सामग्रीमा जानुहोस्

इन्द्रावती नदी, नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(इन्द्रावती नदीबाट अनुप्रेषित)
इन्द्रावती नदी/ मेलम्ची खोला
नदीको एक दृश्य
स्थान
देशनेपाल
भौतिक विषेशताहरू
स्रोत 
 • स्थानहिमालय
मुख 
 •  स्थान
दोलालघाटमा सुनकोशी नदी
 •  भौगोलिक निर्देशाङ्क
२७°३८′४६″N ८५°४२′१४″E / २७.६४६°N ८५.७०४°E / 27.646; 85.704निर्देशाङ्कहरू: २७°३८′४६″N ८५°४२′१४″E / २७.६४६°N ८५.७०४°E / 27.646; 85.704
जलाधारका विशेषताहरू
नदी प्रणालीकोशी नदी

इन्द्रावती नदी नेपालको सुनकोशी नदीको सहायक नदी, सप्तकोशी नदी प्रणालीको सहायक नदी र नेपालको एक प्रमुख नदी हो।[] १९औँ शताब्दीसम्म यसलाई 'मेलम्ची' वा 'मेलम्चु' भन्ने गरिएको थियो।[]मेलम्ची नदीको पानी धमिलो हुन्छ भने इन्द्रावती नदी सङ्ग्लो गरि बग्छ। इन्द्रावती नदीको मुहान सिन्धुपाल्चोक जिल्लाको भोटाङ्ग भन्ने गाउँ माथि पर्ने लेक पाँचपोखरीमा रहेको छ।[]यसै नदीको नाउँमा नेपालको इन्द्रावती गाउँपालिकाको नामकरण गरिएको छ।

इन्द्रावती नदीको स्रोत हिमालयको दक्षिणी भीरमा अवस्थित छ। यसको माथिल्लो जलमार्ग ठाडो ढलान, नदी उपत्यकामा विशाल ढुङ्गाहरू र चट्टानहरूसँगै तीव्र पानीको धारा यस नदीको प्रमुख विशेषता हो। यो अल्पाइन, उप-अल्पाइन र समशीतोष्ण जङ्गलहरू भएर प्रवाहित हुने गर्छ। मानव बस्तीहरूलाई यो नदीको तल्लो जलमार्गले भेट्छ। इन्द्रावती नदीको जलग्रहण क्षेत्रमा काठमाडौँ घाटीको पूर्वी ढलान सम्मिलित छ र इन्द्रावती- सुनकोशी नदीसम्म फैलिएर रहेको छ।[]

इन्द्रावती नदी, नेपालको राजधानी काठमाडौँलाई नेपाल-तिब्बत सीमालाई जोड्ने अरनिको राजमार्गमा अवस्थित दोलालघाटमा सुनकोशी नदीमा मिसिन्छ।[]

कोशी नदी प्रणाली

[सम्पादन गर्नुहोस्]

कोशी नदी पूर्वी नेपालमा बग्ने गर्दछ। नदीको स्वरूप विकास गर्नको लागि पूर्व-मध्य नेपालमा सम्मिलित हुने सात नदीहरूको कारण यसलाई सप्तकोसी नदी समेत भन्ने गरिएको छ। कोशी नदी प्रणाली बनाउने प्रमुख नदीहरू सुन कोशी, इन्द्रावती, ताम्मा कोशी (वा तामा कोशी), भोटे कोशी, दुध कोसी, अरुण र तमोर नदीहरू रहेका छन्। सप्तकोशी नदी चतरा खोल्सा हुँदै उत्तरी बिहारमा एक समान दिशामा बग्ने गर्दछ र अन्त्यमा गङ्गा नदीमा मिसिने गर्दछ।[][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ Sharma, U. P. (1996). Ecology of the Koshi river in Nepal-India (north Bihar): a typical river ecosystem. In: Jha, P. K., Ghimire, G. P. S., Karmacharya, S. B., Baral, S. R., Lacoul, P. (eds.) Environment and biodiversity in the context of South Asia. Proceedings of the Regional Conference on Environment and Biodiversity, March 7–9, 1994, Kathmandu. Ecological Society, Kathmandu. Pp 92–99.
  2. Malla, K. P. (1983). River-names of the Nepal valley: A study in cultural annexation. Contributions to Nepalese Studies 10 (2): 57–68.
  3. "मेलम्ची र इन्द्रावती नदीको दोभान", काठमान्डु खबर (नेपालीमा), २०१९-०६-०३, अन्तिम पहुँच २०२०-१०-०२ [स्थायी मृत कडी]
  4. Negi, S. S. (१९९१), "Indravati River", Himalayan Rivers, Lakes, and Glaciers, New Delhi: Indus Publishing Company, पृ: ७५। 
  5. Dorje, G. (१९९९), Tibet Handbook: with Bhutan, Bath: Footprint Handbooks। 
  6. Negi, S. S. (१९९१), "Kosi River System", Himalayan Rivers, Lakes, and Glaciers, New Delhi: Indus Publishing Company, पृ: 89–90। 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]