बिष्ट

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(विष्ट बाट पठाईएको)
Jump to navigation Jump to search
बिष्ट/विष्ट
जम्मा जनसङ्ख्या
१ लाख [१]
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
 नेपाल
भाषाहरू
नेपाली भाषा
धर्मावलम्बी
हिन्दु धर्म और मष्टो धर्म
सम्बन्धित जातीय समूह
पाण्डे, थापा, बस्नेत, कुँवर

बिष्ट नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरूको थर हो । बिष्ट थर बिटकर उठाउने पद बाट सिर्जित थर हो । काम , स्थान, पद, निगाहा जस्ता विभिन्न अवस्था बाट नेपालीहरुका थर बनेका छन् । यस्तै गरी बनेको एक थर बिष्ट पनि हो । नेपालको मध्य तथा सुदूर पश्चिम तथा भारतको हिमाचल प्रदेश तथा उत्तराखण्डमा विशेष गरेर बिष्ट थर लेख्नेहरुको बसोवास रहेको छ । बिष्ट थर लेख्ने सबै एकै होइनन । सांन्डील्य गोत्रीय पुजापाठ गर्ने ब्राहमण बिष्ट दार्चुलामा ,कश्यप गोत्रीय जैसी ब्राहमण बिष्ट डोटीमा , आफुलाई भारद्वाज गोत्रीय ठकुरी बताउने बिष्ट डोटी गड्सेरामा भेटिन्छन । यस्तै गौतम गोत्रीय गोरा बिष्ट र कश्यप गोत्रीय काला बिष्ट बैतडी पुर्चुड़ी क्षेत्रमा भेटिन्छन । हाम्रो छिमेकी देश भारतमा भारद्वाज गोत्रीय बिष्ट राजपुत छन् । नेपालको हिमाली जिल्ला मुस्ताङ्गमा भारद्वाज गोत्रका भनिने जिन्बेसिंग प्रवर बिष्ट राजा अहिलेपनि छन् । यी मात्र नभएर नेपालमा ऐडी बिष्ट, खबतरी बिष्ट, खुलाल बिष्ट, पुँवर बिष्ट, आदि बिष्टका विभिन्न प्रकारहरू हुन् ।

खपतरी/खबतरी बिष्ट[सम्पादन गर्ने]

खबतरी बिष्टहरू अन्य खपतरीझैँ कौशिक गोत्रका हुन् ।[२]

खुलाल बिष्ट[सम्पादन गर्ने]

खुलाल बिष्टहरू अन्य खुलालझैँ धनञ्जय गोत्र हो[२]

पुँवर बिष्ट[सम्पादन गर्ने]

पुँवर बिष्टहरूको गोत्र कपिल गोत्र हो ।[२]

ऐडी बिष्ट[सम्पादन गर्ने]

भिन्न-भिन्न गोत्र भएका बिष्ट क्षेत्रीहरू मध्य गौतम गोत्री बिष्ट जसलाई ऐडी बिष्ट भनिन्छ, यिनीहरू बैतडी जिल्लाको पाटन क्षेत्रको सेरोफेरो, तल्लो स्वराडडडेल्धुरा जिल्लाको मड्चिपुरमा बसेका छन् ।

उद्गम स्थल[सम्पादन गर्ने]

करिब २५० वर्ष पहिले बाईसे चौबिसे राजाहरूको समयमा पाटन क्षेत्रमा पर्ने कोट भन्ने ठाउँमा ठकुरी वंशका राजाले राज्य गर्दथे । एक समयमा पनेरू थरका राजाले त्यहाँ आक्रमण गरी ठकुरी वंशका राजालाई पराजितगरी आफुले कब्जा जमाए । पराजित ठकुरी वंशका राजा भारतको दुवानगर पुगी त्यहाँका राजालाई सहयोगको लागि आग्रह गरेछन् । त्यहाँका राजाले आफ्ना वीर योद्धा ऐडी बिष्ट, दशौनी बिष्ट, भट्टकठायतको दस्ता सहयोगको लागी खटाएछन् । वीर योद्धाहरूले पनेरू राजालाई परास्त गरी दीप चनलाई राजा बनाए । एक थरी भनाई अनुशार कठायतहरू राजाका बढी विश्वास पात्र थिए । त्यसैले राजाका रक्षक पनि कठायत नै थिए ।[३] कठायत परिवारमा एउटा अति सुन्दरी महिला थिइन् जसको रौं निकै लामो थियो । एक दिन राजाको दरबारमा लामो रौं भेटिएछ । त्यो रौं कसको हो भन्ने विषयमा बाहिर कुरा चलेछ । अन्तमा त्यो रौं तिनै सुन्दरीको हो भन्ने किटान भए पछि राजा प्रति शंकागरी राजालाई मार्ने योजना बनाएछन् । सिकारका सौखिन राजालाई सुँगुर आयो सुँगुर आयो भनि दरबारको वरिपरी हल्ला पिटाएछन् । सुँगुर मार्न राजा हतियार सहित दरबारबाट बाहिर निस्कने क्रममा राजाका रक्षक तिनै कठायतले नै गोली हानी हत्या गरेका थिए । त्यसै कारणले त्यो कोटको नाम पछि सुँगुरकोट भनि राखिएको हो ।[३] लडाइमा विजय प्राप्त गरी सकेपछि गौतम गोत्री ऐडी बिष्टका पूर्खाहरू बाग बिष्ट र आङ बिष्ट दुई भाई त्यही ठाउँमा बस्न मन पराई पाटनको टुंडेगैर भन्ने ठाउँमा बस्ने गरेका हुन् । यद्यपी भारतको दुवानगरबाट बाग बिष्ट र आङ बिष्ट आएका हुन् वा उनका पुर्खा आएका हुन् भन्ने कुरा स्पष्ट हुन सकेको छैन । आज त्यो ठाउँलाई बिष्ट बाटुलीको सेरो भनेर चिनिन्छ ।[३]

बसाई सराई[सम्पादन गर्ने]

भारतको दुवानगर भन्ने ठाउँबाट टुंडेगैर आई बसेका बाग बिष्ट र आङ बिष्टका सन्तानहरूको अंशबण्डा हुँदा जेठा बाग बिष्टका सन्तानहरू टुंडेगैर र बिष्टेउडामा बसे भने कान्छा आङ बिष्टका सन्तानहरू मध्य जेठा भौसिंह बिष्ट बेडौती, माहिला (नाम थाह हुन नसकेका) पौडी, साहिला गाङी बिष्ट मड्चीपुर (डडेलधुरा) र कान्छा (नाम थाह हुन नसकेका) तल्लो स्वराड भन्ने ठाउँमा बस्ने गरेकाछन् । जेठा भौसिंह बिष्टले आफ्नै पालामा बेडौती छोडी हालको गुजर गाविसको वडा नं. २ तिपुरमण भन्ने ठाउँमा आई बसे । त्यसपछि भौसिंह बिष्टका दुई छोरा वीरा बिष्ट र आन्ते बिष्ट गुजर गाविसको वडा नंवर ५ गुराली भन्ने ठाउँमा आई बसे । अचानक आन्ते बिष्टको निधन भएपछि उनका नाबालक पुत्र हरिसिंह बिष्ट पिथौरागढ जिल्लाको ओड्डा भन्ने ठाउँमा आफ्नो मामाघरमा गई बसे । बाल्यकाल पुरा भएछि पारिवारीक जिवन बिताउन उनि फेरी ओड्डाबाट आफ्नै गाउँ गुराली आए । त्यसपछी उनि हालको गुजर गाविसकै वडा नंवर ७ बुङ्डा भन्ने ठाउँमा बस्न थाले । हरिसिंह बिष्टका सन्तानहरू हाल सोही ठाउँमा बस्ने गरेका छन् । यद्यपी गौतम गोत्री ऐडी बिष्टका सन्तानहरू हाल काठमाडौं देखि कैलाली कञ्चनपुका विभिन्न भागमा समेत फैलिएका छन् ।[३]

तिम्रापै बिष्ट[सम्पादन गर्ने]

एक समयमा बिष्टहरू घट्ट ल्याउने भनी डोटीतिर लागेछन् । बाटोमा जाँदा दाउरा घाँस काट्दै गरेका महिलाहरूसँग भेट भएछ । ति महिलाहरूले तिमीहरू को हौ भनि सोधिछन् । जवाफमा बिष्टहरूले तिम्रापै बिष्ट हौं भनेछन् । अनि किन आएका हौ त भनि महिलाहरूले फेरी सोध्दा जवाफमा बिष्टहरूले रातो हाली सेतो निकाल्ने खाज्न आएका हौं भनि भनेछन् । ति महिलाहरूले आफूलाई जिस्काएको ठानेछन् र त्यस पछि दुवै थरी आफ्नो आफ्नो बाटो लागेछन् । साँझ वास बस्ने क्रममा बिष्टहरू तिनै महिलाहरूको गाउँमा पुगेछन् । तिनीहरूलाई देख्दा हामीलाई जिस्काउने यिनै हुन् भनि चिनेछन् र आ-आफ्ना लोग्नेलाई भनेछन् । यि कस्ता बदमास रहेछन् को हौ भनि सोध्दा तिम्रापै बिष्ट हौं भन्छन् , किन आएका भनि सोध्दा रातो हालेर सेतो निकाल्ने खोज्न आएका भन्छन् भने पछि त्यस गाउँका पुरूषहरू र बिष्टहरू बीच ठुलो विवाद परेछ । अन्तमा गाउँलेहरूले बिष्टहरू उपर शिलगढी अदालतमा मुद्दा हालेछन् । त्यो मुद्दा अदालतमा ६ वर्षसम्म चलेको थियो । प्रतिवादमा बिष्टहरूले अदालतमा बयान दिंदै भने हामीहरू ऐडी बिष्ट हौं, तिपुरमण भन्ने ठाउँमा बस्ने हुनाले हामीलाई तिम्रापै बिष्ट भन्ने गर्दछन् । त्यस्तै रातो हाली सेतो निकाल्ने भनेको घट्ट हो जसमा रातो गहुँ, कोदो हाल्दा सेतो पिठो निस्किन्छ । त्यसैले तिम्रापै बिष्ट हौं र रातो हाली सेतो निकाल्ने खोज्न हिंडेका हौं भनि अर्थ लगाए पछि अदालतले उनिहरूलाई सफाई दिएको थियो । त्यसै फैसला पछि त्यहाँका बिष्टहरूलाई तिम्रापै बिष्ट भन्ने चलन पनि बसेको हो ।[३]

ऐडी बिष्टको मुख्य संस्कृति[सम्पादन गर्ने]

बाग बिष्ट र आङ बिष्टको पालामा कैलपाल र सिमोडालाई कुल देवताको रुपमा पूजा गर्ने गर्दथे । अहिले पनि बाग बिष्टका सन्तानहरूले सिमोडालाई कुल देवताको रुपमा पूजा गर्ने गर्छन् भने आङ बिष्टका सन्तानहरू (पौडी वासी) ले कैलपाललाई कुल देवताको रुपमा पूजा गर्ने गरेका छन् । आङ बिष्टकै जेठा सन्तान भौंसिंले बैतडी छोडी तिपुरमण, गुराली आए पछि भूमीराजलाई कुल देवताको रुपमा पूजा गर्ने गरेका छन् । यसका अतिरिक्त भौसिंका नाति हरिसिंका सन्तानहरूले माता वामनीलाई कुल देवता सरह नै पूजा गर्दै आएका छन् । साथै भौसिंका सन्तानहरूले कैलपाल, सिमोडा, सिगास आदि देवीदेवताको पनि पूजा आजा गर्ने गर्दछन् । ऐडी बिष्टहरूले गौरा पूजालाई विशेष चाडको रुपमा मनाउने गरे ता पनि दशैं, तिहार, मकर सङ्क्रान्ती तथा वैशाखी (विशु पर्व) जस्ता चाडपर्वहरूलाई पनि पर्वको रुपमा मनाउने गर्दछन् । [३]

उल्लेखनीय बिष्ट/विष्टहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सूचीहरू[सम्पादन गर्ने]

  1. http://forebears.io/nepal
  2. २.० २.१ २.२ http://savitri.com.np/gotra-and-thars-surname-in-nepal/
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ ३.५ गौतम गोत्र एकता समाज नेपाल द्वारा प्रकाशित पुस्तक गौतम गोत्र वंश परिचय पहिलो संस्करण लेखक राजेश कुमार बटाला

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]