भरतपुर (नारायणी)
नेपाली विकिपीडियाबाट
| दमक नगरपालिका | |
| [[Image:{{{तस्वीर}}}|335px|]] | |
| स्थापना : | २०३५ |
|---|---|
| अञ्चल: | मेची |
| जिल्ला: | झापा |
| क्षेत्रफल: | ७,५१३ बर्ग कि.मी. |
| जनसंख्या: | ४५,००० (१९९१) |
| वडा संख्या: | १४ |
| भौगोलिक अवस्थिति: | तराइ |
| मेयर: | ?? |
| टेलिफोन कोड: | ०२३ |
| वेबसाईट: | |
| नेपालका नगरपालिकाहरू | |
|---|---|
| पूर्वाञ्चल | |
| मेची: इलाम, भद्रपुर, मेचीनगर, दमक | |
| कोशी: बिराटनगर, धरान, इनरूवा, इटहरी, धनकुटा, खाँदवारी | |
| सगरमाथा: राजविराज, लहान, त्रियुगा | |
| मध्यमाञ्चल | |
| जनकपुर: जनकपुर, जलेश्वर, कमलामाई दोलखा भीमेश्वर | |
| बागमती: काठमाण्डौ, पाटन, भक्तपुर, कीर्तिपुर, | |
| नारायणी: भरतपुर, रत्ननगर, हेटौंडा, वीरगञ्ज, गौर, कलैया | |
| पश्चिमाञ्चल | |
| गण्डकी: पोखरा, लेखनाथ, गोरखा, व्यास, पुतलीबजार, वालिङ | |
| लुम्बिनी: रामग्राम, बुटवल, सिद्धार्थनगर, तौलिहवा,तानसेन | |
| धवलागिरी: कालिका | |
| मध्यपश्चिमाञ्चल | |
| राप्ती: त्रिभुवननगर तुल्सीपुर, | |
| कर्णाली: - | |
| भेरी: नेपालगञ्ज, वीरेन्द्रनगर,नारायण | |
| सुदुरपश्चिमाञ्चल | |
| सेती: धनगढी, टिकापुर, दिपायल सिलगढी | |
| महाकाली: महेन्द्रनगर, अमरगढी, दसरथचन्द | |
भरतपुर (Bharatpur, Nepal]]) मध्यदक्षीण नेपाल को नारायणी अञ्चल को चितवन जिल्लामा पर्ने नेपालका शहरहरू मध्य एक हो। यो ठाउंमा १९९२२ वटा घर छन्। यो शहर नेपालको मध्यदक्षीणीभागमा पर्ने चितवन उपत्यका को चितवन जिल्लामा पर्दछ । भरतपुर चितवन जिल्लाको सदरमुकाम पनीहो । भरतपुर नेपालका शहर हरूमा काठमाण्डौ,पोखरा,ललीतपुर,विराटनगर,विरगंज र धरान पछीको सातौ ठुलो शहरहो, यसको जनसंख्या १२५,३४५ (अनुमानीत २००५)रहेको छ । यो शहर नारायणी नदी को किनार र रापती नदी को नजीकै रहेको छ ।
योसहर मध्यनेपाल कोएक प्रमुख वाणीज्य केन्द्र शिक्षा और श्वास्थ का केन्द्र हो । भरतपुर नेपाल को सबैभन्दा महत्वपुर्ण ट्रास्पोर्टेसन जक्सन हो । यो नेपालको सवैभन्दा लामो महेन्द्र राजमार्ग को पुर्व, पस्चीमको केन्द्र मा बसेको छ , साथै काठमाण्डौ र पोखरालाइ देसके वांकी भागसँग जोडने साहाएक राजमार्गको पनी केन्द्र भरतपुर नै हो । झण्डै २५ वर्ष अगाडी स्थापीत भएको यो नयां सहर द्रुतगतीका साथ सहरीकरणबढी रहेको छ । भरतपुरको मुख्य वाणीज्य केन्द्र नारयणगढ हो भने मुख्य प्रशासनीक क्षेत्र दिपेन्द्रनगर हो अन्य वाणीज्यकेन्द्र हाकीमचोक,भोजाड तथा हाइट लाइमानीन्छ । भरतपुर नेपालको पुर्व पस्चीम (महेन्द्रराजमार्ग ) र उत्तर दक्षिण साहायक राजमार्गको केन्द्र विन्दुमा अवस्थीत छ । यो नेपालको प्रमुख शैक्षीक तथा श्वास्थकेन्द्र हो ।
भरतपुर नेपालको सबैभन्दा ठुलो लाइभस्टक प्रोड्युसर हो । याँहा उत्पादीत कुखुरा,कुखुराका फुल, तथा लाइभस्टक इन्टडस्ट्री का सहयोगी उत्पादन जस्तै कुखुराको फुलको क्रेट,कुखुराका चल्ला, दाना पुरा देसभरीनै याँहा बाट पठाइन्छ, अन्य उत्पादनमा मह (हनी), फ्लोरीकल्चर , च्याउ,(मसरूम) फार्मीङ भेजी टेवल फार्मीङ का साथै सहर को वाहीरी भागमामा धान,मकै,गँहु जस्ता खेती पनी गर्ने गरीएको छ । । याहाँ को मेन इन्डस्ट्री टुरीजम हो साथ, साथै सर्वीस इन्ड्स्ट्री पनी छिट्टै इमर्जीङ भइरहेको छ ।
विषयसूची |
[परिवर्तन्] यातायात सन्चार
भरतपुरमा इमेल इन्टरनेट देखि एस.टि.डी., आइ.एस.डि., लोकल फोन, पोष्टपेड मोबाइल, प्रीपेड मोबाइल लगायतका सबै प्रकारको आधुनिक संचार सुविधा उपलब्ध छ । यहाँ तिन वटा एफ.एम., सिनर्जी, कालिका र हाम्रो संचालीत छन् भने दुईवटा बेसो र चितवन स्थानीय टेलीभिजन संचालीत छन् ।दुई ठुला राजमार्ग र सारा देशको केन्द्र भएकाले यहाँबाट मुलुकको हरेक भागमा मा आउन-जानको लागी बस माइक्रो बस रेन्ट कार, ट्याक्सी, लगायत लामो दुरीका यातायात साधन उपलब्ध छन् । इन्टर सिटी या स्थानीय सवारीका लागी ट्याक्सी, रेन्टकार, अटोरिक्सा र रिक्सा उपलब्ध छन् । राष्ट्रिय निकुन्ज प्रवेशद्वार रत्ननगर बाट सौराहा सम्म घोडाले तान्ने एक्का पनी चढ्न पाइन्छ । भरतपुर विमानस्थल सिटी सेन्टरमै छ यदि विमानस्थल नजिकै होटल चाहियो भने रोयल सेन्चुरी, आइलेण्ड जंगल रिसोर्ट, ग्लोबल जस्ता होटल त्यहीं नजिकै छन् । नत्रभने निकुन्ज किनार या नारायणी नदी किनारमा पर्यटकहरू को लागी थुप्रै होटलहरू उपलब्ध छन् ।
[परिवर्तन्] भरतपुर पर्यटन
भरतपुर नेपालको सबैभन्दा पुरानो र विश्व संपदामा सुचिकृत चितवन राष्ट्रीय निकुन्ज को प्रवेस द्धार हो । भरतपुर एअरपोर्ट बाट काठमाण्डौ र पोखरा विमानस्थलहरू संग रेगुलर एअर सर्भिस उपलब्ध छ । भरतपुरका होटेलहरू विमानस्थल नजिकै देखी राष्ट्रिय निकुञ्जको किनार सम्म रहेका छन ।सातामा २१ देखी पच्चीस सम्म फ्लाइट काठमाण्डौ जानेगर्छन । हरेक प्रकार का बस, कार को सर्वीसले देशको हरेक भागसंग भरतपुरलाइ जोडेकाछन । चितवन राष्ट्रीय निकुन्ज वानहर्न राइनो, शाही वंगाल वाघ, मगरगोही, घडियालगोही, हात्ती, विभिन्न किषीम का मृग, र जलचरका लागी प्रशिध्द छ । भरतपुर सिटी भित्र या निकुन्ज को किनारमा हरेक प्रकारका होटल पर्यटक को स्वागत गर्दछन याँहाको पुरानो मेघौली एअरपोर्टमा एलीफेन्ट पोलोका वर्ल्ड कप को खेल हुनेगर्छ साथै निकुन्जको एक प्रमुख द्धार सोराहमा हात्ती र घोडदौड को प्रतीयोगीता हुन्छ । साथै नारायणी र राप्ती नदीहरू मा जल यात्रा सनसेट भ्यु का अरू आकर्षण पनी छन् । साथै हालै यंहाबाट चितवन हिल ट्रैक को ट्रेकीङ रूट पनीचलाइएको छ ।
[परिवर्तन्] सेवा उद्योग
हुन त भरतपुर मा कोकाकोला, सानमिगल वियर जस्ता दुइचारवटा मल्टीनेसनल उद्योग का साथै ठुलासाना अरू उद्योग पनि छन् तर यो सहर मुख्यतया सेवा उद्योगमै प्रशिद्धी कमाउँदै गइरहेको छ । यहाँका कलेजमा विधार्थीहरू नेपाल बाटमात्र नभइ भारत र श्रीलंका बाटसमेत आउने गरेका छन् । उनिहरू खास गरी मेडीकल साइन्स र पसु बिज्ञान पढ्नकालागी आउने गरेका छन् । उच्च शिक्षणको लागी टाढा-टाढा का बिद्यार्थी यहाँ आउनु यहाँको एक मुख्य व्यवसाय भएको छ। साथै यहाँ रहेका अस्पतालहरू मा आउने विरामी र तिनका आफन्त पनी यस सहर का प्रमुख ग्राहक हुन । त्यसै गरी भरतपुर ले छिमेकी अन्चल तथा जिल्लाहरूको लागी निर्माण सामग्री तथा खाद्य सामग्री समेत पैठारी गर्ने गर्दछ ।
भरतपुरक्षेत्रका मुख्य क्याम्पसहरु यस प्रकार छन् ।
१, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान यो नेपालमा कृषि तथा पशु विज्ञान अध्ययनका लागी त्रिभुवन विश्वविद्यालय अन्तर्गतको केन्द्रीय अध्ययन संस्थान हो । यसका सहायक क्याम्पसहरु लम्जुङ्को सुन्दरबजार र भैरहवाको पक्लीहवामा रहेका छन् । हाल हेटौडा र पोखरामा रहेका बन विज्ञान अध्ययन संस्थान का क्याम्पसलाई समेत मिलाइ कृषि,पशु तथा वन विश्वविद्यालय बनाउने प्रयास चलिरहेको छ । http://www.iaasrampur.edu.np/
२, वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरको सबैभन्दा पुरानो यो क्याम्पसमा विज्ञान मानविकी तथा व्यवस्थापनमा स्नातकोतर तथा स्नातक सम्मको अध्ययन हुने गरेको भरतपुर हाइटमा रहेको यो क्याम्पसको स्नातकोत्तर भवन चाहिं बाइपास सडकमा रहेको भवनमा चलेको छ ।यो क्याम्पस त्रिभुवन विश्वविद्यालयको आंगीक क्याम्पस हो ।
३, बालकुमारी बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालयको संबंधन रहेको यो सामुदायीक क्याम्पस नारायणगढको क्याम्पाचौरमा रहेको छ यहाँ मानविकी तथा व्यवस्थापनमा स्नातकोतर तथा स्नातक सम्मको अध्ययन हुने गरेको छ ।
४, सप्तगण्डकी बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालयको संबंधन रहेको यो दोश्रो सामुदायीक क्यामपस भरतपुर जनरल अस्पतालको नजिकै रहेको छ यहाँ मानविकी, शिक्षा तथा व्यवस्थापनमा स्नातकोतर तथा स्नातक सम्मको अध्ययन हुने गरेको छ ।
५, भरतपुर कलेज अफ मेडीकल साइन्स यो भरतपुरको पहिलो मेडीकल कलेज २०५० सालमा स्थापीत भएको हो http://www.cmsnepal.edu.np/pages/aboutinst.htm
६, भरतपुर पाइलट ट्रेनिङ् स्कुल नेपालको पहिलो निजीक्षेत्र बाट संचालीत (सरकारी नेपाली सेनाले संचालन गरिरहेको पाइलट ट्रेनिङ् स्कुल हो ) पाइलट ट्रेनिङ् स्कुल हो र यसको बेस भरतपुर विमानस्थल हो http://www.shivaniair.com/
७, चितवन मेडीकल कलेजयो नव स्थापीत मेडीकल कलेज हो http://www.cmc.edu.np
८ चितवन साइन्स कलेजयो बिज्ञानका बिद्यार्थी माझ निजी क्षेत्रको यो बिज्ञान कलेज लोकप्रिय रहेको छ ।
९, मैया देवी कन्या क्याम्पसयो भरतपुरको पहिलो कन्या महाबिद्यालय हो ।
१० भरतपुर नर्सिङ क्याम्पस नेपालकै पुरानो नर्सिङ क्याम्पस मध्यको यो नर्सिङ क्याम्पस भरतपुर अस्पताल को हाता भित्र संचालीत छ ।
११, प्रेसीडेन्सी कलेज
१२, एपेक्स एकेडेमी (क्षेत्रपुर)
१३, चितवन पोलीटेक्नीक क्यामपस
१४, जेभीएर कलेज बेलचोक
१५, अर्किड साइन्स कलेज
१६ शहिद स्म्रिति बहुमुखि क्याम्पस टांडी
१७ माडी क्याम्पस बसन्तपुर १८ नेपाल् उच्च् मबि रत्ननगर १९ क्यापितल कलेज् रत्ननगर
१, महेन्द्र आदर्श चिकित्सालय (भरतपुर जनरल अस्पताल) भरतपुरको यो सबैभन्दा पुरानो अस्पताल हो यो दिपेन्द्रनगरमा रहेको छ र यसलाई ५०० शैया सम्म पुर्याउने लक्ष्य राखिएको छ ।
२,वि.पि.कोइराला क्यान्सर अस्पताल http://www.bpkmch.org.np नेपालकै एकमात्र सरकारी (भक्तपुरमा सानो सामुदायीक क्यान्सर अस्पताल रहेको छ) क्यान्सर केअर सेन्टर हो र दक्षीण एसियामै सबै भन्दा सस्तो क्यान्सर उपचार केन्द्रको रूपमा समेत प्रशिद्ध छ । यहाँ संसारमा उपलब्ध प्राय: सबै किसिमका प्रविधी बाट क्यान्सरको उपचार गरिन्छ । यो भरतपुर को वार्ड नंबर ७ कृष्णपुरमा रहेको छ ।
३, शिक्षण अस्पताल (भरतपुर कलेज अफ मेडीकल साइन्स )http://www.cmsnepal.edu.np/pages/aboutinst.htm भरतपुर कलेज अफ मेडीकल साइन्सको ७०० शैयाको यो शिक्षण अस्पताल अहिले प्रमुख उपचार केन्द्र भएको छ ।
४, श्री ५ महेन्द्र स्मारक आंखा अस्पताल ः २०४५ साल मा उदघाटन भएको यो आंखा अस्पताल मा आंखाका सबै प्रकारका रोगहरूको उपचार गरिन्छ हाल यो अस्पताल ५० शैयामा संचालीत छ ।
५, शिक्षण अस्पताल (चितवन मेडीकल कलेज)http://www.cmc.edu.np/ चितवन साइन्स कलेजको निर्माणाधीन यो अस्पताल छिट्टै शुरू हुँदैछ ।
६,नारायणी सामुदायीक अस्पताल ः भरतपुरको पहिलो सामुदायीक अस्पताल भरतपुर जनरल अस्पतालको नजिकै रहेको छ ।
अन्य निजी अस्पताल :- • आसा अस्पताल • मनकामना अस्पताल • जनसेवा अस्पताल • चितवन अस्पताल प्रा.ली. • ॐ अस्पताल इत्यादी
[परिवर्तन्] मुख्य आकर्षण
• नारायणी नदी :- सहर को उत्तर पश्चिम हुदै बगीरहेकी नारयणी नदी भरतपुर को लाइफलाइन एवं प्रमुख जलधारा हो यो नदी को किनारामा सुर्योदय एवं सुर्यास्त हेर्न तथा पवित्र देवघाट स्नान का लागी पर्यटक तथा भक्त जन सधै यो नदीकिनारमा पुगेका हुन्छन ।
• रापती नदी :- चितवन राष्ट्रीय निकुञ्ज को किनारामा वगेकी यो नदी पर्यटकको अत्यन्तै प्रीय छ। यो नदी को किनारामा सुर्योदय एवं सुर्यास्त हेर्नकालागी तथा जल यात्राका लागी पर्यटक हरू निकैनै आर्कषीत रहने गरेका छन ।
• चितवन राष्ट्रिय निकुञ्ज:- नेपालका सबैभन्दा पुरानो एवं विश्व संपदा सुची मा सुचीकृत चितवन राष्ट्रीय निकुन्ज जुन गैडा (वानहर्न राइनो), शाही वंगाल वाघ, मगरमच्छ, हात्ती, विभिन्न किषीम का मृग, र जलचर (डल्फीन,मगर र घडीयाल गोहीहरू, बिभिन्न थरी माछाहरू) का लागी प्रशिद्घ छ ।
• नारायणगढ :- यो भरतपुरको मुख्य व्यापारीक बजार हो, भरतपुरमा रहेका धेरै जसो ठुला सपीङ सेन्टर, होलसेल पसल र यातायातसाधन मर्मतकेन्द्र, समेत यहाँ रहेका छन ।
• विस हजारी ताल :- विश्वप्रशिद्ध सिमसार क्षेत्र विसहजारी ताल पंछी प्रेमीहरू माझ प्रशिद्ध छ। यो साइबेरीयादेखि श्रीलंकासम्म चक्ककर लागउने फिरन्ता चराहरूको एक प्रमुख विश्रामस्थल हुनुका साथै स्थानीय चराहरू र गोही को पनी केन्द्र हो।
• जैवीक विविधता संग्राहलय :-टिकोली बारक्षक तालीमकेन्द्र संगै रहेको यो संग्रहालय जीवजन्तु प्रेमीहरू कालागी प्रीय हुनसक्छ ।
[परिवर्तन्] धार्मिक केन्द्र
• देवघाट धाम :- समस्त हिन्दु जगत को प्रशिध्द देवघाट धाम यही पर्दछ ।
• वागेस्वरी मन्दीर :- एतिहासीक वागेस्वरी मन्दीर दियालो बंगला राजदरवार को उत्तरी कुनामा अवस्थीत छ ।
• गणेसस्थान,भरतपुर :- एतिहासीक गणेसस्थान मन्दीर सहर को पुर्वउत्तरमा प्रहरी तालीम केन्द्रको नजीकै रहेको छ ।
अन्य मन्दीर :- • हरीहर मन्दीर,• पसुपतीनाथ मन्दीर (नारायणगढ),• विश्व शान्ती बौद्ध गुम्वा, भरतपुर,कालीका मन्दीर, जखडीमाइ मन्दीर,रामेस्वर मन्दीर, दुर्गा मन्दीर
[परिवर्तन्] उल्लेखनीय भवन
दियालो बंगला राजदरवार :- यो शाह राजाहरूको सितकालीन दरवार हो राजा महेन्द्र ले यसको निर्माण गर्न लगायका थीए, यो दरवार भरतपुर मा नारायणी नदी किनारमा खडा छ ।
कसरा दरवार :- नेपालका राणा शसकहरूले सिकारको बेला बस्न बनाएको दरवार हो अहिले यस मा चितवन राष्ट्रीय निकुन्ज को कार्यलय का साथै संग्रहालय राखीएको छ।
भरतपुर कभर्ड हल :- भरतपुर मा इन्डोर गेम खेल्नका लागी बनाइएको यो नयाँ कर्भडहल सहरको बिच गेस्टहाउस मैदानको किनारमा छ ।
उपरदांग गढी :- ढुङ्गाले बनाइएको चित्तार्कषक यो गढी वडामाहाराज पृथ्वी नारायण का माहीला छोरा राजकुमार बाहदुर शाहका छोरा शत्रुभन्जन शाह ले बनाएका थिए । यो गढी भर्खरै एकीकरण हुदै गरेको नेपालको अंग्रेज संग हुनसक्ने संभावीत भिडन्त लाइ ख्याल गरी बनाइएको थियो । निर्माणपछी प्रसासनीक र ब्यापारीक केन्द्र बनेको उपरदांगगढी चितवन जिल्लाको पुरानो सदरमुकाम रहेको गढी हो पाहडको टाकुरामा रहेको गढी र यातायातको असुवीधाले गर्दा २०१८ सालदेखी २०२४ साल सम्ममा याहाँ बाट सदरमुकाम भरतपुर सारीएको थीयो ।हाल भरतपुर मा रहेको बालकुमारी स्कूल पनि उपरदांगगढी बाट सरियको बताईयको छ|
[परिवर्तन्] भूगोल
यो ठाउंको अक्षांश र देशान्तर हो 27.57° N 84.17° E ।[१]समुद्र सतह भन्दा यो ठाउं १३५ मिटर (४४२ फुट) माथि पर्दछ। भित्री मधेस भनीने चितवन उपत्यका मा पर्ने यो सहर गर्मीमा ४० डिग्री र जाडो मा ८ डिग्ी सम्मको तापक्रम रेकर्ड गरिएको छ । याँहाको नारायणगढ को पोखरा बसपार्क हुदै शिबघाट सम्म नारायणी नदीको ढांड क्षेत्र रहेको छ जुन नगरको अन्य भाग भन्दा होचो र गर्मीमा बढी गर्मी हुने इलाका पर्दछ । भरतपुर हाइट बाट पस्चीम हुदै जाँदा पुन उचाइ कम हुदै जान्छ सबै भन्दा अल्को भाग वीरेन्द्र क्याम्पस भएको क्षेत्र र सबै भन्दा होचो बाह्र घरे तलको क्षेत्र पर्न जान्छ । उत्तर र पुर्वपट्टी बरण्डाभार को सदावाहर जंगल रहेको छ जाँहा साल, सिसो,साज,बाँझी, लगायतका काठ र बिभिन्न किसिमका विरूवाको झाडी पाइन्छ । नगरका केही साना भाग जस्तै देवघाट, रामनगर, जुगेडी बनभित्रै नारायणी नदी किनारमा रहेका छन ।
[परिवर्तन्] जनसंख्या
नेपालको सन् २००५को अनुमान अनुसार भरतपुर न.पा.को जनसंख्या ११७,१६२ छ।[२] यस मध्य पुरुष ५१%, र महिला ४९% छन्।भरतपुरमा मा मुख्यतया थारू,दराइ,बोटे,गुरूङ,मगर,चेपाङ, तमाङ,थोरै संख्यामा राइ,लिम्वु, का साथै बराल,पौडेल,अधिकारी,थापा,के.सी. बोहोरा थर भएका बाहुन तथा क्षेत्री जाती श्रेष्ठ,प्रधान,माहर्जन,साही लगायत थर भएका नेवार जातीका मानीस का साथै नेपालमा पाइने सबै जात जातीका मानीस बसोबास गर्दछन ।
English Identity Of The City = Bharatpur, Nepal
[परिवर्तन्] स्रोत
↑ Bharatpur. Falling Rain Genomics, Inc. Retrieved on अप्रिल २८, २००७. ↑ नेपाल जनगणना २००१. Retrieved on अप्रिल २८, २००७. http://www.bharatpurmun.org.np/
अन्य जानकारी का लागी भिजीट भिजीट गर्नुहोस :-
• http://en.wikipedia.org/wiki/Bharatpur,_Nepal