ढाँचा:इतिहासमा आज/अक्टोबर
स्वरूप
अक्टोबर, {{{1}}}
[सम्पादन गर्नुहोस्]१, अक्टोबर (जन्म): जिम्मी कार्टर (सन् १९२४)
- वि.सं. २०७० (सन् २०१३) - अमेरिकामा सरकारको सञ्चालन खर्च माथि राजनितिक असहमति हुँदा सरकारी कामकाज आंशिक रूपमा बन्द भएको थियो ।
२, अक्टोबर (जन्म): महात्मा गान्धी (सन् १८६९)
हेर्ने – वार्ता – सम्पादन
३, अक्टोबर (जन्म): फ्रेड (सन् १९८३)
- वि.सं. १९९९ (सन् १९३२) - इराकले संयुक्त अधिराज्यबाट स्वतन्त्रता पाएको थियो ।
- वि.सं. २०७० (सन् २०१३) - इटालीको एउटा टापु नजिकै डुङ्गा पल्टिदा १३४ प्रवासीको मृत्यु भएको थियो ।
४, अक्टोबर (जन्म): डेकोटा जोनसन (सन् १९८९) ~ नारायणगोपाल (सन् १९३९)
- वि.सं. १९८१ (सन् १८२४) - मेक्सिकोले नयाँ संविधान जारी गरेको थियो ।
५, अक्टोबर (जन्म): केट विन्स्लेट (सन् १९७५)
- वि.सं. १८३९ (सन् १५८२) - इटली तथा अन्य क्याथोलिक देशहरूमा इस्वी सम्बतको शुरूवात गरिएको थियो ।
- वि.सं. २०१९ (सन् १९६२) - विटल्सले आफ्नो पहिलो एल्बम "लभ मि डु" सार्वजनिक गरेको थियो ।
६, अक्टोबर (जन्म): सिलभियन लेबिन्सकि (सन् १९७३) ~ शरद भेसवाकर (सन् १९८८)
- वि.सं. २०४४ (सन् १९८७) - फिजी (चित्रमा झण्डा) गणतन्त्रात्मक राज्य बनेको थियो ।
७, अक्टोबर (जन्म): भ्लादिमिर पुतिन (सन् १९५२)
- वि.सं. २०२७ (सन् १९७०) - नाइजेरियाले संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरेको थियो।
- वि.सं. २०५८ (सन् २००१) - अमेरिकाले अफगानिस्तान माथि हवाई तथा थल आक्रमण सुरु गरेको थियो।
८, अक्टोबर (जन्म): म्याट डेमन (सन् १९७०)
- वि.सं. १९८९ (सन् १९३२) - भारतीय वायुसेनाको स्थापना भएको थियो।
- वि.सं. २०२४ (सन् १९६७) - चे ग्वेभारा तथा उनको साथीहरू बोलिभियामा पक्राउ परेका थिए।
९, अक्टोबर (जन्म): जोन लेनन (सन् १९४०)
- वि.सं. २०६३ (सन् २००६) - उत्तर कोरियाले पहिलो आणविक हतियारको परिक्षण गरेको थियो ।
१०, अक्टोबर (जन्म): मनु बनेट (सन् १९६९)
- वि.सं. २०१४ (सन् १९५७) - संयुक्त अधिराज्यमा अवस्थित विन्डस्केल न्युक्लिएर प्लान्टमा आगलागी भएको थियो जुन संसार कै पहिलो ठुलो न्युक्लिएर दुर्घटना थियो ।
११, अक्टोबर (जन्म): अमिताभ बच्चन (सन् १९४२)
- २०१३ - सिसिलीको नहरमा प्रवासी डुंगा डुब्दा २७ जनाको मृत्यु भएको थियो ।
१२, अक्टोबर (जन्म): ह्यु ज्याकम्यान (सन् १९६८)
- वि.सं. २०५६ (सन् १९९९) - पृथ्वीमा ६,०००,०००,०००औं मानवले जन्म लिएको थियो ।
१३, अक्टोबर (जन्म): मार्गरेट थ्याचर (सन् १९२५)
- वि.सं. २०२९ (सन् १९७२) - मस्को बाहिर एउटा विमान दुर्घटना हुँदा १७४ जनाको ज्यान गएको थियो ।
- वि.सं. २०४० (सन् १९८३) - अमेरीटेक मोबाइल सञ्चार (अब एटी एन्ड टी इङ्क) शिकागोमा पहिलो अमेरिकी सेलुलर नेटवर्क सुरू गरेको थियो ।
१४, अक्टोबर (जन्म): ग्लेन म्याक्सवेल (सन् १९८८) ~ खगेन्द्र थापा मगर (सन् १९९२-२०१५)
- वि.सं. २०३१ (सन् १९६४) - मार्टिन लूथर किंगले जातीय विभेद शान्तिद्वारा अन्त गरेकोले नोबेल शान्ति पुरस्कार प्राप्त गरेका थिए ।
१५, अक्टोबर (जन्म): अकबर (सन् १५४२) ~ नरेश बहादुर बुढाऐर (सन् १९९१)
- वि.सं. २०६० (सन् २००३) - चिनले आफ्नो पहिलो मानव सहितको अन्तरिक्ष विमान शेनझाउ ५ प्रक्षेपित गरेको थियो ।
१६, अक्टोबर (जन्म): ज्याक्स क्यालिस (सन् १९७५)
- वि.सं. २००८ (सन् १९५१) - पाकिस्तानका प्रथम प्रधानमन्त्री लियाकत अली खानको रावलपिन्डीमा हत्या गरिएको थियो ।
- वि.सं. २०४१ (सन् १९८४) - डेसमन्ड टुटुलाई शान्तिमा नोबेल पुरस्कार प्रदान गरिएको थियो ।
१७, अक्टोबर (जन्म): अनिल कुम्बले (सन् १९७०)
- वि.सं. २०१३ (सन् १९५६) - पहिलो व्यावसायिक आणविक शक्ति स्टेशन इङ्गल्याण्डकी महारानी एलिजाबेथ दोश्रोद्वारा औपचारिक रुपमा सेल्लाफील्डमा उद्घाटन गरिएको थियो ।
- वि.सं. २०३६ (सन् १९७९) - मदर टेरेसालाई शान्तिमा नोबेल पुरस्कार प्रदान गरिएको थियो ।
१८, अक्टोबर (जन्म): फ्रिडा पिन्टो (सन् १९८४)
- वि.सं. २०६३ (सन् २००७) - पाकिस्तानको सहर कराचीमा भएको आत्मघाती बम बिष्फोटमा १३९ जनाको मृत्यु हुनुका साथै ४५० घाइते भएका थिए ।
१९, अक्टोबर (जन्म): सनी देओल (सन् १९६१)
- वि.सं. २०६२ (सन् २००५) - सद्दाम हुसैनलाई मानवता विरोधी अपराधका लागि बगदादमा परीक्षणको लागि लागिएको थियो ।
- वि.सं. २०७० (सन् २०१३) - अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा ट्रेन दुर्घटना हुँदा १०५ जना घाइते भएका थिए ।
२०, अक्टोबर (जन्म): वीरेन्द्र सहवाग (सन् १९७८)
- वि.सं. २०३० (सन् १९७३) - सिड्नी ओपेरा हाउस खुलेको थियो ।
- वि.सं. २०४८ (सन् १९९१) - भारतको उत्तरकाशीमा ६.८ तीब्रताको भूकम्प जाँदा १,००० जनाको ज्यान गएको थियो ।
२१, अक्टोबर (जन्म): अल्फ्रेड नोबेल (सन् १८३३)
- वि.सं. २०२८ (सन् १९७१) - स्कटल्याण्डको ग्लासगोको एउटा खरिद बिक्रीकेन्द्रमा ग्याँस बिष्फोट हुँदा २२ जनाको ज्यान गएको थियो ।
- वि.सं. २०५१ (सन् १९९४) - दक्षिण कोरियाको राजधानी सोलमा सिओङ्गसु बाँध भत्किदा ३२ जनाको ज्यान गएको थियो ।
- वि.सं. २०७३ (सन् २०१६) - क्यामेरूनमा यात्रुवाहक रेलको दुर्घटनामा ७० जनाको मृत्यु तथा ६०० भन्दा बढी घाइते भएको थियो ।
२२, अक्टोबर (जन्म): परिनिती चोपडा (सन् १९८८)
- वि.सं. १९३२ (सन् १८७५) - अर्जेन्टिनामा पहिलो टेलिग्राफ जडान गरिएको थियो ।
- वि.सं. २०२३ (सन् १९६६) - सोभियत संघले लुना १२ लाई प्रक्षेपित गरेको थियो ।
- वि.सं. २०६५ (सन् २००८) - भारतले आफ्नो चन्द्रयान-१लाई चन्द्रमा बिना व्यक्ति पठाएको थियो ।
२३, अक्टोबर (जन्म): पेले (सन् १९४०)
- वि.सं. २०६९ (सन् १९७८) - चीन र जापान बिचको ४ दशक भन्दा बढी समय देखि चलेको विवादको आधिकारिक अन्त्य गरेका थिए ।
- वि.सं. २०६९ (सन् २०१२) - ताइवानको ताइनानको एक हस्पिटलमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको थियो भने ४० जना घाइते भएका थिए ।
२४, अक्टोबर (जन्म): वाइने रोनी (सन् १९८५) ~ पारस खड्का (सन् १९८७)
- वि.सं. २००२ (सन् १९४५) - संयुक्त राष्ट्र संघको स्थापना भएको थियो ।
- वि.सं. २०६३ (सन् २००५) - विल्मा तुफानमा परी अमेरिकामा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ७१ जनाको ज्यान गएको थियो भने अनुमानित २०.६ बिलियन अमेरिकी डलरको क्षति पुगेको थियो ।
२५, अक्टोबर (जन्म): पाब्लो पिकासो (सन् १८८१)
- वि.सं. २०४१ (सन् १९८४) - हेपाटाइटिस भाइरस पत्ता लागेको थियो ।
- वि.सं. २०६४ (सन् २००९) - बगदादमा बम बिष्फोट हुँदा १५५ मानिसको मृत्यु भएको थियो ।
२६, अक्टोबर (जन्म): हिलारी क्लिन्टन (सन् १९४७)
- वि.सं. १९७८ (सन् १९२१) - सिकागो रङ्गमञ्जको उद्घाटन भएको थियो ।
- वि.सं. २००४ (सन् १९४७) - कश्मीर तथा जम्मुको महाराजाले आफ्नो राज्यलाई भारतमा बिलय गर्न तयार भएका थिए ।
- वि.सं. २०३६ (सन् १९७९) - दक्षिण कोरियालीको तत्कालिन राष्ट्रपति पार्क चुंग-हिको हत्या भएको थियो ।
२७, अक्टोबर (जन्म): कुमार संगाकारा (सन् १९७७)
- वि.सं. २०४८ (सन् १९९१) - तुर्कमेनिस्तानले सोभियत संघबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।
२८, अक्टोबर (जन्म): बिल गेट्स (सन् १९५५)
- वि.सं. २०६६ (सन् २००९) - पाकिस्तानको पेशावर शहरको मिना बजारमा कार बम बिष्फोट हुँदा ११७ जना मारिएका थिए भने २१३ जना घाइते भएका थिए ।
२९, अक्टोबर (जन्म): म्याथु हेडन (सन् १९७१)
- वि.सं. २०६२ (सन् २००५) - नयाँ दिल्लीमा बम बिष्फोट हुँदा ६० जनाको मृत्यु भएको थियो ।
३०, अक्टोबर (जन्म): डिएगो म्याराडोना (सन् १९६०)
- वि.सं. १९७९ (सन् १९२२) - बेनिटो मुसोलिनीलाई इटालीको प्रधानमन्त्री बनाइएको थियो ।
३१, अक्टोबर (जन्म): क्रिस्टोफर कोलम्बस (सन् १४५१)
- वि.सं. २०६८ (सन् २०११) - संयुक्त राष्ट्र संघले विश्को जनसंख्या ७, ०००,०००,००० पुगेको पुष्टि गरेको थियो ।