस् भनी यसमा फ्लडलाईट जडान गरीएको छ। काठमाडौँ आठौ दक्षिण एसियाली खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो, त्यो प्रतियोगिता आयोजना हुनु पूर्व चीनको सहयोगमा यो रङ्गशाला पुनर्निर्माण गरिएको थियो। नेपालको वीर सहिद दशरथ चन्दको नामबाट यसको नामकरण गरिएको थियो। नेपालमा २०७८ मा पहिलो पटक सम्पन्न, नेपाल सुपर लिग पनि यसै रङ्गशालामा आयोजना गरिएको थियो।(पूरा  पढ्नुहोस्...)