फत्तेमान राजभण्डारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फत्तेमान राजभण्डारी
चित्र:Fatteman Rajbhandari.jpg
व्यक्तिगत विवरण
जन्मवि सं १९९३
मृत्युवि.सं. २०७० भाद्र २४ गते
काठमाण्डौ‚ ओम अस्पताल
पेशागायन, संगीत

फत्तेमान राजभण्डारी (वि.सं. १९९३ - वि.सं. २०७०) नेपाली गीतसंगीतका आधुनिक गायक तथा संगीतकार थिए।[१]

जीवनी[सम्पादन गर्नुहोस्]

वरिष्ठ गायक फत्तेमान राजभण्डारीको जन्म वि.सं. १९९३ साल मंसिर १३मा बुबा जीतमान राजभण्डारी र आमा पूर्णमाया राजभण्डारीको तेस्रो सन्तानका रूपमा भएको थियो। फत्तेमान राजभण्डारीका बुबा तबलाबादक हुनुहुन्थ्यो। राजभण्डारीका श्रीमती, दुई छोरा र एक छोरी छन्। [२] उहाँको वि.सं. २०७० भदौ २५ गते निधन भयो।[३]

यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले[सम्पादन गर्नुहोस्]

यश गीतका गीतकार यादव खरेल हुन्। सङ्गीतकार नातिकाजीले २०२२ साल तिर यो गीत फत्तेमान लाई गाउन प्रस्ताव गरेका थिए। रेडियो नेपालमा कहिल्यै नदेखेकालाई गाउन दिन मन नभए पनि खरेलको मलाई यहि गायक चाहिन्छ भनेर ढिपी गर्ने हैसियत पुगेको थिएन। फत्तेमानले यो गीतको खुब अभ्यास गरे। र रेडियो नेपालले हरेक वर्ष आयोजना गर्ने राष्ट्रिय गायन प्रतियोगिता २०२५ मा भाग लिँदै यादव खरेलको शब्द र नातिकाजीको संगीत रहेको यो गीत गाए।

प्रतियोगितामा पहिलो स्थान उनैले पाए। एउटै गीतले फत्तेमानलाई गायक र यादव खरेललाई गीतकारको रूपमा स्थापित गरायो। [४]

गायन[सम्पादन गर्नुहोस्]

गायक राजभण्डारीले ४ सय भन्दा बढी कालजयी गीत र भजनमा स्वर तथा सङ्गीत दिएका छन्। सुरुमा भजन गायनबाट आफ्नो साङ्गीतिक यात्रा सुरु गर्नुभएका फत्तेमान राजभण्डारी २०१८ सालमा गीत गाउनका लागि रेडियो नेपाल प्रवेश गर्नुभयो। उनका ‘मर्न बरु गाह्रो हुन्न ...', 'यस्तो पनि हुँदो रहेछ ....', 'सान्नानीको गालैमा कालो कोठी रैछ ...', 'वनै खायो डडेलोले मनै खायो...’ 'जिन्दगीको पाना भरि सुख देखिदैन....' जस्ता हृदयस्पर्शी र भावनात्मक गीतहरू तथा ‘रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो’ जस्ता राष्ट्रिय गीत चर्चित छन् र नेपाली गितसंगीत पारखी माझ आजपनि उत्तिकै रुचाईने गरिन्छ।।[१][२]

निकै लामो समयसम्म नेपाली गीत संगीतको क्षेत्रमा काम गरेका फत्तेमानले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन्। उनले बङ्गलादेशमा पनि लाई टाइम अचिभमेन्ट अवार्ड प्राप्त गरेका छन्। [५]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Senior singer Fatteman suffers from lung cancer[dead link] The Himalayan Times
  2. २.० २.१ वरिष्ठ गायक फत्तेमानको फोक्सोमा क्यान्सर वेब्याक मेसिन अभिलेखिकरण २०१३-०९-०९ मिति ग्यामर नेपाल
  3. साझासमाचार (२०७० भदौ २५), "गायक फत्तेमान राजभण्डारीको निधन", साझासमाचार डट कम, अन्तिम पहुँच १० सेप्टेम्बर २०१३ 
  4. फत्तेमानको हात्ती * यादव खारेल नागरिक २०७० भदौ २६
  5. थ्री जी म्युजिक[dead link]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]