राइतो
स्वरूप
वैकल्पिक नामहरू | रायता, दही काँक्रो, पछडी |
---|---|
परिकार | चटनी |
क्षेत्र वा राज्य | दक्षिण एसिया |
सम्बन्धित राष्ट्रिय व्यञ्जन | नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान |
खान उपयुक्त | चिसो |
मुख्य सामग्रीहरू | दही/मोही, काँक्रो, तोरीको धूलो, नून, तोरीको तेल |
सामान्यतया प्रयोग हुने सामग्रीहरू | धनियाँ, जीरा मसाला, पुदिना, धूलो खुर्सानी, चाट मसाला, हरियो खुर्सानी |
विभिन्नता | चुकौनी |
राइतो दहीमा काँक्रो, तोरीको धूलो, प्याज, मसाला, आदि मिसाएर बनाइने एक परिकार हो। यसलाई भात र रोटीसँगै चटनीको रूपमा खाने गरिन्छ। यो दक्षिण एसियाका विभिन्न देशहरूमा बनाइन्छ। यसका धेरै प्रकारहरू हुन्छन्। यसमा धनियाँ, हरियो खुर्सानी, जीरा मसाला, पुदिना, धूलो खुर्सानी र अन्य मसलासँग पनि हाल्ने गरिन्छ। राइतो दक्षिण एसियाभर विभिन्न तरिकाले बनाइने गरिन्छ।
व्युत्पत्ति
[सम्पादन गर्नुहोस्]पश्चिमी नेपालमा राइतो भनेर चिनिने यस परिकारलाई, पूर्वी नेपालमा 'दही काँक्रो' भनिन्छ।[१][२]
यसलाई हिन्दी र बङ्गालीमा रायता भनिन्छ। रायता शब्दको व्युत्पत्ति संस्कृत शब्द 'राज्जिका'बाट भएको अथवा हिन्दी शब्द 'राय' (कालो तोरीको दाना) र 'तिक्त' (तिखो) मिलेर बनेको मानिन्छ।[३]
दक्षिण भारतमा विशेष गरी केरल र तमिलनाडुमा यसलाई 'पछडी' भनिन्छ ।
बनाउने प्रक्रिया
[सम्पादन गर्नुहोस्]राइतो बनाउने विधि:[४]
- दहीमा पानी मिलाएर पातलो बनाउने।
- त्यसमा मसिनो गरी काटेको प्याज र खुर्केको काँक्रो हाल्ने। (प्याज र काँक्रोको सट्टामा अन्य फलफूल जस्तै मेवा, भुइँ कटहर, आदि पनि हाल्न मिल्छ।)
- त्यसमा नून, धूलो खुर्सानी, हरियो खुर्सानी, धनियाँ र अन्य मसला हाल्ने।
- एउटा भाँडोमा तेल तताएर त्यसमा तोरी र मेथी फुराउने।
- मेथी दाना हल्का कालो भएपछि, तेल दहीको मिश्रणमा झान्ने।
प्रकार
[सम्पादन गर्नुहोस्]राइतो धेरै प्रकारका हुन्छन् । जस्तै:
- बेथुको राइतो (भारतको हरियाणामा प्रचलित)
- काँक्रो राइतो
- चुकन्दरको राइतो
- गाँजरको राइतो
- आलुको राइतो
- पालुङ्गोको राइतो
- भुजिआ सेवाइको राइतो
- आँपको राइतो
- मेवाको राइतो
- अम्बाको राइतो
- अनारको राइतो
- नासपातीको राइतो
- पुदिना र बदामको राइतो
- लसुन र पुदिनाको राइटो
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय उत्पादनको प्रवद्र्धन : पाहुनालाई घिउ, मह र मकैको रोटी", Naya Patrika (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-२७।
- ↑ "सुदूरको स्याउली थाप्ने चलन लोप हुँदै", प्रशासन (नेपालीमा), अन्तिम पहुँच २०२२-०८-२७, "साइतमा जानेहरूका लागि स्याउली थाप्ने चलन, साउन महिनामा धानको खेतबारीमा गएर राइतो, बटुक बनाएर हरेला खाने चलन"
- ↑ "Raita", Merriam Webster।
- ↑ Mehta Gambhir, Aloka (25 May 2011). "Tandoori chicken with Tomato Raita". The Times of India. Retrieved 22 December 2019.