सामग्रीमा जानुहोस्

पनेरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पनेरू नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो। पनेरूको गोत्र कौडिन्य गोत्रवाली रहेको छ। यसै गरी प्याकुर्याल, आचाॠ, सापकोटा, सत्याल, मरासिनी, पराजुली, बाँसकोटा, त्रिताल, न्यौपाने, कमलकोटे, लकाई, खड्का, गाम्ले थापा, बन्जाडे, रावल, बन्जारा, गैरे थर पनि कौडिन्य गोत्री हुन्। मूलत: डडेल्धुराका विभिन्न गाँउहरूमा पनेरूहरूको बसोबास रहेको भएतापनि हाल नेपालका विभिन्न स्थानमा पनेरूहरूको बसोबास रहेको पाइन्छ। डडेल्धुराको नौलाकोट निवासी तथा त्यहाँबाट बसाई सरेका पनेरूहरू बशिष्ठ गोत्रि हुन्। पनेरू थरको शाब्दिक अर्थ पानीसँग जोडिएको छ।[]

कुमाउंका राजा सोम चन्दका साथमा कुमाउं आएका ब्राह्मण भनेर गणेश पनेरूको नाम उल्लेख गरिएको छ। सोही पुस्तकमा नन्दा देवीको चर्चा गरिएको छ र पनेरूहरूले पिउने पानी दिने गरेको भनेर उल्लेख गरिएको छ। विभिन्न पेशाहरूको वर्णन गर्ने क्रममा मनतातो पानीले राजाको पाखुरा धुने कँडियाल पदको बारेमा चर्चा गरीएको छ। कँडिलो भन्नाले पहाडी बोली अनुसार मनतातो पानी हुन आउँछ। यिनै कँडियाललाई पनेरू भनेर पनि भनिन्थ्यो भन्ने कुरा त्यहाँ उल्लेख गरिएको छ। पनेरूहरू पृथ्वीनारायण शाहले नेपाल एकिकरण पूर्वको बाइसी राज्य अन्तर्गत पर्ने डोटी राज्यका राजाका राजगुरू थिए। कत्युर वंशको वंशावलीमा पनि पनेरूहरूका बारेमा चर्चा छ। विशेष गरेर ज्योतिष गणपतिका बारेमा त्यसमा उल्लेख गरिएको छ। डोटी राज्यको पतनसँगै पनेरूहरू पनि यत्रतत्र छरिन सुरूभएको मान्न सकिन्छ। डोटी राजासँगै भारतको सिंहाइ बसाइ सरेका पनेरूहरू र नेपालमै बसोबास गर्दै आएका पनेरूहरूको पुर्खा एकै हो।

बसोबास क्षेत्र

[सम्पादन गर्नुहोस्]

पनेरू थर सुदूरपश्चिममा बढि चलनचल्तीमा छ। विशेष गरी डडेल्धुरामा उनीहरूको पुर्ख्यौली बसोबास रहेको पाइन्छ।[] हाल आएर भने कैलालीकञ्चनपुरमा बढि बसोबास रहेको पाइन्छ। पनेरूहरू कौडिन्य गोत्री र भारद्वज गोत्री गरेर दुई किसिमका पाइन्छन्। पनेरू थर उति प्रचलित नभएपनि नुवाकोटझापातिर समेत पनेरूहरूको बसाइ रहेको पाइएको छ।

ख्यातीप्राप्त पनेरूहरू

[सम्पादन गर्नुहोस्]

पनेरू थर उति प्रचलित नभएकाले खासै त्यति चिनिने नामहरूको सूचि तयार पार्न कठीन छ। तापनि ऐतिहासिक हिसाबले केही पनेरूको नाम कमसे कम पनेरूहरू भित्रभने महत्त्वपूर्ण रहेको छ।

  1. ज्योतिष गणपति पनेरू
  2. जयदास पनेरू
  3. रामचन्द्र जोशी (पनेरू) - पूर्व प्रमुख जिल्ला अधिकारी
  4. टेकराज जोशी (पनेरू) - तेक्वान्दो गुरु, केन्द्रिय खेलकुद समिति
  5. हिरालाल जोशी (पनेरू) - नेपाली सेनाका उपरथी
  6. हरिप्रसाद जोशी (पनेरू) - गुठी सस्थांनका प्रमुख
  7. डा. प्रणव जाेशी (पनेरू) - अन्नपूर्ण न्युराे हस्पिटल
  8. डा. प्रणीता जाेशी (पनेरू) - बि एण्ड बी हस्पिटल
  9. पशुपति पनेरू - ब्याडमिन्टन खेलाडी
  10. सत्यराज पनेरू - समाजसेवी
  11. अर्चना पनेरू - नेपाली पोर्न स्टार

पनेरूले मान्ने विशेष पर्वहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]